News Portal

काँग्रेस जिल्ला समिति र दलित संघको सहभोजको आयोजनामा महामन्त्री खड्का

हिमाली संचार संवाददाता
४३१ पटक

भक्तपुर_ नेपाली काँग्रेस भक्तपुरले समता दिवसका अवसरमा चाँगुनारायण नगरपालिका वडा नम्वर ८ स्थित थाकलमठमा सहभोजको आयोजना गरेको छ । नेपाली काँग्रेस भक्तपुर जिल्ला समिति र दलित संघको आयोजनामा थाकलमठको दलित बस्तिमा गएर सँगै खाना खाँदै उक्त दिवस मनाईएको हो ।

विपी कोइरालाले २००९ साल जेष्ठ १० गते देखि थालनी गरिएको उक्त कार्यक्रम अनुसार नै शुक्रबार भक्तपुर काँग्रेसले दलित बस्तिमा सवै जात जातीका एकै स्थानमा भेला भएर एकै भान्सामा खाना खाँदै सहभोजको आयोजना गरेको हो ।

नेपाली काँग्रेसका महामन्त्री एवं पूर्व गृहमन्त्री पूर्णवहादुर खड्काले विपीले थालनी गर्नु भएको आजको दिनलाई निरन्तरता दिदै सवै विच समता एवं भाईचाराको लागि नै सहभोजको आयोजना गरिएको जानकारी दिए ।

सहभोजको आयोजनाले दलित र गैर दलित विचको फाटो कमी ल्याउनेमा आफू विस्वस्त भएको दलित संघका अध्यक्ष रामरज मगरातीले बताए ।

कार्यक्रममा भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले भक्तपुरमा प्रत्येक बर्ष नै सहभोजको आयोजना गर्दै जातिय विभेदको अन्तका लागि काम गर्ने बताएका थिए । उनले दलित समुदाय भनी विभिन्न लान्छाना लगाउनु गलत भएको बताउँदै सवै मानिस समान हौं कोही सानो र कोही ठुलो छैन भनी एकै भान्सामा खाना खाँदै मनाईने समता दिवस प्रत्यक बस्तीमा आयोजना गरिने जानकारी दिए ।

सहभोजको आयोजनाले दलित र गैर दलित विचको फाटो कमी ल्याउनेमा आफू विस्वस्त भएको दलित संघका अध्यक्ष रामरज मगरातीले बताए । हामी एकै भान्सा सँगै बसेर पकायौं र सँगै बसेर खायौं पनि कसैको जात सानो र ठुलो भएन यसैले जातिय विभेद केवल कु संस्कार हो यसलाई नचिरे सम्म समाजको विकास नहुने उनले बताए ।

सहभोजमा भक्तपुर जिल्ला भरका काँग्रेसका नेता कार्यकर्ता एवं विभिन्न जातिय संगठनका प्रतिनिधि, तरुण दलका प्रतिनिधि दलित समुदायका महिला बालबालिका जेष्ठ नागरिक युवा विद्यार्थी लगायत विभिन्न समुदायका मानिसहरुको उपस्थिती रहेको थियो । सहभोजका क्रममा महामन्त्री पूर्णवहादुर खड्का लगायत सम्पूर्ण सहभागीले आफुले खाएको थाली आफैले माँझेका थिए ।

प्रतिकृया दिनुहोस्

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...