News Portal

चिसिँदै टर्की अमेरिका सम्बन्ध

हिमाली संचार संवाददाता
५७५ पटक

अमेरिकी विरोधका बाबजुद टर्कीले रूससँग किनेको क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको पहिलो ढुवानी इस्तानबुल पुगेको छ । टर्कीका रक्षामन्त्रीका अनुसार एस–४०० प्रतिरक्षा प्रणालीको पहिलो ढुवानी राजधानी अंकारास्थित एक विमानस्थलमा शुक्रबार आइपुगेको हो ।

टर्कीले यसअघि अमेरिकी लडाकु विमान ‘एफ–३५’ खरिद गरेको थियो । अमेरिकाले अमेरिकी एफ–३५ विमान र रूसी एस–४०० क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली सँगै राख्न नपाउने बताउँदै आएको छ ।टर्की र अमेरिका उत्तर एटलान्टिक सन्धि संगठन नेटोका सदस्य हुन् तर टर्कीले रूससँग पनि नजिकको सम्बन्ध स्थापित गर्न प्रयास गरिरहेको देखिन्छ । टर्कीले एक सय एफ–३५ लडाकु विमान किन्न अमेरिकासँग सम्झौता गरिसकेको छ ।

बीबीसीका अनुसार एफ–३५ का लागि टर्कीले ठूलो रकम खर्च गरिसकेको छ । टर्कीले रूसी क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली र त्यसको सञ्चालनका लागि २ खर्ब ५० अर्ब डलर बराबर रकम खर्च गरिसकेको छ ।अमेरिकी अधिकारीले नेटो हवाई प्रतिरक्षा प्रणालीमा उक्त क्षेत्रका लागि रूसी ‘एस–४००’ प्रणाली अमिल्दो भएको दाबी गर्छन् । रूसी प्राविधिकहरूले एफ–३५ विमानको कमजोरी पत्ता लगाउन सक्ने डरका कारण अमेरिकी रक्षा अधिकारीले उक्त विमानलाई एस–४०० क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली नजिक राख्न चाहँदैनन् ।

अमेरिकाले रूसी प्रतिरक्षा प्रणाली पूर्णरूपमा स्थापित गरे एफ–३५ कार्यक्रमबाट हटाउने जनाएको छ । त्यसका साथै अमेरिकी अधिकारीले टर्कीमाथि आर्थिक प्रतिबन्ध लगाउनेसमेत चेतावनी दिएको छ ।

नेटो सदस्य राष्ट्रका लागि रूसबाट यस प्रकारका हतियार तथा प्रतिरक्षा प्रणाली खरिदको सम्झौता अभूतपूर्व हो । अमेरिकी चेतावनीसँगै दुई नेटो मुलुकबीच द्वन्द्व बढ्ने देखिएको छ ।

टर्कीका राष्ट्रपति रेसेप तैयप इर्दोगानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्तापछि ‘अमेरिकाले आफ्नो देशविरुद्ध आर्थिक प्रतिबन्ध नलगाउनेमा आफू विश्वस्त रहेको’ बताएका छन् । अमेरिकाले यसअघि नै टर्कीलाई हवाईजहाज पठाउन रोक्दै पाइलट तालिमसमेत स्थगित गरिसकेको छ ।

यद्यपी, २९ सदस्यीय नेटोमा दोस्रो ठूलो सेना रहेको टर्कीमाथि अमेरिकाले तत्कालै कुनै प्रतिबन्ध लगाइहाल्ने निर्णय भन्न गर्न कठिन छ । सिरिया, इराक र इरानसँग सीमा जोडिएको टर्की रणनीतिक स्थानमा समेत छ । त्यसका साथै अमेरिकाको मुख्य सहयोगी टर्कीले सिरिया द्वन्द्वमा संलग्न विद्रोहीलाई हातहतियार उपलब्धसमेत गराउँदै आएको छ ।

एस–४०० ले कसरी काम गर्छ ?

एस–४०० क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीअन्तर्गतको राडारले लामो दूरी रेखदेख गर्न सक्छ । उक्त राडारले कुनै पनि नौलो वस्तु पहुँचमा देखिनेबित्तिकै नियन्त्रण गाडीमा सूचना दिन्छ । त्यसलगत्तै अर्को गाडीमा रहेको राडारले सम्भावित लक्ष्य तय गर्छ । नियन्त्रण गाडीबाट क्षेप्यास्त्र प्रहार गर्न सबैभन्दा निकट र राम्रो अवस्थामा रहेको गाडीमा सूचना दिइन्छ जसले भूमिबाट आकाशमा क्षेप्यास्त्र प्रहार गर्छ । उक्त क्षेप्यास्त्रलाई लक्ष्यसम्म पुग्न राडारले सहयोग गर्छ ।

प्रतिकृया दिनुहोस्

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...

रास्वपाले समानुपातिक उम्मेदवार सूची अन्तिम गर्ने तयारी

काठमाडौं, १४ पुष – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति आज बनस्थलीस्थित पार्टी कार्यालयमा...

कुलमान नेतृत्वको उज्यालो नेपाल पार्टीले समानुपातिक सूची आफैं पेश गर्ने तयारी

काठमाडौँ, पुष १४ – मन्त्री कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी रास्वपा र बालेनसँगको एकता...

पूर्व गृहमन्त्री रमेश लेखक भदौ २३–२४ का घटनाबाट पीडित

काठमाडौँ, पुष १४ – पूर्व गृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ मा भएको हिंसात्मक...

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...