News Portal

राष्ट्रपतिलाई अयोग्य घोषणा गर्नुपर्छ : सैनिक प्रमुख

हिमाली संचार संवाददाता
४६७ पटक

अल्जेरियाका सैनिक प्रमुखले आफ्नो देशको राष्ट्रपतिलाई अयोग्य घोषणा गरेर हटाउनुपर्ने बताएका छन् । अल्जेरियामा केही हप्तायता राष्ट्रपति अब्देलअजीजविरुद्ध विरोध प्रदर्शन भइरहेको छ ।
टेलिभिजन सम्बोधनमा लेफ्टिनेन्ट जनरल अहमद जी सालेहले भने, ‘संविधानको दायराअनुसार यो संकटबाट निस्किने बाटो हामीले तुरुन्त खोज्नुपर्दछ ।’ उनले राजनीतिक समस्याको समाधानको ग्यारेन्टी संविधानले नै गरेको समेत बताए ।

उनले आफ्नो देशको संविधानको १०२ अनुच्छेदको प्रसंग उठाएका थिए । सो अनुच्छेदमा राष्ट्रपति यदि शासन गर्न असक्षम भएमा संवैधानिक परिषदले राष्ट्रपति पद रिक्त भएको घोषणा गर्ने व्यवस्था छ । राष्ट्रपति पद रिक्त भएमा राष्ट्रपतिको अर्को चुनाव नहुन्जेल संसद प्रमुख कार्यवाहक राष्ट्रपति बन्ने अल्जेरियाको संविधानमा व्यवस्था छ ।

सेना प्रमुखको यो अभिव्यक्तिपछि अल्जेरियाको राजनीतिक घटनाक्रममा नाटकीय मोड आएको बीबीसीले जनाएको छ । बीबीसीको उत्तर अफ्रिका सम्वाददाता राणा जावेदका अनुसार लेफ्टिनेन्ट जनरल अहमद जी सालेहलाई राष्ट्रपति अब्देलअजीजको बफादार मानिन्छ । तर, पछिल्लो अभिव्यक्तिले उनको उद्देश्यमा पनि प्रश्न उठेको छ ।

राष्ट्रपति अब्देलअजीज, अल्जेरियाको स्वतन्त्रता सेनानी हुन् । आठ वर्ष अगाडि अरब क्षेत्रमा भएको क्रान्तिको क्रममा अब्देलअजीज आफ्नो सत्ता जोगाउन सफल भएका थिए । उच्च वर्गसँग सम्बन्ध राख्ने अब्लेजअजीज पाश्चात्य रंग-ढंगमा ढल्किएको बताइन्छ ।

उनले अल्जेरियाको सत्ता सम्हालेको २० वर्ष पुगिसकेको छ । राष्ट्रपतिविरुद्ध विरोध प्रदर्शनमा उत्रिएकाहरुले भने अब्देलअजीज आफ्नो कार्यकाल अझै बढाउने खेलमा लागेको आरोप लगाएका छन् । यद्यपि अब्देलअजीजले भने पाँचौं कार्यकालका लागि चुनाव नलड्ने घोषणा गरिसकेका छन् ।

राष्ट्रपति अब्देलअजीज ८२ वर्ष पुगिसकेका छन् । उनलाई सन् २०१३ मा हृदयाघात भएको थियो । हाल उनी मुश्किलले हिँडडुल गर्न र बोल्न सक्छन् । सार्वजनिक कार्यक्रमहरुमा कहिलेकाहिँ मात्र उपस्थित हुन्छन् । यस्तो अवस्थामा रहेका राष्ट्रपतिले देश कसरी चलाउलान् भनेर अल्जेरियाका जनताले प्रश्न उठाउने गरेका छन् । एजेन्सी

प्रतिकृया दिनुहोस्

रवि लामिछानेको चेतावनी: गलत नेतृत्वले देशलाई फेरि पीडा दिलाउन सक्छ

गुल्मी, १ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चेतावनी दिएका छन्...

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...