News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • प्रदेश ५ हेडलाइनः वैशाख २७, कहाँ के के भयो ?

    हिमाली संचार संवाददाता
    ३७४ पटक

    बुटवल– नेपाली काँग्रेसका महामन्त्री डा.शंशाक कोइरालाले नेपाली काँग्रेस एकताबद्ध भएर अघि बढे कसैले पनि हराउन नसक्ने दावी गरेका छन् । नेपाली काँग्रेस बुटवल नगर सम्मेलनलाई आज सम्बोधन गर्दै उनले सो कुराको दाबी गरेका हुन् ।

    महामन्त्री कोइरालाले सबैभन्दा लामो इतिहास बोकेको नेपाली काँग्रेस आगामी निर्वाचनमा पहिलो पार्टीको रुपमा स्थापित हुने दावी समेत गरे । उनले भने, ‘त्यसको जिम्मेवारी सम्पूर्ण नेता कार्यकर्ताको काँधमा  छ,सबैले पूरा गर्नुपर्छ ।’

    काँग्रेस केन्द्रिय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले मेरो सरकार भन्ने छुट नेपालको संविधानले कसैलाई पनि नदिएको बताए । उनले नेपालको संविधानले संघीय सरकारलाई नेपाल सरकार भनेर स्पष्ट उल्लेख गरेको बताए ।

    नगर सम्मेलनमा बोल्दै अर्का केन्द्रीय सदस्य धनराज गुरुङले ओली सरकारले ढाटको खेती गरिरहेका हुनाले जनतामा निरासा छाएको बताए । अर्को केन्द्रीय सदस्य चन्द्र भण्डारीले ओली सरकारले संविधान विरोधी काम गरेको र जनताका कामलाई ध्यान नदिएर कार्यकर्ताका कामलाई मात्र ध्यान दिएको अरोप लगाएका थिए ।

    बुटवल– नेपाली काँग्रेस बुटवल नगर सम्मेलनले नेकपा महासचिव बिष्णु पौडलविरुद्ध खेद प्रस्ताव पारित गरेको छ । बुटवलको नगर सम्मेलनमा नगर सभापति खेलराज पाण्डेले आफनो प्रतिवेदन पेश गर्ने क्रममा नेकपा महासचिव तथा रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य विष्णु पौडेलले बालुवाटार जग्गा आफनो छोराको नाममा गराएको भन्दै खेल प्रस्ताव राखेका थिए । उनको सो प्रस्तावलगत्तै काँग्रेस नेता कार्यकर्ताले ताली बजाएर प्रस्ताव पारित गरेका हुन् ।

    काँग्रेस महामन्त्री डा.शशांक कोइरालाले उदघाटन गर्नु भएको कार्यक्रममा  संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँण, केन्द्रीय सदस्य चन्द्र भण्डारी र धनराज गुरुङ, प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाह, प्रदेशसभा सार्वजनिक लेखा समितिका सभापति डिल्ली बहादुर चौधरी लगायतका दुई दर्जन बढी नेतासहित करिब एक हजार कार्यकर्ता सहभागी भएका थिए

    मृत्यु संस्कारलाई समयसापेक्ष बनाउनुपर्छः मुख्यमन्त्री पोख्रेल

    परासी– प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले मृत्यु संस्कारलाई समयसापेक्ष बनाउन आवश्यक रहेको बताएका छन् ।
    मृत्यु संस्कारको बारेमा पछिल्लो समय बहस चलिरहेका बेला उनले बदलिँदो समयसँगै मृत्यु संस्कारलाई पनि रुपान्तरण गर्न नसकिए त्यसप्रतिको विश्वास गुम्ने विचार व्यक्त गरे ।

