News Portal

  • सामसुङ ग्यालेक्सी एस १० आउदै, के के हुनेछन् फिचर्स ?

    हिमाली संचार संवाददाता
    ४३९ पटक

    दक्षिण कोरियाली दिग्गज कम्पनी सामसुङले आफ्नो नयाँ फ्लागशीप स्मार्टफोन सामसुङ ग्यालेक्सी एस १० आगामी मार्च ८ मा लञ्च गर्ने भएको छ। सामसुङको अमेरिकी वेबसाइटले उक्त बहुप्रतिक्षित प्रिमियम फोनको पि–अर्डर लिन पनि सुरु गरेको छ । आगामी फेब्रुअरी २० मा सनफ्रान्सिस्कोमा हुने कार्यक्रममा उक्त फोनको घोषणा गरिनेछ ।

    अमेरिकामा सामसुङले पछिल्लो रिलिज भएको डिभाइसलाई अपग्रेड गर्दै ग्यालेक्सी एस १० मा ५५० डलर छुट दिनेछ । कोरियाली बजारमा मार्च ८ मा ग्यालेक्सी एस १० लञ्च हुनेछ । प्रि अर्डर गरेका ग्राहकले भने फोनको औपचारिक लञ्च हुनुभन्दा ४ दिनअघि नै उक्त स्मार्टफोन प्राप्त गर्नेछन् ।
    ग्यालेक्सी एस १० सँगै ठूलो स्क्रिनयुक्त एस १० प्लस तथा सस्तो मोडेलको एस १० इ पनि लञ्च हुने बताइएको छ ।

    के के हुनेछन् फिचर्स ?

    ग्यालेक्सी एस १० मा ट्रिपल रियर क्यामरा सेटअप हुनेछ । जसमा दुईवटा १२ मेगापिक्सेल र एउटा १६ मेगापिक्सेलको सेन्सर हुनेछ । १२ मेगापिक्सेल क्यामरामा टेलिफोटो लेन्स हुनेछ जसले अटोफोकस फिचर पनि सपोर्ट गर्दछ ।

    त्यस्तै ग्यालेक्सी एस १० इ मा १२ र १६ मेगापिक्सेल गरी दुईवटा मूख्य क्यामरा हुनेछन् । त्यस्तै ग्यालेक्सी एस १० प्लसमा पनि ट्रिपल क्यामरा सेटअप रहेको छ जसको स्पेसिफिकेसनहरु ग्यालेक्सी एस १० जस्तै हुनेछ । ग्यालेक्सी एस १० सँगै सामसुङले वायरलेस इयरफोन पनि लञ्च गर्ने बताइउको छ । एजेन्सी

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २९ गतेको राशिफल

    आज कार्तिक २९, २०८२ (नोभेम्बर १५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    ग्याङको राजमा हाइटी: नेपालले नदेखेको सम्भावित खतरा

    कुवेत धिरेन्द्र राज सुवेदी – क्यारेबियन सागरको सुन्दर द्वीप राष्ट्र हाइटी आज विश्वको सबैभन्दा असुरक्षित...

    सन्तोष परियार नयाँ शक्ति र प्रगतिशील अभियानमा समाहित, ७ मंसिरमा बृहत् एकता घोषणा

    काठमाडौं, कार्तिक २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका सन्तोष परियार डा. बाबुराम भट्टराई नेतृत्वको...

    प्रधानमन्त्रीसहित ७ मन्त्रीले बुझाए विवरण, ३ मन्त्रीले अझै बुझाएका छैनन्

    काठमाडौं, कार्तिक २८  – प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको १० सदस्यीय मन्त्रिपरिषद्का सात जना मन्त्रीले आफ्नो...

    सीआईबी भन्दै रकम ट्रान्सफर गराउने दुई जना पक्राउ

    काठमाडौं, कार्तिक २८ – काठमाडौंमा आफूहरूलाई सीआईबीका अधिकारी भनेर चिनाउँदै ठगी गर्ने दुई जना पक्राउ...