News Portal

काम पर्दा सबैको हाईहाई दुख पर्दा काेहिन काेहि !

हिमाली संचार संवाददाता
६४७ पटक
रबिन्द्र बराल, मोरङ

रंगेली १४ चैत्र बिहीबार : स्थानीय निर्वाचनमा नेकपा माेअाेवादिबाट दलित महिला काेटामा टिकट पाएकाेे निर्मला सरदारलाई दुख पर्दा कसैले हेरेनन । उनकाे श्रीमानकाे किडनिकाे उपचार गर्ने क्रममा चैत्र ५ गते गाेल्डेन अस्पतालमा मृत्यु भएपछि उनलाई शव ल्याउन समेत समस्या परेको थियो ।

अस्पतालमा रकम तिर्न नसक्दा उनले कागज गरेर पैसा दिने सर्तमा अाफ्नाे श्रीमानकाे शव ल्याएकी थिइन । उनले भनिन निर्वाचनकाे समयमा सबैले राम्रो भयाे भन्दै खुशी भए दैनिकी घरमा धेरै नेताहरु अाउने गर्द थिए तर दलित र गरिव भएकै कारण श्रीमानकाे मृत्युु भएकाे ९ दिन बितिसक्दा समेत निर्वाचित कुनै पनि माअाेवादिका जनप्रतिनिधिहरु अहिलेसम्म पनि फर्केर समेत हेर्न नअाएकाे दुखेसो पाेखिन।

माेरङकाे रंगेली नगरपालिका ६ स्थित ननकार टाेलमा बिगत १५ बर्ष देखि ५ धुर जग्गामा सानाे झुपडी बनाएर बसाेबास गर्दे अाएका निर्मला देवि सरदारकाे श्रीमान बर्ष ४५ का रमा सरकारकाे किडनिकाे उपचारका क्रमका चैत्र ५ गते बिराटनगर स्थित गाेल्डेन अस्पतालमा मृत्युु भए पछि उनकाे घरमा मुख हात जाेडन समेत समस्या परेको छ । दैनिकी जन मजदुरी गरेर अाफ्नाे पाँच परिवार पाल्दै अाएका रमाकाे मृत्युु भएपछि अहिले उनकाे काजक्रिया समेत गर्ने समस्या परेको छ । उनका एक श्रीमती एक छाेरा र एक छाेरी रहेका छन भने उनका बुबा बिलर सरदार साे घरमा बस्दै अाएका छन ।

बुबा राेगी भएपछि बिगत ३ बर्ष देखि उनका छाेरा शिवा कुमार सरदारले रंगेलीमा रहेको हाेटलमा काम गरेर बुवाकाे उपचार खर्च र घर खर्च चलाउदै अाएका थिए । बुवालाई राेगले अझै बढि च्यापन थालेपछि उनले हाेटलमा काम गर्ने समेत छाडेकाे उनकी अामा निर्मलाले बताईन। छाेरी संगिता सरदरले समेत कक्षा पाँच पढेर पढाइ छाडेकाे बताईन। बुबा बिरामी भएपछि अाफुले विद्यालय जान छाडेको र गाउँ घरमा अामा संगै जन मजदुरी गर्ने जाने गरेकाे समेत बताईन ।

बिराटनगरमा रहेको गाेल्डेन अस्पतालमा १ लाख ७० हजार रुपैयाँ रमक श्रीमानकाे उपचारमा खर्च भयाे तर श्रीमान रहेनन उनले उपचारका लागि स्थानीय संग ४० हजार रुपैयाँ ऋण गरेर उपचारका लागि लगेकाे रकम समेत अब कसरी तिर्नु भन्दै चिन्तित अवस्थामा रहेकी छन । उनले भनिन चैत्र ५ गते श्रीमानकाे मृत्युु भयाे रकम अभावका कारण अस्पतालले शव समेत ल्याउन दिएन गाेल्डेन फर्मेसिमा अाैषधी पसलमा बाँकी रहेकाे ६१ हजार रुपैयाँ बैसाख सम्म दिने कागज बनाए पछि शब ल्याउन दिएक बताईन ।

त्यसैगरी गाेल्डेन अस्पतालमा ४५ हजार बराबर रकम तिर्न बाँकी रहेको उनले बताईन। अब यति धेरै रकम अाफुले कहाँबाट ल्याएर तिर्नु भन्दै बिलाैना समेत गरिरहेकि छन । छाेराछाेरी पाल्नुकि अस्पताल र गाउँमा लिएको ऋण कहाँबाट तिर्नु भन्दै बिलाैना गरिरहेकी छन ।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...