News Portal

कर्णालीमा काँग्रेस बलियो बनाउन विद्यार्थी जागरण अभियान सुरु हुदै

हिमाली संचार संवाददाता
९५८ पटक

काठमाडौं – नेपाली कांग्रेसको संगठनमा निकै नै कमजोर प्रदेशका रुपमा परिचित कर्णाली प्रदेशमा बलियो कांग्रेस बनाउन नेपाल विद्यार्थी संघ कर्णाली प्रदेशका नेताहरू आत्मीयता सहितको एकता र आत्मा अनुशासन सहितको सहकार्यको अभियान लिएर प्रदेश जाने भएका छन् ।

काठमाडौको पद्यकन्या क्याम्पसमा शनिवार आयोजना भएको नेपाल विद्यार्थी संघ कर्णाली प्रदेशस्तरीय भेलाले भदौ ९ गते राजधानीमा कर्णाली प्रदेश स्तरीय बृहत भेला गर्ने र भदौ अन्तिम साता प्रदेशको राजधानी सुर्खेतमा कर्णाली प्रदेश स्तरीय नेपाल विद्यार्थी संघको प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ।

भेलालाई सम्बोधन गर्दै नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष ऋषिकेशजंग शाहले कर्णाली प्रदेशबाट नेपाली कांग्रेस र नेपाल विद्यार्थी संघ गुट भन्दा माथी उठेर कांग्रेसलाई बलियो बनाउन प्रदेशमा रहेका नेपाल विद्यार्थी संघका नेता कार्यकर्तालाई प्रशिक्षण दिने बताए।

भेलामा जाजरकोट नेपाली कांग्रेसका युवा नेता बेदराज सिह, कालिकोट नेपाली कांग्रेसका युवा नेता टेकराज शाही, सुर्खेत नेपाली कांग्रेसका युवा नेता सुरेन्द्र केसी, नेबिसंघका केन्द्रिय सदस्यहरु खडक बिसि, राजेश केसी, पूर्ण शाही, सुवास कठायत लगायत कर्णाली प्रदेश नेपाल विद्यार्थी संघका पाँच दर्जन नेताहरुको उपस्थिति भएको थियो। भेला नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुशील गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...