आज : २०२६-०६-०८, सोमबार

___ गजल ___

~ उर्मिला न्यौपाने

तिमी थियौ रमाइलै वातावरण थियो
सयौं जन्मसँगै जिउने हाम्रो प्रण थियो

दु:ख पीडा वेदनाले छोयो भने मलाई
अप्ठ्यारोमा पर्नलाई तिम्रै शरण थियो

कहिलेकाही छताछुल्ल हुदा यो जिन्दगी
म आएर ओत लाग्ने त्यहि चरण थियो

देखाउथ्यौ मिठा मिठा सपनी तिमीले नै
मेरो लागि त्यहि सपनी मृत्युवरण थियो

लाग्थ्यो मलाई मेरो हाँसो खुशी तिमी हौ
थाहा पाए जीवनमा सबै हरण थियो।।

लम्की, कैलाली।