~ चक्र राना
नेपाल र नेपालीपन खोज्न म, कविताको पहाड चढिरहेको बेला
कठ्याग्रिदो पतझरको सिरेठोसँग पौठेजोरी खेल्दै गोधुलिमा बास माग्दै गर्दा
तर्साई रहने ति छदमभेषी प्रवृतिहरुसँग लागिरहनलाई
सन्तोषरुपी स्वास दिलाउँदै आउ आमा आफ्नो नेपालीपन हराएको बेला
कोष टाढाको दूरी नजिक ल्याउनलाई मरिमेट्दै गर्दा
बन्धुबान्धबको नाता नजिकतिर गर्दै, सबैलाई जोड्न
आमासँग ममताको भिख माग्न आएको दुःख आज फेरी
विन्ती, आमा तिमीलाई, बचाउनने छ्यौ हामी अधेरोमा पर्दा
कति ? सन्तान भौत्तारिय विदेशतिर बेरोजगार भईकन
प्रकृतिको प्रयाप्तता, जलस्रोतका धनी हामी भए पनि
सम्भावना लाखौलाख खानी, खनिज सजाईकन
आईदेउ आमा विन्ति फेरी, सबैसँग समान पहुच ल्याईकन
प्रजान्तत्र, लोकतन्त्र, गणतन्त्र आमा नेपालमा जतातकै तन्त्रैतन्त्र
शिकाउ आमा यिनलाई आज सवैलाई जिउन सक्ने सहि मन्त्र
सेवा भाव, सदभाव सुविचारको सदाचारी भन्दै गर्ने जतिलाई
बाहिर सेवाभाव मात्र, हटाउभित्र भ्रष्टाचारी मति भाकाजतिलाई
शिक्षा क्षेत्र अस्तव्यस्त नितिनियम एकातिर
काम कुरो एकातिर कुम्लो पारी अर्काेतिर
अनिवार्य निःशुल्क शिक्षा अरे जताततै शल्कै शुल्क
गरिवका छोरा–छोरी पढ्ने कसरी आएका वेला राउ, उल्का
बुझ्नेलाई श्रीखण्ड नबुझ्ने जातिलाई खैके खैके ?
कहिल्यै सुमति फर्कियोसन् हामी नेपालीको मतितिर
शिकाईदेउ नेपाल आमा नेपाललाई समान चालको गतितिर
बढाउ दृष्टि गरिब अनि निमुखाहरु बस्ने झुपडी र बस्तीतिर।।
– सुर्खेत अवलचिङ, धरम पोखरा