    तत्कालीन नेकपा एमाले स्कुल विभागका केन्द्रीय सदस्य बद्री खनालकी आमा कमलादेवी खनालको सातौँ दिनको पुण्य तिथिमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) बर्दघाट नगर कमिटीले आज बिहान आयोजना गरेको श्रद्धाञ्जलिसभामा मुख्यमन्त्री पोखरेलले भने– ‘पुरानो समयमा पीडा भूल्ने उपाय नहुँदा त्यसबेला एक किसिमको संस्कार निर्माण भएको थियो, त्यसलाई समय सापेक्ष रुपमा रुपान्तरण गर्दै जानुपर्छ, त्यसो गर्न नसकिए संस्कृतिप्रति नै विश्वास टुट्दै जाने र यसले समाज नै कमजोर हुन्छ ।’

    उनले संस्कृति बलियो भएमा मात्र समाज बलियो हुने भन्दै समय अनुसारको संस्कार र संस्कृति भएमा संरक्षण पनि हुने र राष्ट्रलाई पनि सवल बनाउन सकिने बताए ।

    पर्दा पछाडि रहेर कमलादेवी जस्ता हजारौँ आमाले देश र पार्टीप्रति जिम्मेवार योद्धाहरुलाई प्रेरणा दिने काम गरेको मुख्यमन्त्री पोखरेलले बताए ।

    भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले कमलादेवी खनालको निधनले पार्टी र कम्युनिष्ट आन्दोलनलाई नै अतुलनीय क्षति पुगेको बताए । सो अवसरमा परिवारका तर्फबाट स्व कमलादेवीका छोरा बद्री खनालले उनको योगदान र जीवनीबारे प्रकाश पारेका थिए।

    विद्युतीय रिक्सा व्यवस्थापन छिट्टै हुन्छ : मन्त्री केसी

    बुटवल– प्रदेश नम्बर पाँचका आन्तरिक मामिला तथा कानून मन्त्री कूलप्रसाद केसीले स्थानीय तहको पहलबाटै यस क्षेत्रमा सञ्चालित ई–रिक्साहरू व्यवस्थापन गरिने बताएका छन् ।  प्रदेश नम्बर ५ को अस्थायी राजधानी बुटवलमा इरिक्साको व्यवस्थापनमा सरकारले चासो नदेखाएको भन्दै चर्को आलोचना भइरहेको बेला मन्त्री केसीको यस्तो भनाई आएको हो । विद्युतबाट चल्ने इरिक्सालाई शुरुवातमा प्रसय दिइएपनि बिना दर्ता, विना लाइसेन्स सञ्चालन हुन थालेपछि ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।

    हरियाली यातायात प्रालि बुटवल, रूपन्देहीको साधारणसभा तथा प्रथम अधिवेशनमा बोल्दै मन्त्री केसीले बुटवल उपमहानगरपालिकासँग सहकार्य गरेर ई–रिक्सा व्यवस्थापन गरिने बताए । ‘प्रदेश सरकारले पनि यातायात ऐन बनाउँदै छ’ मन्त्री केसीले भने, ‘ई–रिक्साको दर्ता, नियमन र व्यवस्थापनको पाटो स्थानीय तहलाई छ ।

    मन्त्री केसीले थपे, ‘अटो रिक्सा धेरै हुँदा व्यवस्थापनमा कठिनाई भइरहेको मैले पाए। बजार क्षेत्रमा मानिसहरूको चाप बढेसँगै रिक्सा पनि धेरै थपिदा समस्या आएको हो । ई–रिक्साको व्यवस्थापन प्रदेशसँग भन्दा स्थानीय तहसँग बढी उनीहरूसँग बढी सहकार्य गरिनुपर्छ ।’

    कार्यक्रममा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिलबहादुर मल्लले इ–रिक्सा चालकहरू इमानदार बन्नुपर्ने बताए । हरियाली यातायातका अध्यक्ष कृष्णप्रसाद तिवारीले २०७३ असार मसान्तसम्म बुटवल नगरपालिकामा सूचीकृत भएका १ हजार १८ ई–रिक्सालाई पहिलो चरणमा व्यवस्थापन गरिनुपर्ने बताए । तिवारीले नगरभित्रका क्रसिङ प्रयोग गर्दै राजमार्ग प्रयोग बिना गन्तव्यसम्म पुग्न नमिल्ने भन्दै  राजमार्ग प्रयोग गरी सहजा आवागमन हुने गरी ई–रिक्सा चल्न दिनुपर्ने बताए ।

