आज : २०२६-०६-०५, शुक्रबार

टिपर घर भित्र पस्दा दुई लाख रुपैयाँ बराबरको क्षति

रबिन्द्र बराल/मोरङ – मोरङ रंगेली कानेपोखरी सडक खण्ड अन्तर्गत कानेपाेखरी २ स्थित गेउरिया नजिकै खोला नजिकै  उत्तरबाट दक्षिण तर्फ  गिटी बोकेर जादै गरेको को १ ख ७१९८ नं. को टिपर अचानक पन्चर भएको र सोही दिशाबाट आउदै गरेको  को १ को ७१९५ नं.को टिपर राेकेर बनाउने क्रममा समेत रोकी बनाउदै गरेको अबस्थामा सोही दिशाबाट जादै गरेको को १ ख ७७९० नं. को टिफरले दुवै टिफरलाई पछाडिबाट ठक्कर दिदा  दुर्घटना भएको प्रहरीले जनाएको छ ।

को १ ख ७१९८ नं.को टिपर चालक पथरी शनिश्चरे न.पा. ४ बस्ने बर्ष ३५ को युबराज खरेल तथा को १ ख ७१९५ नं. को टिफर चालक उर्लाबारी न.पा. ७ बस्ने बर्ष २८ को रण बहादुर धिमाल र  को १ ख ७७९० नं. को चालक सुन्दरहरैचा न.पा. ३ गछिया चोक बस्ने बर्ष ४२ को यदुनाथ बास्कोटा  सामान्य घाइते भएको रमाइलो प्रहरीले जनाएको छ ।  

को १ ख ७७९० नं. को टिफरले को १ ख ७१९५ नं. को टिफर लाई पछाडी बाट ठक्कर दिदा को १ ख ७१९५ नं. को टिफर उछिटिदा  पुर्ण रिमालको  १ तल्ले  घरमा  भत्किएको  दुई लाख  बराबरको क्षती भएको र मानबीय कुनै  क्षती नभए प्रहरीले जनाएको छ ।