News Portal

सञ्चारमैत्री कानून बनाउन सरकारलाइ देउवा र प्रचण्डको आग्रह

हिमाली संचार संवाददाता
३८३ पटक

काठमाडौं : दुई ठूला राजनीतिक दलका नेताहरुले सञ्चारमैत्री हुने गरी कानून बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाल पत्रकार महासंघको ज्ञापनपत्र बुझ्दै नेकपा अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले आफूहरु स्वतन्त्र प्रेसको पक्षमा रहेको बताउनुभयो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले पत्रकारहरुलाई पक्राउ गर्ने काम भईरहेकोप्रति चिन्ता व्यक्त गर्नुभयो । ज्ञापनपत्र बुझाउन आफ्नै निवास वुढानिलकण्ठ पुगेका पत्रकारसँग उहाँले आफ्नो पार्टी प्रेस र अभिव्यक्ति स्वतन्त्रको पक्षमा सदैव उभिएको दावी पनि गर्नुभयो ।

नेकपा अध्यक्ष दाहालले आफ्नै निवास खुमलटारमा महासंघको ज्ञापनपत्र बुझ्दै प्रेस स्वतन्त्रता कुण्ठित नहुने गरि कानून निर्माण गर्न सरकारसँग छलफल गर्ने आश्वासन दिनुभयो । प्रेस स्वतन्त्रताको प्रत्याभुतिका लागि सरोकारवालासँग छलफल गरेर मात्र कानून बनाउनुपर्ने उहाँको जोड थियो ।

महासंघले बुझाएको ज्ञापन पत्रमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा हुने गरी कानून, नीति, नियम बनाउन सरकारको ध्यानाकर्षण गराउन आग्रह गरिएको छ ।

प्रतिकृया दिनुहोस्

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...