News Portal

बेल्जियममा जनसम्पर्क समितिले गर्‍यो कुश्मा नगरपालिकाका मेयर जोसीलाई स्वागत

हिमाली संचार संवाददाता
९४८ पटक

बेल्जियम : नेपाली काग्रेसका युवा नेता, नेपाल बिद्यार्थी संघका पुर्व केन्द्रिय सदस्य तथा कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोसीलाई नेपाली जनसम्पर्क समिति बेल्जियमले स्वागत तथा सम्मान गरेको छ।

छोटो समयको लागी युरोप भ्रमणमा रहनु भएका कुश्मा नगरपालिकाका मेयर जोसी र उहाँकी धर्मपत्नी गंगा जोसी तथा नेपाली काग्रेस कपिलबस्तुका पुर्व जिल्ला कार्य समिती सदस्य तुलसीनाथ लामिछानेलाई जनसम्पर्क समिति बेल्जियमले सानो र छोटो समयको सुचनाको आधारमा आन्तरिक साथीहरुको बिचमा एक सानो कार्यक्रमको आयोजना गरी सम्मान गरेको प्रबक्ता जगदिस सापकोटाले बताए।

जनसम्पर्क समिति बेल्जियमकी सभापति सीता सापकोटाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा समितिका बरिष्ठ उपाध्य देवु शर्मापौडेलले स्वागत मन्तब्य राख्नु भएको थियो भने पुर्व अध्यक्ष ईन्द्र् क्षेत्री पकवान, निबर्तमान अध्यक्ष शुभाष जोसी संतोष, सदस्य माधव सापकोटा, सल्लाहकार झलक केसीले स्वागत तथा सम्मान मन्तब्य राख्नु भएको थियो।

समिति बेल्जियमका महामन्त्री दिनेश प्रसाद भन्डारीले कार्यक्रम संचालन गर्नु भएको थियो।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...