News Portal

  • सांसद सिंखडामाथि आफ्नै छोरीलाई किर्ते नागरिकता बनाएकाेमा गम्भीर आरोप

    हिमाली संचार संवाददाता
    ३९६ पटक

    काठमाडौं – एक जना प्रदेश सांसदले आफ्नी छोरीलाई अर्कै बाबुको छोरी बनाई नागरिकता बनाएको भन्दै गृह मन्त्रालयमा उजुरी परेको तथ्य दैनिकीन्युजले फेला पारेको छ । गृह मन्त्रालयमा दर्ता नम्बर ०५–२०१९–एटीआरएचजीक्युको मिति २०७६ जेठ ७ गते गृहमन्त्रालयमा उक्त गुनासो पत्राचार गरिएको हो ।

    धादिङ जिल्ला क्षेत्र नम्बर २ ‘ख’ का प्रदेश सांसद जगतबहादुर सिंखडाले आफ्नै छोरीलाई उनकै भाइ धनबहादुर सिंखडाको छोरी बनाइ जापान पठाएको गृह मन्त्रालयमा परेको उजुरी/गुनासोमा जनाइएको छ ।

    कसरी मिलाईयो सेटिङ
    अगिन्चोक–१, धादिङका जगतबहादुर सिंखडालाई नजिकबाट चिन्ने स्थानीय बासिन्दाहरुले उनका दुई छोरा र दुई छोरी रहेको दाबी गरेका छन् । जेठी छोरी रोशनी (जसलाई धनबहादुर सिंखडाको) छोरी बनाएर जापान पठाइएको छ । कान्छी छोरी रेखा, छोराहरु रञ्जित र रोहन छन् । जगतकी श्रीमती लक्ष्मीको दुईवर्षअघि सवारी दुर्घटनामा परेर मृत्यु भएको स्थानीयले बताएका छन् । माओवादीले सुरु गरेको जनयुद्धमा लाग्नु अघि पोखरामा ट्याक्सी चलाउने पेशा गर्ने जगतले छोरीलाई आफूसँगै पोखरामा राखेर पढाएका थिए । २०६८ सालमा व्यवस्थापन संकायमा पोखरामा रहेको अमरज्योती उच्च माविमा रोशनी कक्षा ११ मा भर्ना भएको उक्त उच्च माविले जानकारी दिएको छ । त्यसपछि २०६९ सालमा रोशनीले कक्षा १२ उतीर्ण गरेको कलेजको रेकर्डमा देखिन्छ ।

    २०६९ साल असार १० गते रोशनीले आफ्नै काका धनबहादुर सिंखडालाई बाबु बनाएर नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ । तत्कालिन अबस्थामा नागरिकता दिने सहायक प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेल रहेको l

    रोचक कुरा त रोशनीको कक्षा १२ उतीर्ण भएपछि अमरज्योती उच्च माविले दिएको ‘क्यारक्टर सर्टिफिकेट’मा बुबाको नाम धनबहादुर सिंखडा नै रहेको उल्लेख गरिएको छ । आफ्नो बुबा हुँदा हुँदै कसरी अर्कै बाबू बनाइ नागरिकता दिइयो ? गृह मन्त्रालयमा परेको उजुरीमा प्रश्न गरिएको छ ।

    रोशनी कसरी धनबहादुर सिंखडाको छोरी ?
    एकजना स्थानीयवासीका अनुसार जगतबहादुर सिंखडाका अर्की आमा पट्टीका हुन्– धनबहादुर सिंखडा । धनबहादुरको दुई जना छोराछोरी छन् । त्यस्तो अबस्थामा रोशनीलाई किन धनबहादुरले आफू बाबू बनेर नागरिकता दिन सिफारिस गरे ? कानुनबिदहरुका अनुसार आफ्नो छोराछोरी हुँदै अर्कैको छोरीलाई बाबू बनेर नागरिकता दिलाउन मिल्दैन ।

