News Portal

बेल्जियममा जनसम्पर्क समितिले गर्‍यो कुश्मा नगरपालिकाका मेयर जोसीलाई स्वागत

हिमाली संचार संवाददाता
८१३ पटक

बेल्जियम : नेपाली काग्रेसका युवा नेता, नेपाल बिद्यार्थी संघका पुर्व केन्द्रिय सदस्य तथा कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोसीलाई नेपाली जनसम्पर्क समिति बेल्जियमले स्वागत तथा सम्मान गरेको छ।

छोटो समयको लागी युरोप भ्रमणमा रहनु भएका कुश्मा नगरपालिकाका मेयर जोसी र उहाँकी धर्मपत्नी गंगा जोसी तथा नेपाली काग्रेस कपिलबस्तुका पुर्व जिल्ला कार्य समिती सदस्य तुलसीनाथ लामिछानेलाई जनसम्पर्क समिति बेल्जियमले सानो र छोटो समयको सुचनाको आधारमा आन्तरिक साथीहरुको बिचमा एक सानो कार्यक्रमको आयोजना गरी सम्मान गरेको प्रबक्ता जगदिस सापकोटाले बताए।

जनसम्पर्क समिति बेल्जियमकी सभापति सीता सापकोटाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा समितिका बरिष्ठ उपाध्य देवु शर्मापौडेलले स्वागत मन्तब्य राख्नु भएको थियो भने पुर्व अध्यक्ष ईन्द्र् क्षेत्री पकवान, निबर्तमान अध्यक्ष शुभाष जोसी संतोष, सदस्य माधव सापकोटा, सल्लाहकार झलक केसीले स्वागत तथा सम्मान मन्तब्य राख्नु भएको थियो।

समिति बेल्जियमका महामन्त्री दिनेश प्रसाद भन्डारीले कार्यक्रम संचालन गर्नु भएको थियो।

प्रतिकृया दिनुहोस्

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...

चोरीको मोटरसाइकलसहित बालकहरू पक्राउ, कास्की–तनहुँ प्रहरीले संयुक्त अनुसन्धान

कास्की, माघ १३ – पोखराबाट चोरी भएको मोटरसाइकलसहित तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ।...

जमलमा तीन सवारी एकआपसमा ठोक्किँदा दुर्घटना, एक जना सामान्य घाइते

काठमाडौं, १३ माघ – राजधानीको व्यस्त क्षेत्र जमलस्थित सिद्धि भवन अगाडि मंगलबार दिउँसो तीन वटा...

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि...