News Portal

सामसुङ ग्यालेक्सी एस १० आउदै, के के हुनेछन् फिचर्स ?

हिमाली संचार संवाददाता
४७१ पटक

दक्षिण कोरियाली दिग्गज कम्पनी सामसुङले आफ्नो नयाँ फ्लागशीप स्मार्टफोन सामसुङ ग्यालेक्सी एस १० आगामी मार्च ८ मा लञ्च गर्ने भएको छ। सामसुङको अमेरिकी वेबसाइटले उक्त बहुप्रतिक्षित प्रिमियम फोनको पि–अर्डर लिन पनि सुरु गरेको छ । आगामी फेब्रुअरी २० मा सनफ्रान्सिस्कोमा हुने कार्यक्रममा उक्त फोनको घोषणा गरिनेछ ।

अमेरिकामा सामसुङले पछिल्लो रिलिज भएको डिभाइसलाई अपग्रेड गर्दै ग्यालेक्सी एस १० मा ५५० डलर छुट दिनेछ । कोरियाली बजारमा मार्च ८ मा ग्यालेक्सी एस १० लञ्च हुनेछ । प्रि अर्डर गरेका ग्राहकले भने फोनको औपचारिक लञ्च हुनुभन्दा ४ दिनअघि नै उक्त स्मार्टफोन प्राप्त गर्नेछन् ।
ग्यालेक्सी एस १० सँगै ठूलो स्क्रिनयुक्त एस १० प्लस तथा सस्तो मोडेलको एस १० इ पनि लञ्च हुने बताइएको छ ।

के के हुनेछन् फिचर्स ?

ग्यालेक्सी एस १० मा ट्रिपल रियर क्यामरा सेटअप हुनेछ । जसमा दुईवटा १२ मेगापिक्सेल र एउटा १६ मेगापिक्सेलको सेन्सर हुनेछ । १२ मेगापिक्सेल क्यामरामा टेलिफोटो लेन्स हुनेछ जसले अटोफोकस फिचर पनि सपोर्ट गर्दछ ।

त्यस्तै ग्यालेक्सी एस १० इ मा १२ र १६ मेगापिक्सेल गरी दुईवटा मूख्य क्यामरा हुनेछन् । त्यस्तै ग्यालेक्सी एस १० प्लसमा पनि ट्रिपल क्यामरा सेटअप रहेको छ जसको स्पेसिफिकेसनहरु ग्यालेक्सी एस १० जस्तै हुनेछ । ग्यालेक्सी एस १० सँगै सामसुङले वायरलेस इयरफोन पनि लञ्च गर्ने बताइउको छ । एजेन्सी

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...