News Portal

प्रधानमन्त्री ओली भन्छन् – मजदुरका दुःखका दिन गए !

हिमाली संचार संवाददाता
४७७ पटक

तुलसी सुवेदी
काठमाडौं, १८ बैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले मजदुरका दुःखका दिन गएको दाबी गरेका छन्। १३० औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा संयुक्त ट्रेड युनियले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले श्रमिकको अधिकारका लागि कुनै कसर बाँकी नराख्ने बताए।

श्रमिकको अधिकार लागि ल्याइएका श्रम ऐन तथा योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन गर्न सरकार प्रतिबद्ध भएर लाग्ने बताए। मजदुरलाई न्याय दिन कुनै पनि रोजगारदाताले कन्जुस्याई गर्न नहुने उनको भनाइ छ।

मजदुर सर्वोपरी हुन्,’ उनले भने, ‘मजदुर प्रशन्न भएर काम गर्न पाउनुपर्छ।’ श्रमिक खुसी भएमात्रै ‘सुखी नेपाली र समृद्ध नेपाल’ अभियान सार्थक हुने उनको भनाइ छ।

सामाजिक सुरक्षाका कार्यक्रम प्रभावकारी बनाउन तथा बैंकमार्फत भुक्तानी दिने व्यवस्था कार्यान्वयन गर्न प्रधानमन्त्रीले सबै रोजगारदातालाई आह्वान गरेका छन्। सरकार, रोजगारदातार श्रमिकको त्रिपक्षीय सम्झौताबाट मात्रै देश अघि बढ्ने उनले बताए।

नेपालमा लगानीको वातावरण बनेको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘ढुक्क भएर लगानी गर्नुहोस्,समृद्धिको अभियानमा इट्टा थप्नुहोस्।’ एक वर्षको अवधिमा श्रमिकका पक्षमा धेरै रचनात्मक काम भएको भन्दै कार्यान्वयनका पक्षमा पनि उत्तिकै सक्रिय भएर लाग्ने प्रधानमन्त्री ओलीले बताए।

प्रधानमन्त्री ओलीले राजनीतिक दलका समकक्षीहरूलाई मजदुरको एकताबाट सिक्न आग्रह गरेका छन्। ‘एकताबाट मात्रै उपलब्धि हासिल गर्न सकिन्छ’ उनले भने। व्यापार घाटा दिनप्रतिदिन बढेको भन्दै प्रधानमन्त्री ओलीले कृषिको व्यवसायीकरण तथा आधुनिकीकरण, पर्यटन तथा उद्योगको विकासबाट मात्रै आर्थिक विकास सम्भव हुने बताए।

यो वर्ष आधार वर्षको रुपमा रहेको हुँदा नीतिगत विषयमा केन्द्रित हुँदाहुँदै पनि धेरै राम्रा काम भएको उनले दाबी गरे। बन्द भएका उद्योग खुल्ने क्रम बढेको र नयाँ नयाँ उद्योग पनि थपिँदै गएको भन्दै प्रधानमन्त्री ओलीले द्रुतगति रोजगारी सिर्जना हुँदै गएको बताए। सरकारले ल्याएको सय दिने रोजगारी कार्यक्रमले पनि धेरै रोजगारी सिर्जना गर्ने उनले दाबी गरे।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...