News Portal

  • काँग्रेस जिल्ला समिति र दलित संघको सहभोजको आयोजनामा महामन्त्री खड्का

    हिमाली संचार संवाददाता
    ३८० पटक

    भक्तपुर_ नेपाली काँग्रेस भक्तपुरले समता दिवसका अवसरमा चाँगुनारायण नगरपालिका वडा नम्वर ८ स्थित थाकलमठमा सहभोजको आयोजना गरेको छ । नेपाली काँग्रेस भक्तपुर जिल्ला समिति र दलित संघको आयोजनामा थाकलमठको दलित बस्तिमा गएर सँगै खाना खाँदै उक्त दिवस मनाईएको हो ।

    विपी कोइरालाले २००९ साल जेष्ठ १० गते देखि थालनी गरिएको उक्त कार्यक्रम अनुसार नै शुक्रबार भक्तपुर काँग्रेसले दलित बस्तिमा सवै जात जातीका एकै स्थानमा भेला भएर एकै भान्सामा खाना खाँदै सहभोजको आयोजना गरेको हो ।

    नेपाली काँग्रेसका महामन्त्री एवं पूर्व गृहमन्त्री पूर्णवहादुर खड्काले विपीले थालनी गर्नु भएको आजको दिनलाई निरन्तरता दिदै सवै विच समता एवं भाईचाराको लागि नै सहभोजको आयोजना गरिएको जानकारी दिए ।

    सहभोजको आयोजनाले दलित र गैर दलित विचको फाटो कमी ल्याउनेमा आफू विस्वस्त भएको दलित संघका अध्यक्ष रामरज मगरातीले बताए ।

    कार्यक्रममा भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले भक्तपुरमा प्रत्येक बर्ष नै सहभोजको आयोजना गर्दै जातिय विभेदको अन्तका लागि काम गर्ने बताएका थिए । उनले दलित समुदाय भनी विभिन्न लान्छाना लगाउनु गलत भएको बताउँदै सवै मानिस समान हौं कोही सानो र कोही ठुलो छैन भनी एकै भान्सामा खाना खाँदै मनाईने समता दिवस प्रत्यक बस्तीमा आयोजना गरिने जानकारी दिए ।

    सहभोजको आयोजनाले दलित र गैर दलित विचको फाटो कमी ल्याउनेमा आफू विस्वस्त भएको दलित संघका अध्यक्ष रामरज मगरातीले बताए । हामी एकै भान्सा सँगै बसेर पकायौं र सँगै बसेर खायौं पनि कसैको जात सानो र ठुलो भएन यसैले जातिय विभेद केवल कु संस्कार हो यसलाई नचिरे सम्म समाजको विकास नहुने उनले बताए ।

    सहभोजमा भक्तपुर जिल्ला भरका काँग्रेसका नेता कार्यकर्ता एवं विभिन्न जातिय संगठनका प्रतिनिधि, तरुण दलका प्रतिनिधि दलित समुदायका महिला बालबालिका जेष्ठ नागरिक युवा विद्यार्थी लगायत विभिन्न समुदायका मानिसहरुको उपस्थिती रहेको थियो । सहभोजका क्रममा महामन्त्री पूर्णवहादुर खड्का लगायत सम्पूर्ण सहभागीले आफुले खाएको थाली आफैले माँझेका थिए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज ११ गतेको राशिफल

    आज असोज ११, २०८२ (सेप्टेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    सबै नेताको सम्पत्ति छानबिन गर्ने आयोग बनाइने: प्रचण्ड

    काठमाडौं, असोज १० – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै नेताको सम्पत्ति छानबिन...

    दुर्गा प्रसाईँले अस्वीकारे प्रधानमन्त्रीको अफर: जेनजी आन्दोलनपछि प्रस्ताव आएको दाबी

    काठमाडौं, असोज १० – मेडिकल व्यवसायी र नागरिक अधिकारकर्मी दुर्गा प्रसाईँले जेनजी आन्दोलनपछि आफूलाई प्रधानमन्त्री...

    जेनजीका माग सही, तर विध्वंस स्वीकार्य छैन: ओली

    भक्तपुर, असोज १० – नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजीको मागहरू गलत...

    गृहमन्त्री अर्यालको चेतावनी– नेताहरूलाई पासपोर्ट रोक्का मात्र होइन, पक्राउ पनि हुन सक्छ

    काठमाडौं, असोज १० – गृहमन्त्री ओमप्रकाश अर्यालले भ्रष्टाचार र जेन–जी आन्दोलनमा संलग्न नेताहरूलाई आवश्यक परे...