News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • बाबुराम र उपेन्द्रले भने, संविधान संशोधन नभए सडक आन्दोलनमा जाने

    हिमाली संचार संवाददाता
    ३५६ पटक

    बाँके-समाजवादी पार्टी नेपालका अध्यक्षद्वय डा बाबुराम भट्टराई र उपेन्द्र यादवले संविधान संशोधन नभए आफूहरु सरकार छाडेर सडक आन्दोलनमा जाने बताएका छन् । पार्टीको प्रादेशिक अभिमुखीकरण कार्यक्रमलाई आज नेपालगञ्जमा सम्बोधन गर्दै अध्यक्षद्वयले विगतको सहमति कार्यान्वयनमा प्रधानमन्त्रीले उदासिनता देखाएको बताए ।
    सङ्घीय परिषद्का अध्यक्षसमेत रहेका डा भट्टराईले कम्युनिष्ट र काङ्ग्रेसको विकल्पका रूपमा समाजवादी पार्टी अगाडि बढेको बताउँदै सरकारसँग अहिलेसम्म भएका सम्झौता पालना गर्नुपर्ने धारणा राखे ।

    त्यस्तै अर्का अध्यक्ष  एवम् उपप्रधानमन्त्री यादवले भने, “संविधान संशोधन गर्न प्रधानमन्त्रीले लिखित सम्झौता नै गर्नुभएको छ । तर उहाँ सम्झौताविपरीत अघि बढिरहनुभएको छ । हामी अन्तिमपटक उहाँलाई सम्झौता कार्यान्वयन गर्न आग्रह गर्छौ, त्यसो नभए सरकार छाडेर आन्दोलनमा जानुको विकल्प छैन ।”
    संविधान संशोधनसहितका माग राखेर सरकारलाई अल्टिमेटम दिने र माग पूरा नभए सरकार छाड्ने सहमति भएकाले तत्काल सहमति कार्यान्वयन गर्न यादवले माग गरे।

    अभिमुखीकरण कार्यक्रममा पार्टीका सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ, उपाध्यक्षद्वय नवराज सुवेदी, पर्शुराम खापुङ, महासचिव गङ्गानारायण श्रेष्ठ, सचिव एवं शहरी विकासमन्त्री मो इश्तियाक राईलगायतले सङ्घीयताको जननी तराई–मधेस नै भएको दाबी गर्दै केही शक्तिहरु सङ्घीयता विघटन गर्ने दिशामा अघि बढेको धारणा राखे । कार्यक्रममा प्रदेश नं ५ का विभिन्न जिल्लाबाट अगुवा कार्यकर्ताको उपस्थिति थियो ।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज वैशाख १०, २०८२ (अप्रिल २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कक्षा १२ को परीक्षा बहिष्कार : केन्द्राध्यक्षहरूद्वारा राजीनामा, शिक्षक आन्दोलनलाई समर्थन

    काठमाडौं, वैशाख ९ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सञ्चालनका लागि तयारी गरिरहेकै...

    १५६औं लेनिन जयन्ती र ७७औं कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा ७७ जना विभिन्न पार्टीका नेता तथा कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश

    काठमाडौं, वैशाख ९ – नेपाल कम्युनिस्ट पार्टीले १५६औं लेनिन जयन्ती तथा पार्टीको ७७औं स्थापना दिवसको...

    तीनकुने काण्ड : दुर्गा प्रसाईंविरुद्ध पाँचवटा गम्भीर अभियोगमा बयान सुरु

    काठमाडौं, वैशाख ९ – राजधानीको तीनकुनेमा गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य अभियुक्त...

    कक्षा १२ को परीक्षा निर्धारित मितिमै हुने, तयारी तीव्र –

    काठमाडौं, वैशाख ९ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा पूर्व निर्धारित तालिकाअनुसार यही...