News Portal

बाढीपीडितहरु राहतको पर्खाइमा, मुख्यमन्त्री राउतको भने अर्कै धन्दा

हिमाली संचार संवाददाता
५३९ पटक

जनकपुर– प्रदेश २ मा आएको अविरल वर्षाका कारण आएको बाढीले जनता पीडामा रहेको बेला सो प्रदेशका मुख्यमन्त्री लालबाबु राउत भने साइकल वितरणतिर लागेका छन् ।  बाढी पीडितहरु एक छाक खान नपाएर राहतको पखाईमा रहेको बेला मुख्यमन्त्री राउत राहतको सट्टा बाढी प्रभावित क्षेत्रमा गएर साइकल वितरण गरिरहेका छन् । उनको यो शैली देखेर सर्वसाधारण अचम्ममा परेका छन् ।
आर्थिक वर्ष २०७५/०७६ को असार मसान्तसम्ममा पनि विभिन्न योजनाका चेक वितरण र प्रदेश नम्बर २ को ८ वटै जिल्लामा गत आर्थिक वर्षकै साईकल वितरणमा उनी लागेका हुन् ।  असार मसान्तमै आएको अविरल वर्षाका कारण आएको बाढीले गर्दा सबैभन्दा बढी मानिसको निधन प्रदेश २ मा नै भएको छ । सैकडौँ घरपरिवार विहीन भएको अवस्थामा मुख्यमन्त्री राउतले राहत भने पुनःस्र्थापनातिर ध्यान नदिइ गत आर्थिक वर्षको बजेट सकाउन पनि साइकल वितरणमा लागेका छन् ।

त्यस्तो त उनकै सरकारका केही मन्त्रीहरु जनकपुरको होटलमा बसेर बिल भर्पाई मिलाउँदै चेक वितरण गरेको भिडियो फेसबुकमा भाइरल भएको छ । र, आज मुख्यमन्त्री राउतले गरेको कामले पनि धेरैलाई आश्चर्यमा पारेको छ ।  बाढी पीडितले प्रदेश सरकारको कुनै पनि किसिमको अनुभूति नै गर्न नसकेको गुनासो बाढी पीडितहरुको छ ।

आर्थिक मसान्तको कार्य सम्पन्न भएलगत्तै बाढी पीडित माथि गम्भिर रहेको देखाउनका लागि रौतहटमा करिब २ करोड रकम बराबरको राहत वितरण गरेपनि मुख्यमन्त्री राउतले अन्यत्र जिल्लाका बाढी पीडितको अवस्था समेत बुझ्न आवश्यकता ठानेका छैनन् । उनले शुक्रबार महोत्तरीको निगौलमा छात्रालाई केहि थान साईकल वितरण गरेका छन् । अहिले ती विद्यार्थीलाई साइकल होइन, खाने दाना र बस्ने घर चाहिएको थियो ।

मुख्यमन्त्री राउत जनताप्रति असंवेदनशील देखिएको प्रा.डा. भोगेन्द्र झा बताउँछन् । प्रा.डा.भोगेन्द्र झाले समय सापेक्षताअनुसार प्रदेश सरकारले बाढी पीडितको लागि देखाउनुपर्ने तदारुकता नदेखाएको र बजेट समापनतर्फ लाग्नुले मुख्यमन्त्री राउतमा संवेदनशीलता नरहेको टिप्पणी गरे । उनले समय सापेक्षताअनुसार जनतासँग हिड्न नसक्नाले प्रदेश सरकार शून्यताको अवस्थामा रहेको बताए ।

बाढी पीडितहरु अहिले पनि पानी पर्ने त्रासदीको अवस्थामा रहेको बेला गाँस र बाँस खोज्दैछन् । तर मुख्यमन्त्री राउतमा भने बजेटको चटारो अहिलेसम्म पनि देखिनु दुःखद अवस्था रहेको जनकपुर ४ का पुरुषोत्तम साह बताउँछन् ।

त्यस्तै प्रदेशसभाका सदस्य रामचन्द्र मण्डलले बाढी पीडितको अवस्थाप्रति मुख्यमन्त्री राउत गम्भिर नरहेको बताए । प्रदेशसभा सदस्य मण्डलले बाढी पीडितको समस्या र अवस्था बुझेर प्रदेश सरकारले राहत वितरण तथा सान्त्वनाका लागि कार्य गर्नुपर्ने बेलामा साईकल वितरणतर्फ जोड दिनुले गलत अर्थ लागेको बताए ।

तत्काल प्रदेश सरकारले साईकल वितरण लगायतका कार्य रोकेर बाढी पीडित जनतालाई राहत वितरण तथा पुनःस्थापनातर्फ ध्यान दिनु जरुरी रहेको बताए ।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...