– प्रीति अर्याल
अाेठका कापबाट मुस्कान
क्षितिजसम्म पुगेपछि
जिबनकाे बलेसिमा झुल्कन्छ
एक झिल्काे घाम
हाे त्यहीँ घाम हाै तिमी
एउटा फरक जीवन लिएर
बाैरिदै अाईपुग्छाै तिमी
घाम जस्तै न्यानो भएर
काँडामा गुलाफ भएर ,
हिलाेमा कमल भएर ,
चट्टानमा फुल्ने सुनगाभा भएर अायाै ।
घामकाे न्यानोसगै जाेडिएकाे छ ।
एउटा असहाय मन
तिम्रो शालिन मनसँग
मथिङ्गल स्तब्ध हुदा
बाच्नुकाे ढङ्ग भुलेर
बिश्वासकाे पर्खाल भत्किएको बेला
एउटा माैन उत्सब लिई
सम्भावनाका रेखा मुटुमा राेप्दै
तिम्रो भर म र मेरो भर तिमी
प्राण भरेर जीवनमा
खुसी समेट्न झुल्कियाै
जिबनकाे अध्यारो छलेर कतैबाट
उदाउछाै तिमी
कष्टका घाउहरु
जीवनकाे लट्टाईबाट अाेरालाे लागे पछि
फुलेका थियौ हामी जीबनकाे गमला भरि
हाे त्यहीँ फुल हाै तिमी
~~~~~~~~
बुढानिलकण्ठ