News Portal

टी–२० विश्वकप क्रिकेट: न्यूजिल्याण्डद्वारा भारत ८ विकेटले पराजित

हिमालीसंचार संवाददाता
४४७ पटक

काठमाडौं। टी–२० विश्वकप क्रिकेटमा न्युजिल्यान्डले भारतलाई ८ विकेटले पराजित गरेको छ। भारतले दिएको १११ रनको लक्ष्य न्यूजिल्याण्डले १५ औं ओभरमा दुई विकेट गुमाएर पूरा गरेको छ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा न्युजिल्यान्डले सुरुदेखि नै अग्रता लिएको थियो। उत्कृष्ट ब्याटिङका ​​कारण न्युजिल्यान्डले भारतलाई सजिलै पराजित गरे।

१११ रनको लक्ष्य पछ्याउँदै न्यूजिल्याण्डका लागि डेरिल मिचेलले सर्वाधिक ४९ रन बनाए। केन विलियम्सनले नटआउट ३३ र मार्टिन गुप्टिलले २० रनको योगदान दिए। भारतका लागि जसप्रित बुमराहले दुई विकेट लिए।

टस जितेर ब्याटिङ गरेको भारतीय टोलीले न्यूजिल्याण्डलाई १११ रनको लक्ष्य दिएको थियो। १११ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १४.३ ओभरमा लक्ष्य पूरा गर्‍यो।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...