News Portal

  • निर्वाचन आयोगमा ‘नेकपा’ को झगडा !

    ८०३ पटक

    काठमाडौं : निर्वान आयोगका प्रमुख आयुक्तसहितका चार आयुक्तहरुले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाममा समस्या नरहेको निश्कर्ष निकालेका छन् ।

    ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले दलसम्बन्धी ऐनविपरीत सत्तारुढ दलले उस्तै नाम राखेको र त्यसलाई आयोगले बैधानिकता दिइएको भन्दै निर्वाचन आयोगमा उजुरी दिएको थियो।

    दलको नामका विषयमा उजुरी नै परेपछि आयोगले बुधबार दुबै पार्टीका प्रतिनिधिसहितको संबैधानिक तथा कानुनी इजलास राखेर छलफल गर्‍यो । छलफलमा दुबै पक्षले आ-आफ्ना अडान राखेका थिए ।

    छलफलपछि सत्तारुढ नेकपाका नेता मुक्ति प्रधानले आफ्नो पार्टीको नाम, कट्टेल नेतृत्वको दलसँग नजुधेको बताए । ‘कोष्टभित्रको नेकपाको नाममा समस्या छैन । हामी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भन्छौं । उहाँहरु नेपाल कम्युनिस्ट पार्टी मात्रै भन्नुहुन्छ । त्यसकारण नाममा समस्या छैन । यो म प्रष्ट पार्न चाहन्छु ।’

    कट्टेल नेतृत्वको नेकपाका सचिवालय सदस्य कृष्णहरि भट्टले भने सत्तारुढ दलले बहुमतका नाममा आफ्नो पार्टीको पहिचान नै मेटाउन खोजिएको गुनासो गरेका थिए ।

    तर, कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले दाबी गरेजस्तो सत्तारुढ दलको कोष्टभित्रको नेकपाको नाममा समस्या नरहेको आयुक्तहरुको छलफलले निश्कर्ष निकालेको आयोग स्रोतले अनलाइनखबरलाई जानकारी दियो ।

    दुबै पार्टीका प्रतिनिधिसहितको इजलास सकिएपछि बुधबार दिउँसो नै बसेको प्रमुख आयुक्तसहित आयुक्तहरुको छलफलले सत्तारुढ नेकपाको नाममा समस्या नरहेको निश्कर्ष निकालेको उनले बताए । ‘पहिला नै विधानसम्मत नै निर्णय भएको हो भन्ने निश्कर्ष छ । त्यही नै निर्णय आउने सम्भावना छ’ उनले भने ।

    आयोगले यसअघि कट्टेल नेतृत्वको नेकपासँग नाम जुधेपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई कोष्टभित्र नेकपा राखेर दल दर्ताको स्वीकृति दिएको थियो ।

    इजलास बसेको ३५ दिनभित्र निर्णय सुनाउनुपर्ने व्यवस्था भए पनि निर्वाचन आयोगले बिहीबार नै नेकपाको नामको विवादका सन्दर्भमा आफ्नो निर्णय सुनाउने तयारी गरेको आयोगको स्रोतले जानकारी दियो । आयोगका आयुक्तहरुको बैठक बिहीबार पुनः बस्ने छ ।

    तेल र पानीको मिलन हुँदैन : कट्टेल समूह
    सत्तारुढ दलले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी एकताका लागि अन्य कम्युनिस्ट घटकहरुलाई आग्रह गर्दै आएको छ । तर, कट्टेल नेतृत्वको नेकपाले भने पार्टीको नामका विषय चित्त दुखाउँदै निर्वाचन आयोगमा उजुरी पो दिए ।

    निर्वाचन आयोगमा नामको विषयमा परेको उजुरीमाथिको छलफलपछि कट्टेल नेतृत्वको पार्टीका सचिवालय सदस्य कृष्णहरि भट्टले भने सत्तारुढ दलसँग पार्टी एकताको सम्भावना नै नरहेको बताए ।

    ‘तेल र पानीको मिलन हुँदैन भनेजस्तै हो’, सत्तारुढ दलसँग पार्टी एकताको सम्भावना के छ भन्ने पत्रकारको प्रश्नमा भट्टले अगाडि भने, ‘सरकारवादी नेकपा भनेको संसदवादी संघर्षबाट चोरको पनि एक भोट हो, साधुका पनि एक भोट हो भन्ने कुरामा उहाँहरु विश्वास गर्नुहुन्छ । हामीहरु योग्य मान्छेहरुको नेतृत्वले समाज विकास भएको हो भन्ने मान्यता राख्छौं ।’

    नेता भट्टले सत्तारुढ दलले व्यक्तिको योग्यता र क्षमताको समेत कदर गर्न नसकेको र त्यसमा विश्वास नराखेको आरोप लगाए । ‘हाम्रो पार्टी योग्यता क्षमताको कदर हुनुपर्छ भन्ने पक्षमा छ ।’ उनले भने, ‘उहाँहरु योग्यता र क्षमताको प्रतिस्पर्धामा हुनुहुन्न ।’ अनलाइनखबर

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    सुम्निमा हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने, माछापुच्छ्रे क्यापिटल बिक्री प्रबन्धक नियुक्त

    काठमाडौं, कार्तिक ३ – सुम्निमा हाइड्रोपावर कम्पनीले आफ्नो प्रारम्भिक शेयर (IPO) सर्वसाधारणमा जारी गर्न माछापुच्छ्रे...

    कुवेतमा हृदयघातबाट सिटी बस चालक नेपालीको मृत्यु

    (प्रतीकात्मक फाईल तस्बिर।) कुवेत सिटी, कुवेत। कुवेतको सिटी ग्रुप कम्पनीमा ड्राइभरका रूपमा कार्यरत होम बहादुर...

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइपुग्यो

    काठमाडौं, कात्तिक ३ – अध्ययनका लागि इजरायल गएका कञ्चनपुरका विपिन जोशीको शव सोमबार काठमाडौं आइपुगेको...

    कुवेतमा युवा शक्तिको अधिवेशन नोभेम्बर १४ मा हुने

    कुवेत सिटी, कुवेत। “सके राम्रो गरौँ, नसके नराम्रो पनि नगरौं” भन्ने नाराको साथ गठन भएको...

    गंगा दाहालले माओवादी सचिवालय संयोजक पदबाट राजीनामा दिइन्

    काठमाडौं, कार्तिक ३ – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की सचिवालय संयोजक गंगा दाहालले पदबाट...