News Portal

फेसबुकले नाम परिवर्तन गर्दै

हिमालीसंचार संवाददाता
३३८ पटक

वासिङटन। फेसबुकले कम्पनीलाई रि–ब्रान्ड गर्न अर्को हप्ता नै नयाँ नाम राख्ने तयारी गरेको बताएको छ। फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरबर्गले २८ अक्टोबरमा हुने वार्षिक सम्मेलनमा यसबारे कुरा गर्ने बताइएको छ। तर उनले आधिकारिक घोषणा गर्नु अगाडि नै नयाँ नाम सार्वजनिक हुने रिपोर्ट गरेको छ।

यसअघि फेसबुककी एक पूर्वकर्मचारीले कम्पनीबारे ठूलो विवादास्पद खुलासा गरेपछि फेसबुक चारैतिरबाट दबाबमा आएको थियो। व्यक्तिको हितभन्दा कम्पनीको नाफालाई बढी प्राथमिकता दिएर काम गरेको सम्बन्धी उनले विभिन्न डक्युमेन्टहरु लिक गरेकी थिइन्।

यसरी अनुपयुक्त व्यवसायिक अभ्यासलाई लिएर विश्वभरका निरीक्षक र सांसदहरुबाट आलोचित भएको फेसबुकले अब आगामी दिनहरुमा ‘मेटाभर्स’ मा केन्द्रित रहनका लागि भनेर पनि यस्तो गर्न लागेको बताइएको छ। प्राविधिक कम्पनीहरुले आफ्नो सेवा विस्तार गर्न यस किसिमले नाम परिवर्तन गरिरहने गरेका छन्।

त्यस्तै यो महिना पाँच घण्टासम्म फेसबुक, वाट्सएप, इन्स्टाग्राम दुनियाँभर नचलेपछि यसले पनि कम्पनीको सुरक्षा र सेवाबारे प्रश्न खडा गरेको थियो। यसले फेसबुकको शेयरमा गम्भीर प्रभाव पारेको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...