News Portal

  • गुण्डागर्दी सह्य हुँदैन : निरीक्षक बस्नेत

    हिमाली संचार संवाददाता
    ७३२ पटक

    बाँके, ९ साउन : वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख एवं प्रहरी निरीक्षक हरिबहादुर बस्नेतले नगर क्षेत्रमा कुनै पनि किसिमको गुण्डागर्दी सह्य नहुने बताएका छन् ।

    दुई साताअघि वडा प्रहरी कार्यालयको नेतृत्व सम्हालेका प्रहरी निरीक्षक बस्नेतले गुण्डागर्दी, चोरी र लागुऔषध कारोबार तथा दुव्र्यसन नियन्त्रण आफ्नो पहिलो प्राथमिकतामा रहेको बताए ।

    प्रहरी निरीक्षक बस्नेतले गण्डागर्दीविरुद्ध प्रहरीले शून्य सहनसिलताको नीति अख्तियार गर्ने पनि जानकारी दिँदै भने, ‘नगरमा गुण्डागर्दी शून्य बनाउँछु । त्यसमा (गुण्डागर्दीप्रति) कुनै सम्झौता हुँदैन।

    नेपालगन्जमा क्रियाशित पत्रकारहरुसँगको परिचयात्मक कार्यक्रममा उनले शान्ति सुरक्षा प्रभावकारी बनाउन आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने बताउँदै सबैको साथ र सहयोगको खाँचो रहेको औल्याए ।

    अध्ययनका क्रममा आफूले लामो समय नेपालगन्जमा विताएकाले यहाँको वस्तुस्थितिबारे जानकार रहेको र केही दिनको काम गराइको क्रममा समेत यहाँका चुनौतिहरुबारे साक्षात्कार हुने मौका पाएको भन्दै प्रहरी निरीक्षक बस्नेतले नेपालगन्ज नगरवासीलाई शान्ति सुरक्षाको महशुस दिलाउने अठोट रहेको पनि सुनाए।

    उनले भने, ‘सुरक्षाका लागि २४ सैं घण्टा तयार छु, नगरबासीहरुमा सुरक्षित र भयरहित वातावरण होस्, त्यसका लागि प्रहरी सधैं नागरिकको साथमा छ ।

    जनशक्ति र श्रोतसाधनको अभाव !

    प्रहरी निरीक्षक बस्नेतले शान्तिसुरक्षा कायम गर्न कुनै कसर बाँकी नराख्ने बताइरहँदा वडा प्रहरी कार्यालयमा भौतिक श्रोतसाधन र जनशक्तिको अभाव छ । न्यून जनशक्ति र श्रोतसाधन अभावले वडा प्रहरी कार्यालयको कार्यसम्पादन विगतदेखि नै अपेक्षित प्रभावकारी हुन नसकेको यथार्थ छ।

    नगरमा १७ वटामात्र वडा हुँदा कायम गरिएको वडा प्रहरी कार्यालयको ९९ जनाको दरवन्दी अहिले पनि कायमै छ। जबकी ६ वटा साविकका गाविसहरु नगरमा जोडिएका छन् । वडा प्रहरी कार्यालयमा नगरपालिका हुँदा कायम गरिएको दरवन्दी उपमहानगरपालिका भइसक्दा पनि बढाइएको छैन।

    जसका कारण भित्री बस्तीबाहेकका गाउँटोलमा प्रभावकारीरुपमा सुरक्षा गस्ती गर्न वडा प्रहरी कार्यालयले सकिरहेको छैन। त्यसो त वडा प्रहरी कार्यालयमा अहिले दरवन्दी अनुसारकै जनशक्ति पनि छैन ।

    ९९ जनाको दरवन्दीमा अहिले ६३ जना प्रहरी कर्मचारी अहिले वडा प्रहरी कार्यालयमा कार्यरत छन्। जसमा पनि १५/२० जना दैनिकजसो विदामै रहने गरेका छन् । नेपालगन्ज उपमहानगरपालिकाको शान्तिसुरक्षाको मुख्य जिम्मेवार मानिएको वडा प्रहरी कार्यालयमा दैनिक सरदर ४० जना प्रहरी कर्मचारी मात्र हुन्छन् ।

    अपराध अनुसन्धानमा सघाउका लागि नगरक्षेत्रमा जडान गरिएका सीसीटीभी क्यामेराहरुको अवस्था पनि नाजुक छ । नगरका विभिन्न चोक र सडकमा जडान गरिएका ५६ मध्ये अहिले ११ वटा सीसीटीभी क्यामेरा मात्र चालु अवस्थामा छ ।

    यसैले पनि अहिले नगरमा प्रहरीको मोबिलाइजेशन (परिचालन) अधिकतम स्थानहरुमा हुनुपर्ने देखिन्छ । तर प्रहरी जनशक्ति अभाव यस्तो छ कि, मुख्य चोक र प्रहरी बिटमा समेत प्रहरीलाई ड्युटीमा खटाउन सकिएको छैन। गस्तीका लागि पर्याप्त दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधनको अभाव पनि वडा प्रहरी कार्यालयमा उस्तै छ ।

    वडा प्रहरी कार्यालयमा अहिले २ वटा मात्र चार पाङ्ग्रे गाडी छ भने मोटरसाइकल त एउटा पनि छैन । दुई वटा चार पाङ्ग्रे गाडी पनि पटक–पटक विग्रिँदा समस्या हुने गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    सोनी भण्डारीको “मनै भरिन्छ” सार्वजनिक (भिडियोसहित)

    युएई। युएईको नेपाली समुदायमा मनकारी व्यक्तित्व तथा सफल सामाजिक अभियन्ताका रूपमा परिचित ताप्लेजुङ सेवा समाज...

    अन्तत: कांग्रेसकै लाइनमा प्रचण्ड, छानबिन समिति बनाउने सहमती

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेताहरुबीचको छलफल सकिएको छ। प्रधानमन्त्रीको सरकारी...

    संखुवासभामा माछा मार्ने क्रममा छेम्बीको करेन्ट लागेर मृत्यु

    जेष्ठ-५, शनिबार/संखुवासभा – संखुवासभा चिचिला गाउँपालिका वडा नम्वर-२ स्थित कागुवा खोलामा करेन्ट लगाएर माछा मार्ने...

    दोस्रो अल्फा विटा ओपन बास्केटवलको उपाधि आइएसए नेपाल र इमोर्टल क्लबले जित्यो (फोटो फिचर)

    जेठ-४, शुक्रबार/धरान – धरान बास्केटवल संघ तथा धरान बास्केटवल संघको संयोजनमा आयोजित दास्रो अल्फा विटा...

    महानगरको शौदर्यकरणका लागि कुमारी बैंकद्वारा आर्थिक सहयोग

    जेष्ठ-४, शुक्रबार/मोरङ – विराटनगरमा रहेको  कुमारी बैंक लिमिटेडले आर्थिक सहयोग गरेको छ।  विराटनगर महानगरपालिका क्षेत्रभित्र...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal