आज : २०२६-०७-१२, आइतबार

नेपाली कांग्रेस क्षेत्र नं.-४ चितवनको राष्ट्रिय जागरण अभियान सम्पन्न

चितवन– नेपालीग्रेस क्षेत्र नं.-४ चितवनको आयोजनामा नेपाली कांग्रेसको केन्द्रिय निति तथा कार्यक्रम अन्तर्गत हिमाल पहाड तराई-मधेस नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान अन्तर्गत आज रामपुर क्याम्पसको सभाहल मा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

नेपाली कांग्रेसका सदस्यज्युहरुले केन्द्रिय गतिविधि र सांगठनिक कुराहरु साथै भ्रष्टाचारको बारेमा थुप्रै गम्भीर प्रश्नहरु उठाउनु भएको थियो। राष्ट्रिय मुद्दाहरूको सवालमा कांग्रेस गम्भीर बन्न नसकेको र सदन सडक दुबै तताउन अनुरोध पनि गर्नु भएको थियो।

नयाँ पिढि लाई कांग्रेसले आकर्षण गर्न सकेको छैन सो अनुसार नीति तथा कार्यक्रम आउनु पर्नेमा जोड दिएका थिए। कार्यक्रममा क्षेत्रिय उपसभापति अमृत बानियाँ , जिल्ला सभापति जितनारायण श्रेष्ठले बोल्नु भएको थियो। साथै उक्त कार्यक्रम नेपाली कांग्रेसका पुर्व केन्द्रिय सदस्य एवं पुर्व मन्त्री सुरेन्द्र प्रसाद चौधरीज्युको प्रमुख आतिथ्यतामा र क्षेत्रिय सभापति सरिता के.सि.ज्युको सभापतित्वमा सम्पन्न भएको थियो।