News Portal

ओली सरकार झन निरंकुश बन्दै, बिरोध कार्यक्रम हेर्न पुगेका कांग्रेस सभापति घर्ती पक्राउ

हिमाली संचार संवाददाता
७७९ पटक

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको कम्युनिस्ट सरकारविरुद्ध आवाज उठाउने व्यक्तिलाई सिधै पक्राउ गर्ने नीति सरकारले लिएको छ ।

नेकपा पार्टीका सचिवालय सदस्य तथा प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पक्राउ परेको विरोधमा कोणसभा गर्दैगर्दा प्रहरीले विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टी रोल्पाका दुई कार्यकर्तालाई घर्तीगाउँबाट नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा पार्टीका जिल्ला कमिटी सदस्य दिनेश वली र सूर्य खड्का रहेको बताइएको छ । उनीहरुसँगै कांग्रेसका क्षेत्रीय सभापति गोपाल घर्तीसमेत प्रहरीले नियन्त्रणमा रहेका छन् । विरोध कार्यक्रम हेर्न पुगेको कांग्रेस क्षेत्रीय सभापति घर्तीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

कार्यक्रम नगर्न गरिएको अनुरोधलाई अटेर गरेकाले उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । दुई कार्यकर्ता पक्राउ परेको नेपाल कम्युनिस्ट पार्टी रोल्पाका सेक्रेटरी सन्तोष सुवेदीले पुष्टि गरे ।

ओली सरकारको निर्देशनमा प्रहरीले शान्तिपूर्ण कार्यक्रममा सहभागी हुन समेत निषेध गरेको थियो । मिडियाडबली

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...