News Portal

भारतमा पनि विप्लव समूहमाथि निगरानी, बुझाइयो विरोधपत्र

हिमाली संचार संवाददाता
४८२ पटक

बुटवल– भारत सरकारले पनि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तामाथि निगरानी बढाउन थालेको छ । प्रदेश पाँचबाट नयाँ दिल्लीमा कार्यरत नेपालीहरुले भारत सरकारले पनि सो समूहमाथि निगरानी बढाउँदा आफुहरु पीडित बनेको गुनासो गरेका हुन् ।

विप्लव नेतृत्वको  नेकपानिकट प्रवासी नेपाली जनसमाज भारतका सदस्य समेत रहेका बाबुलाल नेपाली सहितका कार्यकर्ताहरुले भारत सरकारले समेत आफ्नो पार्टीविरुद्ध निगरानी बढाएको भन्दै गुनासो गरे । ‘नेपाल सरकारले प्रतिबन्ध लगाएदेखि नै भारत सरकारले पनि हामी माथि निगरानी बढाउन थालेको छ’ नेपालीले भने, ‘हाम्रो संगठनको लेटरप्याड र छाप प्रयोग गर्न समेत प्रतिबन्ध लगाइएको छ ।’

सो संगठनले भारतस्थित नेपाली दूतावासमा विरोधपत्र बुझाउँदै नेपाल सरकारले लगाएको प्रतिबन्धको घोर भत्र्सना गरेको छ ।  सो संगठनका केन्द्रीय अध्यक्ष आजद सेन थापाद्धारा हस्ताक्षरित विज्ञप्तिमा नेपाल सरकारको विरोध गर्दै प्रतिबन्ध समस्याको समधान नभई वार्ता र सम्वाद एक मात्र विकल्प भएको उल्लेख छ ।

राष्ट्रियता,जनतन्त्र र जनजिविकाको सवालमा अहिलेको सरकार असफल भएको आरोप लगाउँदै तीनै सवालहरु उठाउँदै आएको पार्टीलाई प्रतिबन्ध लगाउनु लोकतन्त्रविपरित भएको सो संठनको ठहर छ । उनीहरुले नेपाल र भारतमा समेत लगाउन थालिएको प्रतिबन्ध तत्काल फुकुवा गर्न समेत नेपाल सरकारसँग माग गरेका छन् ।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...