News Portal

पार्टीमा एकताको खाँचो : सभापति देउवा

मतभेदलाई छलफल गरी सल्टाऔं : पौडेल

हिमाली संचार संवाददाता
४६२ पटक

गुल्मी : नेपाली कांग्रेसका  सभापति शेर बहादुर देउवाले पार्टीमा एकताको खाँचो रहेको बताएका छन्। नेपाली कांग्रेस गुल्मीको प्रथम जिल्ला सम्मेलनको उद्घाटन गर्न गुल्मी पुगेका सभापति देउवाले नेपाली कांग्रेसमा अनुशासनसँगै एकताको अभाव देखिएको बताए।

‘विगतले हामीलाई धेरै पाठ सिकाएको छ पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले भने, ‘हामी कांग्रेसका नेता कार्यकर्ताहरू एक नहुँदा निर्वाचनमा धेरै स्थानहरूमा पराजय भोग्न पर्‍यो अब कांग्रेस एक भएर अगाडि बढ्नुको विकल्प छैन,’ उनले भने। उनले एकीकृत कांग्रेस बनाउन सकेको भए निर्वाचनमा यस्तो अवस्था नआउने भन्दै अब पार्टी एक हुनुपर्ने बताए ।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, सहमहामन्त्री प्रकाशशरण महत लगायत एक दर्जन केन्द्रीय सदस्यहरूसँगै गुल्मी पुगेका पार्टी सभापति देउवाले आगामी दिनमा नेपाली कांग्रेस एक भएर अगाडि बढ्ने ठोकुवा गरे । उनले केपी ओली नेतृत्वको दुई तिहाइको वर्तमान सरकारले केही काम गर्न नसकेको आरोप लगाए । अहिले सरकार काम गर्नभन्दा पनि गफ गर्नमा  व्यस्त रहेको बताउँदै उनले भने,‘हिजो कांग्रेसको सरकारले गरेका विकास निर्माणका कामहरूको रिवन काटेर उद्घाटन गरेर मात्र यो सरकारले बढी प्रचार गर्ने काम गरेको हो।’ल

उनले सरकारले कर बढाएर जनताको ढाड मात्रै सेक्ने र एक दलीय अधिनायकवादी शासन चलाइरहेको दाबी गरे । संवैधानिक निकायहरूको गठन लगायतका विभिन्न निकायहरूका गठनमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलाई जानकारी नगराइ संविधानको मर्म र भावनाविपरीत सरकार चलेको बताउँदै देउवाले भने, ‘यो सरकारको मनपरी र अधिनायकवादी शासन सहेर कांग्रेस चुप लाग्दैन।

यस्तै कार्यक्रमलाई सम्वोधन गर्दै काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र एकता आवश्यक भएको बताए । उनले पार्टीभित्र विभाजन हुँदा प्रतिपक्षले धेरै फाइदा लिएकाले कांग्रेसमा  एकताको खाँचो रहेको औंल्याए। ‘म जहिले पनि एकताको पक्षमा उभिएको छु’, पौडेलले भने, ‘हामीमा भएका मतभेदहरूलाई बसेर छलफलको माध्यमबाट समाधान गरी अब कांग्रेस एक ठाउँमा आउनुपर्छ ।

उनले महासमितीको बैठकमा एउटा निर्णय भएको र पार्टीको केन्द्रीय कमिटीको बैठकमा अर्को निर्णय भएकाले आफूले पार्टीमा नोट अफ डिसेन्ट लेखेको बताए । उनले पार्टी सभापति शेरबहादुर देउवालाई सही मूल्यांकन गरेर अगाडि बढ्न आग्रह समेत गरे ।

‘म पाटी नेतृत्वलाई आग्रह गर्न चाहन्छु’, उनले भने,‘जनता र पार्टी कार्यकर्ता लगायत नेताहरूको मन जितेर नेता बन्नुहोस, यसो भएमा कांग्रेस एक हुन कुनै समस्या म देख्दिनँ’, उनले भने । सेतोपाटी

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...