News Portal

  • नेकपाका विद्यार्थीको तालाबन्दीपछि पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा रोकियो !

    हिमाली संचार संवाददाता
    ४४१ पटक

    चैत १०, विराटनगर : पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगले विभिन्न पदका लागि आइतबार लिन लागेको परीक्षा सत्तारुढ र प्रतिपक्षी दल निकट विद्यार्थी संगठनको हानाथापपछि स्थगित भएको छ । परीक्षा स्थगनसँगै दुवै पक्ष आरोप प्रत्यारोपमा उत्रेका छन् । बिराटनगरमा केन्दि्रय कार्यालय रहेको पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगले लिने परीक्षाको बिषयमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले समेत हस्तक्षेप गरेका थिए ।

    सेवा आयोगले उपप्राध्यापक, सहायक प्राध्यापकसहित विभिन्न पदका लागि आह्वान गरेको विज्ञापनको आइतबार परीक्षा मिति तोकेको थियो । तर, नेकपा निकट विद्यार्थी संगठनहरुले शुक्रबार नै सेवा आयोगमा तालाबन्दी गरेपछि परीक्षा रोकिएको हो ।

    आइतबार नेपाली कांग्रेस मोरङले शैक्षिक संस्थामा अनावश्यक हस्तक्षेप भएको बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र पठाएको छ । सेवा अयोगले लिने परीक्षामा शिक्षामन्त्री पोखरेलले हस्तक्षेप गरेको आरोप लगाउँदै तत्काल परीक्षा सुरु गराउन जिल्ला प्रशासन कार्यालय मोरङमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको हो ।

    शिक्षा मन्त्री पोखरेलले चैत ५ गते सेवा आयोगको विज्ञापन तत्काल स्थगित गर्न निर्देशन दिएका थिए । उनले कार्यकारी परिषद पूर्ण नभएकाले कुनै निर्णय नगर्न तथा सह-रजिस्टार र सहडिनको नियुक्ती तत्काल कार्यान्वयन नगर्न भनेका थिए ।

    पूर्वी कार्यकारी परिषद्ले गत पुस अन्तिम साता समन्वय महाशाखा प्रमुख राजेशकुमार झालाई सह-रजिष्ट्रार तथा गोपालप्रसाद शर्मालाई विज्ञान तथा प्रविधि संकायको सहडिन र डा. कोमल दुलाललाई कला, कानून तथा शिक्षाशास्त्र संकायको सह-डीनमा नियुक्त गरेको थियो । गत भदौ १० गते गोरखापत्र दैनिकमा निकालेको कर्मचारी पदपूर्तिको विज्ञापनको बिषयमा सर्वाेञ्च अदालतले परीक्षा लिन सेवा आयोगलाई आदेश दिएको थियो ।

    सहकुलपतिको निर्देशन विपरीत परीक्षा गर्ने तयारी गरिएपछि पूर्वी सेवा आयोग र परीक्षा केन्द्र तोकिएको सेन्टर फर पपुलेसन अफ डेभलपमेन्ट (सिप्याड) मा तालाबन्दी गरिएको अनेरास्वियू क्रान्तिकारी केन्द्रीय सदस्य ताजिम अन्सारीले बताए ।

    ‘हाम्रो माग निष्पक्ष परीक्षा हुनुपर्छ भन्ने हो,’ उनले भने, ‘शिक्षामन्त्रीको निर्देशन विपरीत परीक्षाको तयारी गरेपछि तालाबन्दी गरेका हौ । विश्वविद्यालयले सिधै अन्तरवार्ताका माध्यमबाट ६० भन्दा बढी उपप्राध्यापक र सहप्राध्यापकहरु नियुक्त गर्न खोजेको उनको भनाइ छ ।

    नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियु र अखिल क्रान्तिकारीलाई नयाँ शक्ती विद्यार्थी युनियन, संघीय समाजवादी फोरम निकट विद्यार्थी संगठनले समर्थन जनाएका छन् ।

    विद्यार्थी संगठनले तालाबन्दी गरेपछि आइतबारका लागि तय भएको परीक्षा रोकिएको पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष बद्रीनाथ श्रेष्ठले जानकारी दिए । सेवा आयोगले थप छलफल गरी परीक्षाको बिषयमा निर्णय गर्ने उनले बताए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर ६ गतेको राशिफल

    आज मंसिर ६, २०८२ (नोभेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    जेनजी आन्दोलनपछि जन्मिएका १० नयाँ दललाई निर्वाचन आयोगको मान्यता

    काठमाडौं, मंसिर ५ – जेनजी आन्दोलनको लहरसँगै गठन भएका १० नयाँ राजनीतिक दलले अन्ततः निर्वाचन...

    सवारी चालक अनुमतिपत्रको विवरण अब फेसबुकमार्फत सार्वजनिक

    काठमाडौं, मंसिर ५ – यातायात व्यवस्था विभागले छपाइ भई वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र...

    बस्नेतको चेतावनी: “१ लाख कार्यकर्तासहित सिंहदरबारमा सभा आयोजना गर्ने तयारी”

    काठमाडौं, मंसिर ५ – नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) कार्यक्रमका क्रममा...

    ओलीको स्पष्टीकरण: ‘युथ भोलेन्टियर फोर्स’ शान्ति र सुव्यवस्थाका लागि हो

    काठमाडौं, मंसिर ५ – एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीले गठन गरेको ‘युथ भोलेन्टियर फोर्स’ देशमा...