News Portal

स्विट्जरल्याण्डमा पहिलो पटक ग्रेटर नेपालको नक्सासहित प्रर्दशन

हिमाली संचार संवाददाता
४५७ पटक

स्विट्जरल्याण्ड : सुगौली सन्धीपछि भारतीय उपनिवेशमा राखिएको नेपालको भूमि फिर्ता गराउन माग गर्दे प्रर्दशन गरिरहेको ग्रेटर नेपालले स्विट्जरल्याण्डको जेनेभामा पहिलो पटक प्रर्दशन गरेको छ । सुगौली सन्धीपछि भारतले खोसेको नेपालको भूमि फिर्ता गराउन माग गर्दै पहिलो पटक जेनेभामा ग्रेटर नेपालको नक्सासहित बिरोध प्रर्दशन गरिएको हो ।

लामो प्रयासपछि ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा नेपालको नक्सा लिएर संयुक्त राष्ट्र संघ मानव अधिकार परिषद अगाडि पुगेको हो। उनीहरुले शनिवार साँझ ४ः३० बजे जेनेभास्थित संयुक्त राष्ट्र संघको अगाडि ब्रोकन चेयरमा ग्रेटर नेपालको नक्सा प्रदर्शन गरेका हुन् ।

उक्त कार्यक्रम बिहिबार नै गर्ने योजना भएपनि बर्षातको कारण स्थिगित भएको थियो तर शनिबार भने ग्रेटर नेपालको नक्सा सहितको प्रर्दशन गरिएको ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले बताए ।

संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरूका झण्डासँगै राखिएको नेपालको राष्ट्रिय झण्डाका अगाडि ग्रेटर नेपालको नक्साका साथ उभिएर नेपाली जनताका नाममा कसम खाँदै संसारलाई आफ्नो पीडाको आवाज र विरोधको स्वर सुनाउन पाउने ठाउँमा उभिएर ग्रेटर नेपालको नक्सा देखाउन पाएको नेपाल बताउँछन् । नेपालसहितको टोलीले भारतीय उपनिवेशको बिरोध गर्दे नेपाली भुमि फिर्ता गर्नु पर्ने भन्दै ग्रेटर नेपालको लागि प्रर्दशन गर्दे आईरहेका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...