News Portal

  • नेकपाका वरिष्ठ नेता माधव नेपालको बढ्दो विदेश मोह

    ९४२ पटक

    रामकृष्ण अधिकारी
    काठमाडौं – सरकारको कार्यशैलीप्रति प्रश्न उठाइरहेका छन्। पार्टीको निर्णय प्रक्रियामा विरोध जनाइरहेका छन्। संसद्मा पनि उनले भने- देश डुब्नै आँट्यो। सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल आफैचाहिँ चार महिनामा छ पटक विदेश पुगिसके।

    नेकपाले प्रदेश नेतृत्व टुंग्याउँदा पनि नेपाल विदेशमै थिए। पूर्वप्रधानमन्त्री समेत रहेका नेपालको ‘विदेश मोह बढेको’ भन्दै पार्टीभित्र आलोचना सुरु भएको छ। नेकपाका एक नेताले भने, ‘संकटको घडीमा विदेश किन जाने ? महिनामा कति दिन विदेश बस्ने ? भ्रमणका उपलब्धि के हुने ? त्यसबाट मुलुक र पार्टीले के कति इज्जत-प्रतिष्ठा कमायो ? यसबारेमा अब उहाँ (नेपाल)ले सोच्नुपर्छ।’

    नेपालले पार्टीभित्र प्रश्न मात्रै उठाएको भन्दै उनले भने, ‘पार्टीमा बहस उठाउने मात्रै होइन, समाधानको खोजीमा पनि उहाँ (नेपाल) गम्भीर भएर लाग्नुपर्छ।’ नेपाल आइतबार मात्रै उत्तरी छिमेकी मुलुक चीनको भ्रमणमा निस्केका छन्। जेठ ३ मा पार्टी एकता घोषणा भएयता उनको यो छैटौं विदेश भ्रमण हो। तीन महिनाको बीचमै चीन भ्रमण दोस्रोपटक हो। नेपालले चीनबाहेक चारमहिनामा अमेरिका, ब्राजिल, घाना र कम्बोडियाको भ्रमण गरिसकेका छन्।

    नेकपा स्थायी समिति सदस्य योगेश भट्टराई पार्टीभित्रको आन्तरिक समस्यामा विदेश भ्रमणको साइनो नभए पनि नेताहरूबीच सम्वादहीनता बढेको स्वीकार्छन्। ‘नेताहरूबीच पर्याप्त संवाद हुन सकेको छैन, विधि-प्रक्रियाको हेक्का राखिएको छैन, जसले समस्या निम्ताइरहेको छ,’ भट्टराईले भने, ‘छलफलबाटै समस्या समाधानमा नेताहरू अब केन्द्रित हुनुपर्छ।’

    उनकै समूहका नेताले पनि पार्टी संगठन निर्माणभन्दा विदेश मोहमा रमाएको भन्दै नेपालप्रति असन्तुष्टि जनाउन थालेको बताइन्छ। नेपाल पक्षीय नेता जगन्नाथ खतिवडाले भने पछिल्लो चीन भ्रमण परिबन्दको कार्यक्रम भएको बताए। ‘यसपटकको चीन भ्रमण पूर्वनिर्धारित छोटो कार्यक्रम भएकाले परिबन्दमा परेर जानुभएको हो,’ खतिवडाले भने, ‘यसपटक उहाँ (नेपाल)को जाने इच्छा थिएन। मैले गर्नुपर्ने धेरै विषय थिए, तर अफ्ठ्यारोमा परें भन्नुभएको थियो।’ नेपाल बिहीबार मात्रै स्वदेश फर्किंदैछन्।

    नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल विदेशमा रहेका बेला संसद्मा सरकारको आलोचना गरेका थिए। आफ्नै आयोजनामा स्थायी समिति सदस्यका लागि चियापान आयोजना पनि गरे। सरकार र पार्टी प्रदेश कमिटी चयन प्रक्रियाको उनले विरोध गर्दै आएका छन्।

    उनी आफ्नो समूहका केन्द्रीय सदस्यको भेलामार्फत् आवश्यकता परे जागरण अभियान नै चलाउने निष्र्कषमा पुगेका थिए। नेपालको असन्तुष्टि थाहा पाएपछि अध्यक्ष दाहालले सिंगापुरबाटै आइतबार टेलिफोन गरी समस्याबारे गम्भीरतापूर्वक छलफल गरेर जाने भन्दै आश्वस्त पारेका थिए।

    आफू स्वदेश आइपुग्दा नेपाल चीन भम्रणमा हुने भएपछि दाहालले सिंगापुरबाटै टेलिफोन संवाद गरेको दाहालनिकट स्रोतले बतायो।

    नेपाल मात्रै होइन, नेकपाका अरु शीर्ष नेतामा पनि ‘अति विदेश मोह’ देखिएको छ। शीर्ष नेता विदेश दौडाहामै व्यस्त हुँदा आन्तरिक विवादबारे छलफल हुनै नसकेको एक नेताले बताए। अध्यक्ष दाहाल सोमबार बेलुकी सिंगापुरबाट श्रीमती सीता दाहालको उपचार गरी फर्किएका छन्। अध्यक्ष ओली भने राष्ट्रसंघीय महासभामा भाग लिएर कोस्टारिका पुगेका छन्।

    बिहीबार अध्यक्ष ओली र नेता नेपाल स्वदेश फर्केपछि शीर्ष तहमा नेपालको असन्तुष्टिबारे छलफल हुने नेकपा स्रोतले बताएको छ। अन्नपूर्ण

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ ३१ गतेको राशिफल

    आज भदौ ३१, २०८२ (सेप्टेम्बर १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    विराटनगरको भाटभटेनीमा शव फेला

    विराटनगर, भदौ ३० – जेनजी आन्दोलनका क्रममा आगजनी भएको विराटनगर–६ स्थित भाटभटेनी सुपरमार्केटमा सोमबार जलेको...

    भाग्य न्यौपानेले सामाजिक सञ्जालबाट विवादास्पद भिडिओ हटाए

    काठमाडौं, भदौ ३० – युट्युबर भाग्य न्यौपानेमाथि जेनजी प्रदर्शनको क्रममा भ्रामक र उत्तेजक सूचना फैलाएको...

    एनसेलको कार्यालयमा तोडफोड र आगजनी, कम्पनीले प्रहरीमा उजुरी दर्ता

    काठमाडौं, भदौ ३० – काठमाडौंको लैनचौरस्थित एनसेलको मुख्य कार्यालयमा भएको तोडफोड, आगजनी र लुटपाटको घटनापछि...

    नवनियुक्त तीन मन्त्रीले लिए शपथ

    काठमाडौं, भदौ ३० – सोमबार तीन नयाँ मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।...