News Portal

देशले शान्ति, सद्भाव, विकाससँगै नयाँ पहिचान खोजिरहेको छ : लालबाबु पण्डित

हिमाली संचार संवाददाता
३८३ पटक

भक्तपुर -सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले देशले नयाँ पहिचान खोजिरहेको बताएका छन् ।

आज मध्यपुरथिमि नगरपालिकाको २३औँ स्थापना दिवसको उद्घाटनमा उनले देशले शान्ति, सद्भाव, विकाससँगै नयाँ पहिचान खोजिरहेको बताए ।

सधैँ अरुसँग हात थाप्नुपर्ने कमजोर मुलुक कसैलाई पनि स्वीकार्य नहुने भन्दै उनले त्यसैले देशलाई आर्थिकरुपमा समेत मजबुद बनाउन राजनीतिक सद्भाव विकास र सहकार्य आवश्यक रहेको भनाइ राखे ।

मन्त्री पण्डितले भने, ‘शान्ति, सद्भाव र एकता भएन भने देशको विकास सम्भव छैन, राजनीतिक द्वन्द्वले देश लामो समय गुज्रियो, अब पनि उसले जित्यो, मैले हारे, म केही गर्दिन, उसैले गरोस् भन्ने होइन, आफ्नो ठाउँको विकास गर्न जित्ने र हार्नेले मिलेर अगाडि बढ्नुपर्छ ।’

कर तिर्नुपर्दा रिसाउने तर सरकारसँग लिनुपर्ने कुरामा नछाड्ने प्रवृत्ति जनतामा रहेको औँल्याउँदै मन्त्री पण्डितले भने, ‘जनतालाई करको करकरबाट टाउको दुख्ने, तर राज्यबाट लिनुपर्ने केही नछाड्ने प्रवृत्ति छ, विकासका निम्ति कर आवश्यक छ, तर कर कति लिने निर्णय जनप्रतिनिधिले गर्ने हो, जनताको ढाड सेक्नेगरी कर लगाउनु हुन्न ।’

कार्यक्रममा प्रतिनिधिसभा सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले विकासमा एकता र चुनावमा प्रतिस्पर्धा गर्नुपर्ने बताउँदै विकास र समृद्धिले भक्तपुर अगाडि बढ्ने बताए ।

शान्ति, समृद्धि, उज्यालो, जाममुक्त, हराभरा, भ्रष्टाचारमुक्त भक्तपुरको अभियान सफल पार्दै विकासका हरेक पूर्वाधारबाट भक्तपुरलाई समृद्ध बनाउने बताए ।

प्रदेश नं ३ का सदस्य डा. राजेन्द्रमान श्रेष्ठ, प्रतिमा श्रेष्ठ, रजनी जोन्छे, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालगायतले विकासमा ऐक्यबद्ध भएर लाग्नुपर्नेमा जोड दिए ।

सभापति एवं मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले मध्यपुरथिमि नगरपालिकाले खानेपानी, सम्पदा, पुरातत्व, मठमन्दिर, पोखरी, सडकलगायतका विकासलाई प्राथमिकताका साथ अगाडि बढाएको बताए ।

मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, प्रवक्ता राम थापामगरलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिले बोलेको कार्यक्रममा उत्कृष्ट करदाता, साहित्यकारलाई सम्मान गर्नुका साथै १८ जना ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिएको छ ।

प्रतिकृया दिनुहोस्

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...