News Portal

नेकपाका वरिष्ठ नेता माधव नेपालको बढ्दो विदेश मोह

१०५५ पटक

रामकृष्ण अधिकारी
काठमाडौं – सरकारको कार्यशैलीप्रति प्रश्न उठाइरहेका छन्। पार्टीको निर्णय प्रक्रियामा विरोध जनाइरहेका छन्। संसद्मा पनि उनले भने- देश डुब्नै आँट्यो। सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल आफैचाहिँ चार महिनामा छ पटक विदेश पुगिसके।

नेकपाले प्रदेश नेतृत्व टुंग्याउँदा पनि नेपाल विदेशमै थिए। पूर्वप्रधानमन्त्री समेत रहेका नेपालको ‘विदेश मोह बढेको’ भन्दै पार्टीभित्र आलोचना सुरु भएको छ। नेकपाका एक नेताले भने, ‘संकटको घडीमा विदेश किन जाने ? महिनामा कति दिन विदेश बस्ने ? भ्रमणका उपलब्धि के हुने ? त्यसबाट मुलुक र पार्टीले के कति इज्जत-प्रतिष्ठा कमायो ? यसबारेमा अब उहाँ (नेपाल)ले सोच्नुपर्छ।’

नेपालले पार्टीभित्र प्रश्न मात्रै उठाएको भन्दै उनले भने, ‘पार्टीमा बहस उठाउने मात्रै होइन, समाधानको खोजीमा पनि उहाँ (नेपाल) गम्भीर भएर लाग्नुपर्छ।’ नेपाल आइतबार मात्रै उत्तरी छिमेकी मुलुक चीनको भ्रमणमा निस्केका छन्। जेठ ३ मा पार्टी एकता घोषणा भएयता उनको यो छैटौं विदेश भ्रमण हो। तीन महिनाको बीचमै चीन भ्रमण दोस्रोपटक हो। नेपालले चीनबाहेक चारमहिनामा अमेरिका, ब्राजिल, घाना र कम्बोडियाको भ्रमण गरिसकेका छन्।

नेकपा स्थायी समिति सदस्य योगेश भट्टराई पार्टीभित्रको आन्तरिक समस्यामा विदेश भ्रमणको साइनो नभए पनि नेताहरूबीच सम्वादहीनता बढेको स्वीकार्छन्। ‘नेताहरूबीच पर्याप्त संवाद हुन सकेको छैन, विधि-प्रक्रियाको हेक्का राखिएको छैन, जसले समस्या निम्ताइरहेको छ,’ भट्टराईले भने, ‘छलफलबाटै समस्या समाधानमा नेताहरू अब केन्द्रित हुनुपर्छ।’

उनकै समूहका नेताले पनि पार्टी संगठन निर्माणभन्दा विदेश मोहमा रमाएको भन्दै नेपालप्रति असन्तुष्टि जनाउन थालेको बताइन्छ। नेपाल पक्षीय नेता जगन्नाथ खतिवडाले भने पछिल्लो चीन भ्रमण परिबन्दको कार्यक्रम भएको बताए। ‘यसपटकको चीन भ्रमण पूर्वनिर्धारित छोटो कार्यक्रम भएकाले परिबन्दमा परेर जानुभएको हो,’ खतिवडाले भने, ‘यसपटक उहाँ (नेपाल)को जाने इच्छा थिएन। मैले गर्नुपर्ने धेरै विषय थिए, तर अफ्ठ्यारोमा परें भन्नुभएको थियो।’ नेपाल बिहीबार मात्रै स्वदेश फर्किंदैछन्।

नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल विदेशमा रहेका बेला संसद्मा सरकारको आलोचना गरेका थिए। आफ्नै आयोजनामा स्थायी समिति सदस्यका लागि चियापान आयोजना पनि गरे। सरकार र पार्टी प्रदेश कमिटी चयन प्रक्रियाको उनले विरोध गर्दै आएका छन्।

उनी आफ्नो समूहका केन्द्रीय सदस्यको भेलामार्फत् आवश्यकता परे जागरण अभियान नै चलाउने निष्र्कषमा पुगेका थिए। नेपालको असन्तुष्टि थाहा पाएपछि अध्यक्ष दाहालले सिंगापुरबाटै आइतबार टेलिफोन गरी समस्याबारे गम्भीरतापूर्वक छलफल गरेर जाने भन्दै आश्वस्त पारेका थिए।

आफू स्वदेश आइपुग्दा नेपाल चीन भम्रणमा हुने भएपछि दाहालले सिंगापुरबाटै टेलिफोन संवाद गरेको दाहालनिकट स्रोतले बतायो।

नेपाल मात्रै होइन, नेकपाका अरु शीर्ष नेतामा पनि ‘अति विदेश मोह’ देखिएको छ। शीर्ष नेता विदेश दौडाहामै व्यस्त हुँदा आन्तरिक विवादबारे छलफल हुनै नसकेको एक नेताले बताए। अध्यक्ष दाहाल सोमबार बेलुकी सिंगापुरबाट श्रीमती सीता दाहालको उपचार गरी फर्किएका छन्। अध्यक्ष ओली भने राष्ट्रसंघीय महासभामा भाग लिएर कोस्टारिका पुगेका छन्।

बिहीबार अध्यक्ष ओली र नेता नेपाल स्वदेश फर्केपछि शीर्ष तहमा नेपालको असन्तुष्टिबारे छलफल हुने नेकपा स्रोतले बताएको छ। अन्नपूर्ण

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...