News Portal

नेपाल प्रहरीको नयाँ तलबः कसको कति ? (सूचीसहित)

हिमालीसंचार संवाददाता
९१८ पटक

काठमाडौँ।
यही साउन १ गतेदेखि प्रहरीको नयाँ तलब तोकिएको छ। यस वर्ष सबै पदमा समान रूपमा २ हजार रुपैयाँ तलब बढाइएको हो। तलबमानअनुसार सबैभन्दा धेरै तलब प्रहरी महानिरीक्षक (आईजीपी) को ६६ हजार ८ सय ६० रुपैयाँ तथा सबैभन्दा थोरै रिक्रुटको २१ हजार ४ सय ८० रुपैयाँ तलब कायम गरिएको छ।

आईजीपी र एआईजीको तलब स्केल बराबर छ। यसैगरी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को ६६ हजार ८ सय ६० तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) को ५८ हजार ३ सय १ रुपैयाँ तलब पुर्याइएको छ। प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को ५५ हजार ९ सय ६४ रुपैयाँ तथा प्रहरी उपरीक्षक (एसपी) को ५३ हजार ४० रुपैयाँ तलब कायम गरिएको छ।

यस्तै प्रहरी नायब उपरीक्षक (डीएसपी) को तलब ४९ हजार ४ सय ४५, प्रहरी निरीक्षक (इन्स्पेक्टर) को ४८ हजार १ सय २६ तथा प्रहरी नायब निरीक्षक (सई) को ३८ हजार २ सय ५६ रुपैयाँ बनाइएको छ। यस्तै, प्रहरी सहायक निरीक्षक (असई) को तलब ३५ हजार २ सय ४१, प्रहरी हवल्दारको २९ हजार ६ सय १७ र प्रहरी जवानको २८ हजार ७ सय ३६ रुपैयाँ तोकिएको छ।

विस्तृत विवरण तलको सूचीमा–

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...