News Portal

नेपाल प्रहरीको नयाँ तलबः कसको कति ? (सूचीसहित)

हिमालीसंचार संवाददाता
१२३९ पटक

काठमाडौँ।
यही साउन १ गतेदेखि प्रहरीको नयाँ तलब तोकिएको छ। यस वर्ष सबै पदमा समान रूपमा २ हजार रुपैयाँ तलब बढाइएको हो। तलबमानअनुसार सबैभन्दा धेरै तलब प्रहरी महानिरीक्षक (आईजीपी) को ६६ हजार ८ सय ६० रुपैयाँ तथा सबैभन्दा थोरै रिक्रुटको २१ हजार ४ सय ८० रुपैयाँ तलब कायम गरिएको छ।

आईजीपी र एआईजीको तलब स्केल बराबर छ। यसैगरी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को ६६ हजार ८ सय ६० तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) को ५८ हजार ३ सय १ रुपैयाँ तलब पुर्याइएको छ। प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को ५५ हजार ९ सय ६४ रुपैयाँ तथा प्रहरी उपरीक्षक (एसपी) को ५३ हजार ४० रुपैयाँ तलब कायम गरिएको छ।

यस्तै प्रहरी नायब उपरीक्षक (डीएसपी) को तलब ४९ हजार ४ सय ४५, प्रहरी निरीक्षक (इन्स्पेक्टर) को ४८ हजार १ सय २६ तथा प्रहरी नायब निरीक्षक (सई) को ३८ हजार २ सय ५६ रुपैयाँ बनाइएको छ। यस्तै, प्रहरी सहायक निरीक्षक (असई) को तलब ३५ हजार २ सय ४१, प्रहरी हवल्दारको २९ हजार ६ सय १७ र प्रहरी जवानको २८ हजार ७ सय ३६ रुपैयाँ तोकिएको छ।

विस्तृत विवरण तलको सूचीमा–

प्रतिकृया दिनुहोस्

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...