News Portal

साउदीमा पनि भेटियो खतरनाक कोरोना भेरिएन्ट ओमिक्रोन

हिमालीसंचार संवाददाता
५२२ पटक

रियाद। कोरोना भाइरसको खतरनाक मानिएको कोरोना भाइरसको पछिल्लो भेरिएन्ट ओमिक्रोन साउदी अरबमा पनि फेला परेको छ। साउदीमा बुधबार पहिलोपटक ओमिक्रोनको संक्रमण पुष्टि भएको हो।

साउदीको सरकारी समाचार एजेन्सी एसपीएका अनुसार उत्तरी अफ्रिकाको एक देशबाट आएका व्यक्तिमा उक्त भेरिएन्टको संक्रमण पुष्टि भएको हो।

एसपीएका अनुसार यो साउदी मानिस र उनको सम्पर्कमा आएकाहरूलाई अलग्गै राखिएको छ। मध्य पूर्व र उत्तर अफ्रिकामा ओमिक्रोनको यो पहिलो केस हो।

गत नोभेम्बर २६ मा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन फेला परेको थियो। दक्षिण अफ्रिकामा पहिलोपल्ट देखिएको यो भेरियन्ट हालसम्म २० देशमा देखिइसकेको डब्लुएचओले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...