News Portal

सविता देवि ट्रसले १० दिन नवित्दै फेरि गरिदियाेे अर्को गरिव परिवारको छोरीको बिबाह

हिमाली संचार संवाददाता
६६६ पटक
रबिन्द्र बराल, मोरङ

रंगेली, १६ फागुन : मोरङको रंगेली नगरपालिका ९ युुुवा चाेक नजिकै बिहीबार निकै रमझम र घरमा बाजागाजा सहित निक्कै रमाईलो थियो । बेहुला, बेहुली अंंगानमा क्रिस्चियन समुदायको बिधिमा बिवहा भई रहेको थियोे । सबै जना बिहेमा लागेका थिए । बेहुला आफ्नो बिधि अनुसार विवाहको कर्ममा थिए । बेहुलीका बुबा आएका पाहुनालाई खानपिन गराउँदै थिए । यो कुनै नाटक हैन बिवाहको एउटा वास्तविकता हाे।

मोरङको रंगेली नगरपालिका वडा नम्बर ९ काेे युुुवा चाेेककी लखिराम हँस्ताकि २२ बर्षकि फुलुनी हाँस्ता सानै उमेर देखि उनकाे बाेलि छैन उनका बुवाले छाेरी राम्रो हुन्छ भनेर धामीझाँक्री र डाक्टर कहाँ समेत पुगाए तर छाेरीकाे मुखबाट बाेलि अाउन सकेन उनका बुबाले भने अब छाेरीकाे बिवहा गर्ने निकै समस्या हुने भयाे भन्दै चिन्ता मा रहेको बताए ।

उनका एक छाेेरी र दुई छाेेेरा छन तर दैवले एक कान्छाे छाेेेराकाे समेत १५ बर्ष भई सक्दा समेत बाेलि अाउन सकेकाे बताए । त्यस्तै रंगेली २ स्थित ताला हेेेेमरमकाे छाेरा राकेश हेमरंम पनि सानैै उमेेेर देेखि बाेल्न सक्दैन उनका बुवाले पनि छाेरा राम्रो हुन्छ कि भनेर उपचारका लागि विभिन्न ठाउँमा लगेर तर उनकाे पनि वाेलि अाएन । तर अहिले दुई जनाकाेे बिवहा भएको देखेर अाफुुुलाई धेरै खुुशि लागेेेेकाे ताला हेमरमले बताए ।

सानो पराले झुपडीमा भएको विवाह निक्कै रमाईलो थियो । आर्थिक अबस्था कमजोर रहेका बेहुली पक्षका परिवारमा विवाहको लागि कसरी खर्च जुटाउने भन्ने समस्याका बिच विवाह हुँदै थियो । २०७१ सालमा स्थापना भएको सबितादेवि अग्रवाल ट्रष्टले गरिव र दिन दुखिहरुका लागि भगवान भएको छ ।

ट्रष्टले गाउँ घरमा रहेका गरिव तथा अतिविपन्न परिवारलाई सहयोगीको रुपमा काम गर्दे अाईरहेता पनि पछिल्लो समयमा नयाँ कामकाे सुरुवात गरेको छ । गरिव परिवार भएकै कारण छोरीको विवाह गर्न नसक्ने तथा आर्थिक अभावका कारण समस्या आउन नदिनका लागि सहयोग गर्दै आएको ट्रष्टका अध्यक्ष मदनलाल अग्रवालले बताए ।

अार्थिक अबस्था एकदमै कमजोर रहेको परिवारबाट सहयोगको आग्रह गरिएपछि उनीहरुको अबस्था हेरेर सहयोग गर्ने गरिएको उनले बताए । ट्रष्टले फुल्जुनी हाँस्ताकाे विहेका लागि आवश्यक पर्ने बेहुली साडि, चुरा, पाउजु, घडि, दाईजोको रुपमा दिईने सरसामान र बेहुलाका लागि घडि र लुगाफाटो उपलब्ध गराएको थियो । त्यस्तै आएका जन्तीका लागि बिहेभोजको समेत खर्च ब्यहोरेको थियो ।

संस्थाका अध्यक्ष अग्रवालले बिहेमा दाईजो बाहेकका आबस्यक सबै खर्च ट्रष्टले ब्यहोरेको बताए । फुल्जुनीकाे बिहेमा सहभागी हुनको लागि सविता देवि अग्ररवाल ट्रसका अध्यक्ष मदन लाल अग्रवाल (बगडिया), करण ठाकुर, दिलिप मंन्डल समाजसेवी कमल राजवंशी, अनिल महेश्वरी पुगेका थिए ।

ट्रष्टले आर्थिक अबस्था कमजोर भएका परिवारलाई सहयोग गर्ने कार्यक्रम अनुसार यस अघि पनि रंगेलीकै रामे ऋषिदेव की छोरी सीता ऋषिदेवको समेत विवाह गराईदिएको थियो । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै जाने ट्रष्टका अध्यक्ष अग्रवालले बताए।

यो पनि पढ्नुहोस।

सबिता देवि अग्रवाल ट्रसले गरिदियो अतिविपन्न परिवारकाे छाेरीकाे बिवहा !

http://himalisanchar.com/2019/02/10503

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...