News Portal

पहिरोको उच्च जोखिममा जाजरकोट सदरमुकाम खलंगा, त्रासमा स्थानीय बासिन्दा

हिमाली संचार संवाददाता
९८९ पटक

जाजरकोट – लगातारको भारी वर्षाका कारण यहाँका दर्जन बढी बस्ती जोखिममा परेका छन् । वातारणीय प्रभाव मूल्यांकन नगरी निर्माण गरिएका सडकका कारण यहाँका बस्ती जोखिममा परेका हुन् ।

जाजरकोट–डोल्पा सडक भत्किएपछि भेरी नगरपालिका ३ र ४ का न्यूरोड, शान्ति चौतारा, भेलाले, ठाटीबजार, सिमलगैरी, थाप्ले, स्याँला लगाएत स्थानमा रहेका ४ दर्जन घर पहिराको उच्च जोखिममा परेका छन् ।

वर्षाले घरमूनि पहिरो जान थालेपछि खलंगाका बासिन्दा जाग्राम बस्न बाध्य छन् । पहिरोले न्यूरोड र ठाँटी बजारको पूरै बस्ती बग्ने खतरा छ । ४/५ तले पक्की घर पहिरोको जोखिममा परेपछि स्थानीय बासिन्दा त्रासमा छन् ।

पहिरोले भद्रबहादुर वली, गुलाबी सुनार, केशव बस्नेत, तेजबहादुर खत्री, शान्तबहादुर शाही, लोकबहादुर खत्री, मेनुका खड्का, हर्कबहादुर खड्का, गणेशबहादुर थापा, बलबहादुर विक, रेशम सुनार, भीमराज सिंह, गणेश कामी लगाएतको घर उच्च जोखिममा परेको स्थानीय कमान खड्काले बताउनुभयो ।

चारैतिर पहिरो खसेपछि खलंगा बजारमा ३ सातादेखि यातायात ठप्प छ । वर्सात् शुरु भएसँगै यही साउन पहिलो सातादेखि खलंगा पहिरोको घेरामा परेको छ । खलंगा–पाँचकटिया, खलंगा–नेपालगञ्ज र खलंगा–रिम्ना हुँदै डोल्पा जाने सडक वातावरणीय प्रभाव मूल्यांकन नगरी खनेकाले पहिरो खसेको हो ।

यस्तै ३ साताअघिको वर्षाले खहरे खोला, भेलाले, न्यूरोड, रेडक्रस भवन, सिटिजन बैंक, रिसाङ, स्याँला लगाएत स्थानमा सडक भत्किएको छ । खहरेखोला र रेडक्रस भवन नजिकको सडकमा मान्छे हिँड्ने बाटोसमेत छैन । पैदलयात्री जोखिमसाथ आवतजावत गर्न बाध्य छन् । सडक विस्तार गर्दा नाली नबनाइएकाले पानीले सडक बगाउँदै लगेको छ ।

मापदण्डअनुसार सडक निर्माण र उचित ढल निकासको व्यवस्था नहुँदा खलंगा बजार घेरेर पहिरो जानुका साथै दर्जन स्थानमा सडक भासिएको स्थानीय कमान खड्काले बताउनुभयो । भिरालो भू–बनोटको खलंगामा डोजर लगाएर जथाभावी सडक खन्दा पहिरोको जोखिम बढेको स्थानीय बासिन्दा बताउँछन् ।

रुपैडियादेखि तेञ्जे जोड्ने भेरी करिडोरको बाइपासका रूपमा रहेको शान्ति चौतारा कालेगाउँ सडक स्तरोन्नति गर्दा ग्याभिङ, नाली लगाएतमा ध्यान नदिइएकाले बजार पहिरोको खतरामा परेको हो । सडक डिभिजन कार्यालय चौरजहारीले जाजरकोट–डोल्पा सडकको खलंगा–रिम्ना खण्ड स्तरोन्नतिका लागि गतिलो डिजाइन र गुणस्तरमा ध्यान नदिँदा ठाउँठाउँमा पहिरोको जोखिम भएको भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले बताउनुभयो ।

यसले गर्दा खलंगा बजारका ४ दर्जन पक्की घर जोखिममा परेको उहाँको भनाइ छ । सडकमा नाली नबनाउनु, घर निर्माण गर्दा निस्किएको माटो जथाभावी फाल्नु, सडक छेउमा जथाभावी सेफ्टीट्यांकी बनाउनु, भत्किएको सडक समयमै मर्मत सम्भार नगर्नु, जथाभावी वन विनाश गर्नु लगाएतले पहिरोको जोखिम बढेको घर्तीले बताउनुभयो ।

सिटिजन बैंक नजिक, खहरेखोला र रेडक्रस भवन तलको पहिरो नियन्त्रण गर्न करोडौँ बजेट आवश्यक पर्ने प्रमुख घर्तीको भनाइ छ । भिरालो जमिनमा भवनसंहिता तथा प्राविधिक डिजाइनबिना ४/५ तले घर निर्माण गर्नु जोखिम लिनु हो”, उहाँले भन्नुभयो ।
रासस

 

प्रतिकृया दिनुहोस्

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की, पुष ४ – पोखरामा एक वृद्धाको ज्यान गएको घटनामा उनकै नाति पक्राउ परेका छन्।...

आज २०८२ साल पुष ४ गतेको राशिफल

आज पुष ४, २०८२ (डिसेम्बर १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

एमाले नयाँ नेतृत्वसँगै एकताबद्ध भएर अघि बढ्ने

काठमाडौं, पुष ३ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने बताएका...