    २०५४ सालदेखि तत्कालिन माओवादीमा पूर्णकालिन भएर लागेका जगतले आफ्ना सन्तानको सुरक्षाका लागि भाइको छोरी बनाएको आशंका गर्नेहरु पनि छन् तर त्यसमा भरपर्दो विश्वास गर्ने आधार देखिदैन । यद्यपी रोशनीलाई जगत आँफैले पोखरामा राखेर पढाइका थिए । जापान जानु अघिसम्म रोशनी पोखरामै जगतसँगै बस्ने गरेकी थिइन । उनी कक्षा १२ उतिर्ण गरेर जापान गएकी हुन ।

    धनबहादुर पनि जापान मै
    त्यसो त धनबहादुर पनि अहिले जापानमै बसेर राम्रै काम गरिरहेका छन् । रोशनीको पनि कमाइ गज्जवकै रहेको बताइन्छ । धनबहादुर आँफै जापान बसिरहेका बेला रोशनीको नागरिकता कसरी उनको नाममा बनाइयो यो भने रहस्यकै विषय रहेको छ ।

    प्रदेश सांसद जगतको भूमिका
    जगत तत्कालिन माओवादी केन्द्र निकट अखिल नेपाल ट्रेड युनियन महासंघको महासचिव भएका थिए । अहिले एमाले निकट जिफन्ट र माओवादी केन्द्र निकट अखिल नेपाल ट्रेड युनियन महासंघबीच एकता भएर बनेको ट्रेड युनियन महासंघ नेपालको सह–अध्यक्ष बनेका छन । यातायात क्षेत्रका नेता हुँदै उक्त पदसम्म पुगेका उनले आफ्नै छोरीलाई किन भाईको छोरी बनाएर नागरिकता दिलाए ? यो प्रश्नको उत्तर पाउन सहज छैन ।

    कानुनी व्यवस्था के छ ?
    कानुनविद्का अनुसार यदि कुनै पनि नागरिकले नेपाली नागरिकता किर्ते गरेको प्रमाणित भएमा उनको नागरिकता बदर हुने र नागरिकता बनाउने, सिफारिस गर्नेलाई समेत एक वर्षदेखि पाँच वर्षसम्म कैद र बीस हजार जरिवाना हुनेछ ।

    यस्तो अबस्थामा आफ्नै छोरीलाई भाइको छोरी बनाएर नागरिकता दिने जगत बहादुर सिंखडा विरुद्ध गृह मन्त्रालयमा परेको उजुरी गम्भीर खालको भएको कानुनविद् बताउँछन् ।

    दैनिकीन्युजलाई साभार गरेकाे

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एनआरएनए कुवेतको अधिवेशनको भ्रामक प्रचारबाजी गरियो : एनआरएनए

    कुवेत सिटी। गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कुवेत (एनआरएनए)काे अधिवेशन आज बेलुकी जुलाई ३०...

    सरकार भ्रष्टाचार नियन्त्रणको पर्याय हो : प्रधानमन्त्री ओली

    काठमाडौं, साउन १४ – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई भ्रष्टाचारसँग जोड्ने प्रवृत्तिप्रति आपत्ति जनाउँदै आफ्नो...

    प्रधानमन्त्री ओलीसहित १६ जनाविरुद्ध मानव तस्करी आरोपमा उजुरी

    काठमाडौँ, साउन १४ – सिन्धुलीका युवराज पौडेल ‘सफल’ ले प्रधानमन्त्री केपी शर्मा ओलीसहित १६ जना...

    पोखरा साहसिक पर्यटनको केन्द्र बन्दै : परराष्ट्रमन्त्री देउवाको जोड दिगो विकासमा

    पोखरा, साउन १४ – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले पोखरालाई साहसिक पर्यटनको केन्द्रका रूपमा थप...

    समाजवादीसँग एकता खोज्दै प्रचण्ड, विप्लवलाई भने ‘नो इन्ट्री’

    काठमाडौं, साउन १४ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्लो समय पार्टीभित्रको...