News Portal

फेसबुकले नाम परिवर्तन गर्दै

हिमालीसंचार संवाददाता
४५० पटक

वासिङटन। फेसबुकले कम्पनीलाई रि–ब्रान्ड गर्न अर्को हप्ता नै नयाँ नाम राख्ने तयारी गरेको बताएको छ। फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरबर्गले २८ अक्टोबरमा हुने वार्षिक सम्मेलनमा यसबारे कुरा गर्ने बताइएको छ। तर उनले आधिकारिक घोषणा गर्नु अगाडि नै नयाँ नाम सार्वजनिक हुने रिपोर्ट गरेको छ।

यसअघि फेसबुककी एक पूर्वकर्मचारीले कम्पनीबारे ठूलो विवादास्पद खुलासा गरेपछि फेसबुक चारैतिरबाट दबाबमा आएको थियो। व्यक्तिको हितभन्दा कम्पनीको नाफालाई बढी प्राथमिकता दिएर काम गरेको सम्बन्धी उनले विभिन्न डक्युमेन्टहरु लिक गरेकी थिइन्।

यसरी अनुपयुक्त व्यवसायिक अभ्यासलाई लिएर विश्वभरका निरीक्षक र सांसदहरुबाट आलोचित भएको फेसबुकले अब आगामी दिनहरुमा ‘मेटाभर्स’ मा केन्द्रित रहनका लागि भनेर पनि यस्तो गर्न लागेको बताइएको छ। प्राविधिक कम्पनीहरुले आफ्नो सेवा विस्तार गर्न यस किसिमले नाम परिवर्तन गरिरहने गरेका छन्।

त्यस्तै यो महिना पाँच घण्टासम्म फेसबुक, वाट्सएप, इन्स्टाग्राम दुनियाँभर नचलेपछि यसले पनि कम्पनीको सुरक्षा र सेवाबारे प्रश्न खडा गरेको थियो। यसले फेसबुकको शेयरमा गम्भीर प्रभाव पारेको थियो।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...