    रुपन्देहीको तिलोत्तमाको वनवाटिकामा गुड्यो रेल

    तिलोत्तमा– रुपन्देहीको तिलोत्तमा नगरपालिकाको शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा बाल रेल सञ्चालनमा आएको छ । तिलोत्तमा नगरपालिकाको सहयोगमा रोटरी क्लब अफ बुटवलको अगुवाईमा वनवाटिकामा बाल रेल सञ्चालनमा आएको हो ।

    रेलको शुक्रबार आयोजित एक कार्यक्रमबीच रोटरी क्लवका डिष्ट्रिक गर्भनर चिन्तामणि भट्टराई र तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले संयुक्त रुपमा उद्घाटन गरे

    मुलुकमा पूर्व—पश्चिम रेल निर्माणको चर्चा चलिरहँदा वनवाटिकामा बाल रेल सञ्चालनमा आएको हो । बाल रेल सञ्चालनले वनवाटिकाको आकर्षण बढ्न गई यहाँ आउने पर्यटकको संख्यामा वृद्धि हुने तिलोत्तमा नगर प्रमुख घिमिरेले बताए

    कार्यक्रममा रोटरी इन्टरनेशनल नेपाल भुटानका गर्भनर चिन्तामणि भट्टराई र तिलोत्तमा नगरपलिकाका प्रमुख बासुदेव घिमिरेले वनवाटिकाका अध्यक्ष बाबुराम अर्याललाई परियोजनाको साचो हस्तान्तरण गरेका थिए ।

    बुटवललाई सुन्दर शहर बनाउन सरसफाई अभियानको सक्रिय

    बुटवल– रुपन्देहीको बुटवल उपमहानगरपालिकालाई सुन्दर शहर बनाउन सरसफाई अभियानलाई सक्रिय पारिएको छ । फोहर ब्यवस्थापनमा चुनौति थपिएर कुरुप बन्दै गएको बुटवललाई फोहरमुक्त शहर बनाउने उद्देश्य सहित बुटवल तिनाउ सरसफाई अभियानले आफ्ना कार्यक्रमलाई सक्रिय पारेको हो । अभियानले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरेर प्रत्यक हप्ता गर्ने बुटवल टोल–टोल सरसफाई अभियानलाई सक्रिय पारेको अभियानका संयोजक ठाकुर गैरेले जानकारी दिए । गएको असार ९ गतेदेखि सुरु भएको अभियान अन्तरगत शनिबार ४७ औं टोल सरसफाई अभियान हुने भएको गैरेले बताए ।

    प्रतिकृया दिनुहोस्

    पाथीभरामा विदेशी पर्यटकको आगमन बढ्दै

    ताप्लेजुङ। ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा पछिल्लो समय विदेशी पर्यटकको आगमन बढ्दै गएको छ। पाथीभराको दर्शनसँगै...

    भेटेरिनरी अस्पताल अस्तब्यस्त, सेवा नपाउँदा किसान निराश

    सिरहा। सदरमुकाममा सिरहाम रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र अस्तव्यस्त अवस्थामा रहेको छ। अस्पताल...

    इजरायल र हिजबुल्लाहबीच युद्धविराम

    एजेन्सी। अमेरिका र फ्रान्सद्वारा मध्यस्थ गरिएको सम्झौतामा दुवै पक्ष सहमत भएको भन्दै अमेरिकी राष्ट्रपति जो...

    प्रधानमन्त्री ओलीकाे कम्बोडिया काण्ड छानविनका लागि संसदीय समिति बनाउन राप्रपाको माग

    काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले कम्बोडिया काण्डमा प्रधानमन्त्री केपी...

    कालीगण्डकी करिडोरले बदलिँदै दुर्गमको परिचय

    गण्डकी। काठमाडौँको बसपार्क क्षेत्रमा सञ्चालनमा रहेको होटलको शाखा अहिले गुल्मीको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीमा फस्टाइरहेको छ।...