News Portal

टी–२० विश्वकप क्रिकेट: न्यूजिल्याण्डद्वारा भारत ८ विकेटले पराजित

हिमालीसंचार संवाददाता
३४९ पटक

काठमाडौं। टी–२० विश्वकप क्रिकेटमा न्युजिल्यान्डले भारतलाई ८ विकेटले पराजित गरेको छ। भारतले दिएको १११ रनको लक्ष्य न्यूजिल्याण्डले १५ औं ओभरमा दुई विकेट गुमाएर पूरा गरेको छ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा न्युजिल्यान्डले सुरुदेखि नै अग्रता लिएको थियो। उत्कृष्ट ब्याटिङका ​​कारण न्युजिल्यान्डले भारतलाई सजिलै पराजित गरे।

१११ रनको लक्ष्य पछ्याउँदै न्यूजिल्याण्डका लागि डेरिल मिचेलले सर्वाधिक ४९ रन बनाए। केन विलियम्सनले नटआउट ३३ र मार्टिन गुप्टिलले २० रनको योगदान दिए। भारतका लागि जसप्रित बुमराहले दुई विकेट लिए।

टस जितेर ब्याटिङ गरेको भारतीय टोलीले न्यूजिल्याण्डलाई १११ रनको लक्ष्य दिएको थियो। १११ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १४.३ ओभरमा लक्ष्य पूरा गर्‍यो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १६ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

हुम्लामा भारी हिमपात, जनजीवन प्रभावित तर किसान खुसी

हुम्ला, १५ माघ – हुम्लामा लगातार दुई दिनसम्म परेको भारी हिमपातले जनजीवनलाई प्रभावित पारेको छ।...

सुनचाँदीको भाउमा तीव्र वृद्धि, एकैदिन तोलामा २० हजारभन्दा बढी महँगियो सुन

काठमाडौं, माघ १५ – नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ उचाइ लिँदै गएको छ ।...

पश्चिम बंगालमा Nipah भाइरस देखिएपछि नेपालमा सतर्कता कडा

काठमाडौं, माघ १५ – भारतको पश्चिम बंगालमा Nipah भाइरसका केही पुष्टि भएका केसहरू भेटिएपछि दक्षिण...

आज २०८२ साल माघ १५ गतेको राशिफल

आज माघ १५, २०८२ (जनवरी २९, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...