News Portal

  • ओली सरकार झन निरंकुश बन्दै, बिरोध कार्यक्रम हेर्न पुगेका कांग्रेस सभापति घर्ती पक्राउ

    हिमाली संचार संवाददाता
    ७०० पटक

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको कम्युनिस्ट सरकारविरुद्ध आवाज उठाउने व्यक्तिलाई सिधै पक्राउ गर्ने नीति सरकारले लिएको छ ।

    नेकपा पार्टीका सचिवालय सदस्य तथा प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पक्राउ परेको विरोधमा कोणसभा गर्दैगर्दा प्रहरीले विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टी रोल्पाका दुई कार्यकर्तालाई घर्तीगाउँबाट नियन्त्रणमा लिएको छ ।

    पक्राउ पर्नेमा पार्टीका जिल्ला कमिटी सदस्य दिनेश वली र सूर्य खड्का रहेको बताइएको छ । उनीहरुसँगै कांग्रेसका क्षेत्रीय सभापति गोपाल घर्तीसमेत प्रहरीले नियन्त्रणमा रहेका छन् । विरोध कार्यक्रम हेर्न पुगेको कांग्रेस क्षेत्रीय सभापति घर्तीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    कार्यक्रम नगर्न गरिएको अनुरोधलाई अटेर गरेकाले उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । दुई कार्यकर्ता पक्राउ परेको नेपाल कम्युनिस्ट पार्टी रोल्पाका सेक्रेटरी सन्तोष सुवेदीले पुष्टि गरे ।

    ओली सरकारको निर्देशनमा प्रहरीले शान्तिपूर्ण कार्यक्रममा सहभागी हुन समेत निषेध गरेको थियो । मिडियाडबली

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    इजरायलमा विपिन जोशीको अवस्था अझै अज्ञात

    काठमाडौं, २६ असोज – इजरायलमा रहेका नेपाली नागरिक विपिन जोशीको हालको अवस्था अझै स्पष्ट छैन।...

    महेश बस्नेतले महावीर पुनको जेनजी सन्देशको समर्थन गरे

    काठमाडौँ, असोज २६ – नेकपा एमालेका स्थायी समिति सदस्य महेश बस्नेतले शिक्षामन्त्री महावीर पुनले जेनजी...

    नेपाल राष्ट्र बैंकले एटीएम निकासी सीमा घटायो

    काठमाडौँ, असोज २६ — नेपाल राष्ट्र बैंकले एटीएममार्फत नगद निकाल्न सकिने रकमको सीमा घटाउने निर्णय...

    आज २०८२ साल असोज २६ गतेको राशिफल

    आज असोज २६, २०८२ (अक्टोबर १२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    आज २०८२ साल असोज २५ गतेको राशिफल

    आज असोज २५, २०८२ (अक्टोबर ११, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...