News Portal

सेना परिचालनबारे मन्त्री बाँस्कोटाको प्रश्न : सैनिक प्रवक्ता को हुन् ?

हिमाली संचार संवाददाता
४७९ पटक

काठमाडौँ -सरकारले सेना परिचालनको विषयमा अनावश्यक बहस नगर्न आग्रह गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न बिहिबार सञ्चार मन्त्रालयमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेपाली सेनाको बारेमा अनावश्यक भ्रम फैलाउने काम नगर्न पनि आग्रह गरेका छन् ।

सरकारको योजनालाई सफल पार्ने कर्तव्य र जिम्मेवारी बोधका साथ स्थापना भएको निकाय भएकाले ती निकाय र सरकारबीच भ्रम फैलाउने कामको कुनै औचित्य नरहेको मन्त्री बाँस्कोटाको भनाई छ ।

‘नेपाली सेना सरकार मातहतको निकाय हो । सरकारले लिने निर्णयप्रति न उसको कहिले विमति छ । न रहन्छ । नेपालको लामो ईतिहास छ । उसले राजनीतिक नेतृत्व वा सरकारको निर्णयलाई हमेसा फ्लो गर्दै आएको छ । कहाँनेर अन्तरविरोध देख्नुभयो । वा अन्तरविरोध चर्काउन कसले प्रयत्न गर्यो ? ति कुराहरु सत्य होइनन् । गतल हुन्,’ मन्त्री बाँस्कोटाले भने ।

नेपाली सेनाले असहयोग गर्न खोजेको भन्ने सन्र्दभमा सैनिक प्रवक्ताको हबाला दिएपनि कसैले किटानीका साथ नभएको मन्त्री बास्कोटाले बताए । ‘सैनिक प्रवक्ताको हवाला दिए पनि सैनिक प्रवक्ता को हुन् ? के भने भन्ने कुरा कसैले किटानीका साथ भनेको पनि छैन । सेनाले त्यसलाई स्वीकार गरेको पनि छैन । कथाहरु आफैँ उत्पादन गर्ने । आफ्नै कथा उत्पादन गरेर आफैँले विमोचन गरेर त्यसको समालोचना गर्ने प्रवृति हावी भएको र त्यसैको एउटा पछिल्लो नमुना यो विषय हो जस्तो लाग्छ,’ मन्त्री बास्कोटाको भनाई छ ।

उनले संविधान र कानुनी प्रबन्ध नहेरी जनतामा भ्रम फैलाउने काम नगर्न सचेत पनि गराए । सपनामा हिँड्ने बानी परेकाहरुले सेनाको बारेमा जनतामा भ्रम फैलाउने काम गरेको मन्त्री बास्कोटाको दावी छ ।

‘सेना परिचालनको विषयमा धेरै बहस, अनावश्यक वहस, कोकाहाला, उत्पात भयो । तर संविधानको धारा हेरिएन । कानुनी प्रबन्ध हेरिएन । त्यसैले दुनियाँलाई दिग्भ्रमति बनाउन बानी परेकाहरुले त्यो कुरा गर्न सक्छन्,’ पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले भने ।

उनले द्वन्द्वलाई उत्साहित र प्रोत्साहित गर्ने काम नगर्न सबैलाई सचेत गराए । आतंकवादी क्रियाकलाप र चरित्रलाई सरकारले पराजित गर्ने दाबी गर्दै मन्त्री बाँस्कोटाले हिंसा विश्वभर नै सधैँ परास्त हुँदै आएको उल्लेख गरे ।

‘हिंसाका कारण फेरी मुलुकमा क्षति हुन दिइँदैन । मुलुकको शान्ति सुरक्षामाथि रमाइलोमा धावा बोल्ने र अबाञ्छित लेख प्रशारण, प्रकाशन गरि समाज र जनतालाई दिग्भ्रमित पार्ने काम गर्न उचित होइन,’ मन्त्री बाँस्कोटाको भनाई छ ।

संविधान विरोधी क्रियाकलापलाई सरकारले कुनै पनि अवस्थामा स्वीकार्न नसक्ने भन्दै उनले कम्युनिष्ट पार्टीको बदख्वाईं गरेर मुलुकमा द्धन्द्ध चर्काउने विषय लोकतन्त्र, न्याय र समानतामा आधारित नभई सामाजिक फाँसीवाद हुने टिप्पणी गरे ।

प्रतिकृया दिनुहोस्

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...