News Portal

  • पुराना पार्टीहरुको सान्दर्भिकता सकियो : रवीन्द्र मिश्र

    ५९९ पटक

    बुटवल – विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले केपी ओली नेतृत्वको सरकारले समाजवादको नाराको आडमा खोक्रो कुरा मात्रै गरेको आरोप लगाएका छन् ।

    रिपोर्टर्स क्लव प्रदेश नम्बर ५ ले बुटवलमा सोमबार गरेको साक्षात्कारमा बोल्दै उनले सरकारको तीब्र आलोचना गरे । अहिलेको अवस्थामा जनताले सबैभन्दा दु:ख र पीडा महसुस गरेको पनि उनले जिकि गरे ।

    ‘अहिलेको सरकारको कुरा गर्ने र कल्पना बाँड्ने क्षमता छ तर देशलाई बिकास र समृद्धिको दिशामा अघि बढाउने क्षमता शुन्य छ’, उनले भने, ‘पुराना दलहरुको नेतृत्व सबै हिसाबले विफल भइसकेको छ ।’

    वाम सरकारसँग समाजवादको कुनै नीति नै नभएको उनले जिकिर गरे । ‘जब समाजवादको कुनै नीति नै छैन, काठमाडौंको महलमा बसेर डेढ करोडको गाडीबाट समाजवाद आउछ ?,’ उनले प्रश्न गरे। ‘सरकारले समाजवादी बाटो नै अबलम्बन गर्न नसक्ने र नगर्ने अवस्था देखियो ।’

    शिक्षा र स्वास्थ्यमा लगानी गर्नेहरु कम्युनिष्ट र समाजबादी हुनै नसक्न् भन्दै मिश्रले समाजवादी भन्ने शब्दलाई सस्तो बनाइएकोमा पनि उनले दु:ख व्यक्त गरे ।

    ‘समाजवादी चरित्र के छ उहाँहरुको ? नेताहरुलाई मात्रै समृद्ध बनाउनेलाई नै समाजवाद भनिएको हो ?,’मिश्रले कांग्रेस र कम्युनिष्टलाई प्रश्न गरेको अन्नपूर्णले खबर लेखेको छ ।

    शिक्षा र स्वास्थ्यलाई राज्यको मूल दायित्व नठान्नेहरु समाजवादी हुन नसक्ने उनको जिकिर थियो । ‘शिक्षा र स्वास्थ्यलाई मूलरुपमा राज्यको दायित्व नमान्नेहरु समाजवादी हुन सक्दैनन् भन्ने हाम्रो मान्यता हो’, उनले भने, ‘समाजवादीहरुले शिक्षा र स्वास्थ्यमा राज्यको दायित्वलाई स्विकार गर्दछन् तर ४०-५० शिक्षा र स्वास्थ्यमा लगानी गरेकालाई खुसी पार्न ३ करोड नेपालीमाथि खेलवाड गर्नेहरु कम्युनिष्ट र समाजवादी हुन सक्दैनन् ।’

    विवेकशील-साझाले तीन महिने देशब्यापी अभियान चलाएको बताउँदै उनले  अब पार्टीको संगठन बलियो हुने दाबी गरे । अहिले पार्टीको संगठन निर्माणमा आक्रमकरुपमा अघि बढेको उनको भनाइ छ । पार्टीलाई वैकल्पिक शक्तिका रुपमा अगाडि बढाउने योजना पनि उनले सुनाए ।
    कार्यक्रममा संगठन विभाग प्रमुख मुमाराम खनालले आफुहरु देशको बलियो शक्तिको रुपमा उदाउने दाबी गरे । कार्यक्रममा पार्टीका प्रदेश ५ संयोजक अनुपमान सैँजुले पार्टीका गतिबिधिबारे जानकारी गराए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    धरानका हर्क साङपाङको पार्टीमा आदिवासीको दबदबा, पदाधिकारीमा खस आर्य छैनन्

    धरान, कार्तिक १४ – धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई, उर्फ हर्क साङपाङले नेतृत्व गर्ने ‘श्रम...

    पपस्टार राजु लामाले ओसियानाको सर्वोच्च पहाड आरोहण, वातावरण संरक्षणको सन्देश दिए

    काठमाडौं, कार्तिक १४ – पपस्टार तथा पर्वतारोही राजु लामाले इन्डोनेसियाको सर्वोच्च पहाड कार्सटेन्ज पिरामिड (पन्साक...

    थापाथलीको राममन्दिर क्षेत्रमा अनधिकृत संरचना भत्कायो काठमाडौं महानगर

    काठमाडौं, कार्तिक १४ – काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राममन्दिर क्षेत्रमा निर्माण गरिएका अनधिकृत संरचना डोजर लगाएर...

    बालेनलाई वार्ताका लागि बोलाउँदै स्थानीय, बञ्चरेडाँडामा फोहर संकट

    काठमाडौं, कार्तिक १४ – बञ्चरेडाँडामा फोहर फ्याँक्न रोक लगिएपछि काठमाडौं महानगरपालिकाले महानगरवासीलाई घरमै फोहर सुरक्षित...

    आज २०८२ साल कार्तिक १४ गतेको राशिफल

    आज कार्तिक १४, २०८२ (अक्टोबर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...