News Portal

साउदीमा पनि भेटियो खतरनाक कोरोना भेरिएन्ट ओमिक्रोन

हिमालीसंचार संवाददाता
३९३ पटक

रियाद। कोरोना भाइरसको खतरनाक मानिएको कोरोना भाइरसको पछिल्लो भेरिएन्ट ओमिक्रोन साउदी अरबमा पनि फेला परेको छ। साउदीमा बुधबार पहिलोपटक ओमिक्रोनको संक्रमण पुष्टि भएको हो।

साउदीको सरकारी समाचार एजेन्सी एसपीएका अनुसार उत्तरी अफ्रिकाको एक देशबाट आएका व्यक्तिमा उक्त भेरिएन्टको संक्रमण पुष्टि भएको हो।

एसपीएका अनुसार यो साउदी मानिस र उनको सम्पर्कमा आएकाहरूलाई अलग्गै राखिएको छ। मध्य पूर्व र उत्तर अफ्रिकामा ओमिक्रोनको यो पहिलो केस हो।

गत नोभेम्बर २६ मा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन फेला परेको थियो। दक्षिण अफ्रिकामा पहिलोपल्ट देखिएको यो भेरियन्ट हालसम्म २० देशमा देखिइसकेको डब्लुएचओले जनाएको छ।

प्रतिकृया दिनुहोस्

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...

चोरीको मोटरसाइकलसहित बालकहरू पक्राउ, कास्की–तनहुँ प्रहरीले संयुक्त अनुसन्धान

कास्की, माघ १३ – पोखराबाट चोरी भएको मोटरसाइकलसहित तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ।...

जमलमा तीन सवारी एकआपसमा ठोक्किँदा दुर्घटना, एक जना सामान्य घाइते

काठमाडौं, १३ माघ – राजधानीको व्यस्त क्षेत्र जमलस्थित सिद्धि भवन अगाडि मंगलबार दिउँसो तीन वटा...

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि...