News Portal

  • काम पर्दा सबैको हाईहाई दुख पर्दा काेहिन काेहि !

    हिमाली संचार संवाददाता
    ५२९ पटक
    रबिन्द्र बराल, मोरङ

    रंगेली १४ चैत्र बिहीबार : स्थानीय निर्वाचनमा नेकपा माेअाेवादिबाट दलित महिला काेटामा टिकट पाएकाेे निर्मला सरदारलाई दुख पर्दा कसैले हेरेनन । उनकाे श्रीमानकाे किडनिकाे उपचार गर्ने क्रममा चैत्र ५ गते गाेल्डेन अस्पतालमा मृत्यु भएपछि उनलाई शव ल्याउन समेत समस्या परेको थियो ।

    अस्पतालमा रकम तिर्न नसक्दा उनले कागज गरेर पैसा दिने सर्तमा अाफ्नाे श्रीमानकाे शव ल्याएकी थिइन । उनले भनिन निर्वाचनकाे समयमा सबैले राम्रो भयाे भन्दै खुशी भए दैनिकी घरमा धेरै नेताहरु अाउने गर्द थिए तर दलित र गरिव भएकै कारण श्रीमानकाे मृत्युु भएकाे ९ दिन बितिसक्दा समेत निर्वाचित कुनै पनि माअाेवादिका जनप्रतिनिधिहरु अहिलेसम्म पनि फर्केर समेत हेर्न नअाएकाे दुखेसो पाेखिन।

    माेरङकाे रंगेली नगरपालिका ६ स्थित ननकार टाेलमा बिगत १५ बर्ष देखि ५ धुर जग्गामा सानाे झुपडी बनाएर बसाेबास गर्दे अाएका निर्मला देवि सरदारकाे श्रीमान बर्ष ४५ का रमा सरकारकाे किडनिकाे उपचारका क्रमका चैत्र ५ गते बिराटनगर स्थित गाेल्डेन अस्पतालमा मृत्युु भए पछि उनकाे घरमा मुख हात जाेडन समेत समस्या परेको छ । दैनिकी जन मजदुरी गरेर अाफ्नाे पाँच परिवार पाल्दै अाएका रमाकाे मृत्युु भएपछि अहिले उनकाे काजक्रिया समेत गर्ने समस्या परेको छ । उनका एक श्रीमती एक छाेरा र एक छाेरी रहेका छन भने उनका बुबा बिलर सरदार साे घरमा बस्दै अाएका छन ।

    बुबा राेगी भएपछि बिगत ३ बर्ष देखि उनका छाेरा शिवा कुमार सरदारले रंगेलीमा रहेको हाेटलमा काम गरेर बुवाकाे उपचार खर्च र घर खर्च चलाउदै अाएका थिए । बुवालाई राेगले अझै बढि च्यापन थालेपछि उनले हाेटलमा काम गर्ने समेत छाडेकाे उनकी अामा निर्मलाले बताईन। छाेरी संगिता सरदरले समेत कक्षा पाँच पढेर पढाइ छाडेकाे बताईन। बुबा बिरामी भएपछि अाफुले विद्यालय जान छाडेको र गाउँ घरमा अामा संगै जन मजदुरी गर्ने जाने गरेकाे समेत बताईन ।

    बिराटनगरमा रहेको गाेल्डेन अस्पतालमा १ लाख ७० हजार रुपैयाँ रमक श्रीमानकाे उपचारमा खर्च भयाे तर श्रीमान रहेनन उनले उपचारका लागि स्थानीय संग ४० हजार रुपैयाँ ऋण गरेर उपचारका लागि लगेकाे रकम समेत अब कसरी तिर्नु भन्दै चिन्तित अवस्थामा रहेकी छन । उनले भनिन चैत्र ५ गते श्रीमानकाे मृत्युु भयाे रकम अभावका कारण अस्पतालले शव समेत ल्याउन दिएन गाेल्डेन फर्मेसिमा अाैषधी पसलमा बाँकी रहेकाे ६१ हजार रुपैयाँ बैसाख सम्म दिने कागज बनाए पछि शब ल्याउन दिएक बताईन ।

    त्यसैगरी गाेल्डेन अस्पतालमा ४५ हजार बराबर रकम तिर्न बाँकी रहेको उनले बताईन। अब यति धेरै रकम अाफुले कहाँबाट ल्याएर तिर्नु भन्दै बिलाैना समेत गरिरहेकि छन । छाेराछाेरी पाल्नुकि अस्पताल र गाउँमा लिएको ऋण कहाँबाट तिर्नु भन्दै बिलाैना गरिरहेकी छन ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल साउन २४ गतेको राशिफल

    आज साउन २४, २०८२ (अगस्त ९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    ७ बुँदे सहमतिमा बहुबिबाह गर्न पाउनुपर्छ भन्ने सहमति थियो ? – कमला थापा

    २०८२ साउन २३ गते। नेपाली कांग्रेस र एमालेको दुईतिहाइ गठबन्धन सरकार बनाउने ७ बूंदे सहमति...

    कल्याणपुरका मेयर राम पुकार साहविरुद्ध एक लाख घुस प्रकरणमा भ्रष्टाचार मुद्दा

    काठमाडौं, साउन २३ – सिरहाको कल्याणपुर नगरपालिकाका मेयर राम पुकार साह तेली एक लाख रुपैयाँ...

    पूर्व स्वास्थ्य राज्यमन्त्री बस्यालको ६७ वर्षको उमेरमा निधन, कांग्रेस सभापति देउवाबाट श्रद्धाञ्जली

    काठमाडौँ, साउन २३ – नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व स्वास्थ्य राज्यमन्त्री खड्गबहादुर बस्यालको आज...

    ओलीविनाको एमाले, एमालेविनाको समृद्ध नेपाल — सम्भव छैन : पोलिटब्युरो सदस्य निरुदेवी पालको स्पष्ट भनाइ

    कन्चनपुर, साउन २३ — नेकपा एमालेका पोलिटब्युरो सदस्य निरुदेवी पालले अध्यक्ष केपी शर्मा ओली बिना...