News Portal

समाचार प्रभाव : वुुवाको मृत्युु भएपछि बिचल्लीमा परेका ३ नावालकलाई आर्थिक सहयोग

हिमाली संचार संवाददाता
५९४ पटक
रबिन्द्र बराल, मोरङ

चैत्र ५, मंगलबार : मोरङ रंगेली नगरपालिका–७ का तिन नावालकको वुुवाको मृत्युु भएपछि बिचल्ली भएको खवर हिमाली संचार डटकम लगायत विभिन्न अनलाइनमा प्रसारण भएपछि सहयोग संस्थाहरुले सहयोग गरेका छन ।

अादर्श युवा क्लवकाे सहयोगमा एक सय केजी चामल, लत्ताकपडा तथा खाद्यन्न गरि ८ हजार बराबरको सामाग्रीहरु हस्तान्तरण गरेकाे छ । क्लव कै पहलमा रंगेलीका ब्यापारी, समाजसेवि, बुद्धिजीवी संग रकम संङ्कलन गरि ३५ हजार रुपैयाँ समेत दिएकाे थियोे । भने उक्त रकम रंगेलीमा रहेको महर्सिमेहि सहकारी संस्थामा परिवारकाे नाममा साे रकम जम्मा समेत गरिदिएकाे छ । त्यसै गरी नेपाली काङ्ग्रेस रंगेली एकाई समितिबाट नगद ११ हजार १ सय ५ रुपैयाँ नगद क्रिया खर्चको लागि समेत दिएको छ ।

रंगेली नगरपालिका–७ आर्दशटोल घर भएका दिपक लामो समयदेखि विरामी थिए । उनका वुुवा कारी महत्तोले चटपटि विक्रि गरेर ६ जना परिवार गुजारा चलाई रहेको थिए । दिपकलाई सानै उमेरमा रोग लागेपछि चटपटि विक्रि गरेर कमाएको पैसा सवै उपचारकालागी खर्च गर्ने गर्दथ्ये ।

एकमात्र छोराको उपचारकालागी कारीले कुुनै कसर वाकि नराखेको सुुनाए । दिपकले पनि हाट वजारमा चटपटि विक्रि गर्न गर्दथ्ये । दिपक विरामी भएर थला परेपछि उनकी श्रीमतीले मेहनत मजदुुर गरेर उपचार खर्च जुुटाउदै आईरहेकि थिइन ।

एकतिर गरिवी त्यसमाथी एकमात्र जवान छोराको मृत्युु भएपछि ७० वर्षिय कारी महत्तोको परिवारमा वज्रपातनै खसेको छ । जिवनभर चटपटि विक्रि गरे अव वुुढेसकालमा नातिनीहरुलाई कसरी पाल्ने के गर्ने समस्याले पिरलेको उनले सुुनाए । श्रीमानको मृत्युु संगै खान लाउन समस्या भइरहेको अवस्थामा नावालक छोरीलाई कसरी पालनपोषणगर्ने चिन्ताले आफुुलाई सताउने गरेको दिपकी श्रीमती रंजना महत्तोले वताईन । उनले नावालक छोरीको विचल्लि भएको भन्दै सहयोगका लागी आग्रह समेत गर्नुु भएको छ ।
उनका ६ वर्ष, ४ वर्ष र डेढवर्षका नावालक छोरी छन ।

यस्तो थियोे समाचार !

http://himalisanchar.com/2019/03/11457

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...