News Portal

कुवेतबाट आँखाको क्यान्सर पिडित अंकित राईलाइ ८१ हजार रुपैयाँ भन्दा धेरै सहयोग हस्तान्तरण

हिमाली संचार संवाददाता
७७१ पटक

कुवेत : खोटाङ ज़िल्ला, दिक्तेल रूपाकोट मझुवागडी वडा नं. ३, (बाम्राङ्ग सामातुङ्ग) निवासी विदेश राईको नाबालक छोरा बर्ष ५ का आँखाको क्यान्सर पिडित अंकित राईलाई कुवेतबाट ८१ हजार २६ रुपैया आर्थिक सहयोग आज तिलगंगा अस्पताल परिसरमा एनआरएन आइसिसी सदस्य अमित राई,गोरखापत्रका सहसम्पादक राजेश चाम्लिङ, लेखक तथा पत्रकार गणेश कुमार राई,समाजसेवि इन्द्र कुमार चाम्लिङ,अभियन्ता मातृका राई,जनालय अनलाईन न्युजका प्रबन्धक तथा सामाजिक अभियन्ता किशोर सुनुवार,पत्रकार राजकुमार खड्काको उपस्थितिमा रकम हस्तान्तरण गरिएको थियो ।

अंकितको आँखामा समस्या देखिए पछि गाउँबाट उपचारको लागि काठमाण्डौको तिलगंगा आँखा अस्पतालमा लागेको र उक्त अस्पतालले उपचारको क्रममा देब्रे आँखामा क्यान्सर भएको पुष्टी गरेको हुनाले क्यान्सर जस्तो गम्भीर रोगको उपचारको लागि लामो समयसम्म किमो दिनु पर्ने साथै यो उपचारको लागि ठुलो धनराशी लाग्ने भएकोले र घरको आर्थिक स्थिति अत्यन्तै कम्जोर रहेकोले गत जुलाई महिनामा अंकितको बुबाले उपचार खर्चको लागि फेसबुक संजाल र मिडिया मार्फत आर्थिक सहयोग जुटाइदिन अपिल गरेका थिए।

त्यस लगतै अंकितको उपचारको लागि देश तथा विदेशबाट आर्थिक सहयोग गर्दै आएको र उक्त आर्थिक सहयोगबाट उठेको रकमले लगातार उपचार भैरहेको क्रममा कुवेतबाट पनि नैनकला राईको नेतृत्वमा र सहयोगी साथीहरु क्रमशः भगिरथ राई, हरि राई, बैजन्ति राई र माया साम्पाङ राईको सक्रियतामा कुवेतमा कर्मथलो बनाउदै आउनु भएका नेपाली तथा गैर नेपाली दिदीबहिनी तथा दाजुभाईहरुले गर्नु भएको आर्थिक सहयोग ८१ हजार २६ रुपैयाँ संकलन गर्न सफल दाताहरु :-

१. जय आले मगर – ५ केडी
२. सुरेश गुरुङ – ५ केडी
३. चन्द्र तामाङ – ५ केडी
४. शुकबहादुर गुरुङ – ५ केडी
६ . सरोज महतारा – २ केडी
७. इरेशा उपुला कुमारी – १ कडी
८ . देवराज भण्डारी – ०.५०० फिल्स
९. नैनकला राई – १० केडी
१०. माया साम्पाङ – १० केडी
११. बैजन्ति राई मार्फत – २१ केडी
१२ . युवक राई – ५ केडी
१३ . हरि राई मार्फत – ५१ केडी
१४ . भगिरथ राई मार्फत ८० केडी
१५. मन्जित राई – ५ केडी
१६. युवराज राई – ५ केडी
१३. गोबिन्द बराल १ केडी
१४. पुर्णिमा बुढा मगर १ केडी ५०० फिल्स जम्मा रकम २१३ केडी मात्र नेपाली रूपैया- ८१०२६ एकासी हजार छबिस रूपैया संकलित रकम हस्तान्तरण गरिएको जानकारी नैनकला राईले दिएका छिन् साथै यस अभियानमा आर्थिक, नैतिक र भौतिक सहयोग गर्नु हुने सम्पूर्णलाई राईले हार्दिक धन्यबाद व्यक्त गरेकी छिन् ।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...