News Portal

समाचार प्रभाव : वुुवाको मृत्युु भएपछि बिचल्लीमा परेका ३ नावालकलाई आर्थिक सहयोग

हिमाली संचार संवाददाता
५२५ पटक
रबिन्द्र बराल, मोरङ

चैत्र ५, मंगलबार : मोरङ रंगेली नगरपालिका–७ का तिन नावालकको वुुवाको मृत्युु भएपछि बिचल्ली भएको खवर हिमाली संचार डटकम लगायत विभिन्न अनलाइनमा प्रसारण भएपछि सहयोग संस्थाहरुले सहयोग गरेका छन ।

अादर्श युवा क्लवकाे सहयोगमा एक सय केजी चामल, लत्ताकपडा तथा खाद्यन्न गरि ८ हजार बराबरको सामाग्रीहरु हस्तान्तरण गरेकाे छ । क्लव कै पहलमा रंगेलीका ब्यापारी, समाजसेवि, बुद्धिजीवी संग रकम संङ्कलन गरि ३५ हजार रुपैयाँ समेत दिएकाे थियोे । भने उक्त रकम रंगेलीमा रहेको महर्सिमेहि सहकारी संस्थामा परिवारकाे नाममा साे रकम जम्मा समेत गरिदिएकाे छ । त्यसै गरी नेपाली काङ्ग्रेस रंगेली एकाई समितिबाट नगद ११ हजार १ सय ५ रुपैयाँ नगद क्रिया खर्चको लागि समेत दिएको छ ।

रंगेली नगरपालिका–७ आर्दशटोल घर भएका दिपक लामो समयदेखि विरामी थिए । उनका वुुवा कारी महत्तोले चटपटि विक्रि गरेर ६ जना परिवार गुजारा चलाई रहेको थिए । दिपकलाई सानै उमेरमा रोग लागेपछि चटपटि विक्रि गरेर कमाएको पैसा सवै उपचारकालागी खर्च गर्ने गर्दथ्ये ।

एकमात्र छोराको उपचारकालागी कारीले कुुनै कसर वाकि नराखेको सुुनाए । दिपकले पनि हाट वजारमा चटपटि विक्रि गर्न गर्दथ्ये । दिपक विरामी भएर थला परेपछि उनकी श्रीमतीले मेहनत मजदुुर गरेर उपचार खर्च जुुटाउदै आईरहेकि थिइन ।

एकतिर गरिवी त्यसमाथी एकमात्र जवान छोराको मृत्युु भएपछि ७० वर्षिय कारी महत्तोको परिवारमा वज्रपातनै खसेको छ । जिवनभर चटपटि विक्रि गरे अव वुुढेसकालमा नातिनीहरुलाई कसरी पाल्ने के गर्ने समस्याले पिरलेको उनले सुुनाए । श्रीमानको मृत्युु संगै खान लाउन समस्या भइरहेको अवस्थामा नावालक छोरीलाई कसरी पालनपोषणगर्ने चिन्ताले आफुुलाई सताउने गरेको दिपकी श्रीमती रंजना महत्तोले वताईन । उनले नावालक छोरीको विचल्लि भएको भन्दै सहयोगका लागी आग्रह समेत गर्नुु भएको छ ।
उनका ६ वर्ष, ४ वर्ष र डेढवर्षका नावालक छोरी छन ।

यस्तो थियोे समाचार !

http://himalisanchar.com/2019/03/11457

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...