News Portal

देशले शान्ति, सद्भाव, विकाससँगै नयाँ पहिचान खोजिरहेको छ : लालबाबु पण्डित

हिमाली संचार संवाददाता
४३९ पटक

भक्तपुर -सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले देशले नयाँ पहिचान खोजिरहेको बताएका छन् ।

आज मध्यपुरथिमि नगरपालिकाको २३औँ स्थापना दिवसको उद्घाटनमा उनले देशले शान्ति, सद्भाव, विकाससँगै नयाँ पहिचान खोजिरहेको बताए ।

सधैँ अरुसँग हात थाप्नुपर्ने कमजोर मुलुक कसैलाई पनि स्वीकार्य नहुने भन्दै उनले त्यसैले देशलाई आर्थिकरुपमा समेत मजबुद बनाउन राजनीतिक सद्भाव विकास र सहकार्य आवश्यक रहेको भनाइ राखे ।

मन्त्री पण्डितले भने, ‘शान्ति, सद्भाव र एकता भएन भने देशको विकास सम्भव छैन, राजनीतिक द्वन्द्वले देश लामो समय गुज्रियो, अब पनि उसले जित्यो, मैले हारे, म केही गर्दिन, उसैले गरोस् भन्ने होइन, आफ्नो ठाउँको विकास गर्न जित्ने र हार्नेले मिलेर अगाडि बढ्नुपर्छ ।’

कर तिर्नुपर्दा रिसाउने तर सरकारसँग लिनुपर्ने कुरामा नछाड्ने प्रवृत्ति जनतामा रहेको औँल्याउँदै मन्त्री पण्डितले भने, ‘जनतालाई करको करकरबाट टाउको दुख्ने, तर राज्यबाट लिनुपर्ने केही नछाड्ने प्रवृत्ति छ, विकासका निम्ति कर आवश्यक छ, तर कर कति लिने निर्णय जनप्रतिनिधिले गर्ने हो, जनताको ढाड सेक्नेगरी कर लगाउनु हुन्न ।’

कार्यक्रममा प्रतिनिधिसभा सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले विकासमा एकता र चुनावमा प्रतिस्पर्धा गर्नुपर्ने बताउँदै विकास र समृद्धिले भक्तपुर अगाडि बढ्ने बताए ।

शान्ति, समृद्धि, उज्यालो, जाममुक्त, हराभरा, भ्रष्टाचारमुक्त भक्तपुरको अभियान सफल पार्दै विकासका हरेक पूर्वाधारबाट भक्तपुरलाई समृद्ध बनाउने बताए ।

प्रदेश नं ३ का सदस्य डा. राजेन्द्रमान श्रेष्ठ, प्रतिमा श्रेष्ठ, रजनी जोन्छे, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालगायतले विकासमा ऐक्यबद्ध भएर लाग्नुपर्नेमा जोड दिए ।

सभापति एवं मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले मध्यपुरथिमि नगरपालिकाले खानेपानी, सम्पदा, पुरातत्व, मठमन्दिर, पोखरी, सडकलगायतका विकासलाई प्राथमिकताका साथ अगाडि बढाएको बताए ।

मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, प्रवक्ता राम थापामगरलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिले बोलेको कार्यक्रममा उत्कृष्ट करदाता, साहित्यकारलाई सम्मान गर्नुका साथै १८ जना ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिएको छ ।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...