News Portal

जातिय विभेद कायमै !

हिमाली संचार संवाददाता
६४२ पटक
कृष्ण प्रसाद अधिकारी

दैलेख, ८ चैत : दैलेखको नौमूले गाउँपालिकाका दलित जनप्रतिनीधिहरुले सामाजिक रुपमा दलितहरु माथी गरिने विभेद कायमै रहेको बताएका छन। विहिवार ५४ औँ अन्तर्राष्ट्रिय रंगभेद तथा जातिभेद उन्मूलन दिवसको अबसरमा नौमूले गाउँपालिकाको आयोजना र स्थानीय तह दलित जनप्रतिनीधि मञ्च दैलेखको समन्वयमा भएको विचार विमर्शमा उनिहरुले यस्तो बताएका हुन् ।

नौमूले गाउँपालिका – ७ की दलित महिला सदस्य बेलसरा विकले गाउँपालिकाका अन्य जनप्रतिनीधिहरुले दलितको कार्यक्रमलाई उपेक्षा गरेको बताउनुभयो । गाउँपालिका भरी दलित समुदाय माथी हुने विभेद कायमै रहेको बताउनै विकले गाउँपालिकाले दलित लक्षित कार्यक्रम नसमेटी दलितहरुलाई झनै उपेक्षा गरेको बताइन् ।

वडा नं. ३ की दलित महिला सदस्य सिता कुमारी मिजारले गाउँपालिकाले दलित लक्षित कार्यक्रममा ध्यान नदिएको बताउनुभयो । नौमूलेका दलित अगुवा राम बहादुर सुनारले कतिथ माथिल्लो जातीले दलितको नाममा फाइदा लिएको बताउनुभयो ।

कार्यक्रममा नौमूले गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश कोईरालाले दलित भित्र पनि सामान्य रुपमा विभेद रहेको बताउँदै दलित समुदायका लागि आएका कार्यक्रम र अबसरमा टाठाबाठाले मात्रै लिने गरेको बताउनुभयो ।

सेते दमाई हत्या काण्डलाई सम्झना गर्दै कोईरालाले भन्नुभयो ‘उतिबेला अशिक्षित समाज थियो, अहिले समय धेरै परिवर्तन भईसकेको छ, जातिय विभेद तथा छुवाछुत पनि केहि रुपमा कमी आएको छ । उहाँले आगामी आर्थीक बर्ष देखि दलित लक्षित बजेट विनियोजन गर्न पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

भविसरा विकको अध्यक्षता तथा नौमूले गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश कोईरालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शिक्षा शाखा प्रमुख झलक कोईराला, नारायण नगरपालिकाका कार्यपालिका सदस्य शंकर बयलकोटी, नेपाली काँग्रेस जिल्ला कार्यसमिति दैलेखका सदस्य हरि राना लगायतले जातिय विभेद तथा छुवाछुत अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...