News Portal

जाजरकोटका पहिरो पिडितलाई काँग्रेस नेता खड्काले गरे २ लाख ७० हजार राहत सहयोग

हिमाली संचार संवाददाता
१७६८ पटक

साउन २७,जाजरकोट – नेपाली काँग्रेस जाजरकोटका नेता एवं समाजसेवी रत्नबहादुर खड्काले जाजरकोटका पहिरो पिडीत परिवारलाई राहत रकम प्रदान गरेका छन ।गएको साउन २० गते जाजरकोट सदरमूकाम खलंगामा पहिरोमा परि ज्यान गुमाएका ९ जनाका पिडित परिवारलार्ई प्रति मृतक ३० हजारका दरले २ लाख ७० हजार राहत रकम प्रदान गरेका हुन ।

पहिरोका कारण विस्थापित भएर स्थानीय ठाँटीबजार स्थित वृद्धाश्रममा बस्दै आएका पिडीतलाई एक कार्यक्रमका विच जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेत र काँग्रेस नेता खड्काले संयुक्त रुपमा राहत हस्तान्तरण गरेका हुन ।

पहिरोमा परि मृत्यु भएका भेरी नगरपालिका ६ गंगटियाका लालवहादुर लुहारकी श्रीमति सितला लुहार छोरीहरु भगवती, रन्जना र मनिषाको लागि प्रति मृतक ३० हजारका दरले एक लाख २० हजार, कुशे गाउँपालिका ५ खुर्पा घर भइ नलगाड नगरपालिका ३ करुवाका गोविन्द परियार र दसरथ परियारको लागि उनीहरुको दिदी सुरीता परियारलाइ ६० हजार , कुशे गाउँपालिका ६ भार्माका नवीन परियारको लागि उनका वुवा कृष्ण परियालाइ ३० हजार तथा सोहि गाउँपालिकाको वडा नम्वर ५ नाउलीखेतका नरेन्द्र परियारको लागि उनका वुवा प्रेम परियारलाइ ३० हजार गरि ९ जनाका पिडित परिवारलाइ खड्काले २ लाख ७० हजार नगद सहयोग गरेका हुन ।

कार्यक्रमा प्रमुख जिल्ला अधिकारी वस्नेतले राज्यले गर्नुपर्ने सहयोग खड्काले गरेर ठुलो गुण लगाएको बताए ।

राहत वितरण कार्यक्रममा काँग्रेस महासमिती सदस्य समेत रहेका खड्काले पहिरोमा परि ९ जनाको ज्यान गएको घटनाले आफू स्तब्ध भएको बताउदै राहत प्रदान गरेको बताए । उनले विगत देखीनै जाजरकोटी जनताको सुख, दुखमा साथ दिदै आएको र आगमी दिनमा पनि साथ दिने बचन दिए । धन भन्दा पनि पिडितहरुको दुखेको मन ठुलो भएकोले आफुले आफनो कमाइको रकमवाट उनीहरुलाइ यो सहयोग गरेको हु ,भने ।

कार्यक्रमा उपस्थित स्थानीयहरुले सरकार र सवै सरोकारवाला निकाय मिलेर खलंगालाइ पहिरोको जोखिमवाट जोगाउने उपाय गर्नुपर्ने माग राखेका थिए ।

निर्माण व्यवसायी सहेत रहेका रत्नबहादुर खड्काले जाजरकोटका विभिन्न ठाउँमा आफ्नो जिम्मेवारीमा रहेको सडक निर्माणको काम उत्कृष्ठ गरेको भन्दै स्थानीयवाट प्रशंसा समेत हुने गरेको छ ।

प्रतिकृया दिनुहोस्

कुवेतमा तमू ल्होसार भव्य रूपमा सम्पन्न, सर्प वर्गको विदाई गर्दै घोडा वर्गको स्वागत

कुवेत– तमू समुदायको महान पर्व तमू ल्होसार कुवेतमा भव्य रूपमा मनाइएको छ। जनवरी ९ तारिखका...

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...