News Portal

प्रणामी सहकारीमा खातै छैन, त्यहाँ पैसा कसरी आयो : पुर्वमन्त्री बस्नेत

सहकारीमा पुर्वमन्त्री बस्नेतको नाममा कुनै खाता छैन : सिइओ थापा

हिमाली संचार संवाददाता
७७७ पटक

काठमाडौं, ४ साउन : नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व सूचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतले आफ्नो चरित्र हत्या गर्ने गरी केही संचारमाध्यममा भ्रमपूर्ण समाचार आएको प्रति आपत्ति व्यक्त गरेका छन् ।

उनले प्रणामी बचत तथा ऋण सहकारी संस्थामा आफ्नो नाममा कुनै खाता नरहेको स्पष्ट पारेको छन् । ‘त्यो सहकारी संस्थामा मेरो कुनैपनि खाता छैन। मेरो परिवारको नाममा समेत खाता छैन, ,’खाता नभएपछि मेरो नाममा पैसा हुने कुरै भएन।’ उनले भने, मेरो चरित्र हत्या गर्न भ्रमपूर्ण समाचार छापियो ।

‘जहाँ विकृति विसंगती छन् त्यो हटाउनुपर्छ भनेर मन्त्री पदमा हुदाँ र नहुदाँ मैले उठाएका आवाजलाई निस्तेज गर्ने दुस्प्रयास मात्र हो। म लोकतान्त्रिक विधिमा विश्वास राख्ने भएकाले अहिले सरकारले निशाना बनाएको छ’ उनले भने ।

सहकारीमा पुर्वमन्त्री बस्नेतको नाममा कुनै खाता छैन : सिइओ थापा

जुन सहकारीमा पूर्वमन्त्रीको खाता छ भन्ने हल्ला आएको छ त्यो सहकारीका कार्यकारी अधिकृतले नै बस्नेतको नाममा कुनै खाता नरहेको र पैसा समेत नभएको बताएका छन्।

प्रणामी बचत तथा ऋण सहकारीका प्रमुख कार्यकारी अधिकृत दीपक बिक्रम थापाले संचारमाध्यममा आएको जस्तो आफ्नो सहकारीमा बस्नेतको कुनै खाता नभएको स्पष्ट पारेका छन् ।

आफ्नो सहकारीको ब्यालेन्ससीटको आकारनै ६० करोड भन्दा कम रहेको बताउँदै उनले यति धेरै रकम एकै व्यक्तिको नाममा सहकारीमा जम्मा हुनै नसक्ने बताए ।

हाम्रो सहकारीमा उहाँ र उहाँको परिवारको खाता छैन,’उनले भने । थापाले सहकारीका सिद्धान्तलाई आत्मसाथ गर्दै कारोबार गर्दै आएको बताए ।

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...