News Portal

अवैध हतियार सङ्कलन !

हिमाली संचार संवाददाता
५८० पटक

रुकुमपूर्व, ३१ असार : जिल्लामा १५३ थान अवैध घरेलु भरुवा बन्दुक सङ्कलन गरिएको छ। आठ महीनाको अवधिमा जिल्लाका ३ स्थानीय तहबाट उक्त परिमाणमा बन्दुक सङ्कलन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। तेस्रो चरणमा सङ्कलन गरिएका ४२ थान अवैध हातहतियारबारे जानकारी गराउन प्रहरीले आज पत्रकार सम्मेलन गररे सार्वजनिक गर्दै आठ महीनाको अवधिमा १५३ पुर्‍याउन सफल भएको जनाएको छ ।

तेस्रो चरणमा १४ वडा रहेका पुथा उत्तरगङ्गा गाउँपालिका–१, २, ३, ४, ७, ८ र ९ वडाबाट हतियार सङ्कलन गरिएको प्रहरीले जनाएको छ। त्यसैगरी वडा नं १०, ११ र १३ बाट पनि अवैध घरेलु हतियार सङ्कलन गरिएको प्रहरीले जनाएको छ । योभन्दा अगाडि पनि अवैध घरेलु हतियार सङ्कलन गरी दुई पटक सार्वजनिक गरिसकेको छ ।

पहिलो पटक ०७५ साल मङ्सिर १२ गते ५५ थान हतियार सार्वजनिक गरिएको थियो । त्यसैगरी ०७६ साल वैशाख ८ गते ५६ थान अवैध घरेलु हातहतियार सङ्कलन गरी सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले बताउनुभयो । – रासस

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १६ गतेको राशिफल

आज पुष १६, २०८२ (डिसेम्बर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

समानुपातिक सूचिमा हेरफेर? विपिन आचार्य विवादमा

काठमाडौँ – समानुपातिक उम्मेदवार छनोट प्रक्रियामा भएको ठूलो ‘ब्लन्डर’ पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र...

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...