News Portal

ओलीको पालामा गरिएका यि राजदूतहरूको पद खारेज

हिमालीसंचार संवाददाता
५२७ पटक

काठमाडौं।
निवर्तमान प्रधानमन्त्री खड्गप्रसाद ओलीको पालामा नियुक्त सिफारिस भएका विभिन्न ११ देशका राजदूत नियुक्ति खारेज गर्ने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले ओली सरकारले जेठ १ मा विभिन्न देशमा राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो।

सरकारका प्रवक्ता एवम् कानून, न्याय तथा संसदस्य व्यवस्था ज्ञानेन्द्रबहादुर कार्कीले ११ राजदूत नियुक्ति खारेज गरिएको जानकारी दिएका छन्। संसदीय प्रक्रियाविनै ती राजदूत नियुक्त गरिएको भन्दै सरकारले नियुक्ति खारेज गरेको छ।

ओली सरकारले गत जेठ १ गते रूस, अष्ट्रेलिया, श्रीलंका, दक्षिण कोरिया, इजिष्ट, ब्राजिल, डेनमार्क, म्यानमार, अरेबिया, बहराइन, अष्ट्रियाका लागि राजदूत नियुक्त गरेको थियो।

अष्ट्रेलियाका लागि सुम्निमा तुलाधर, अस्ट्रियाका लागि निर्मलराज काफ्ले, इजिप्टका लागि जीवनप्रकाश श्रेष्ठ, श्रीलंकाका लागि रमेशचन्द्र पौडेल, ब्राजिकलका लागि नारायणप्रसाद संग्रौला, दक्षिण कोरियाका लागि कृष्णचन्द्र शर्मा, रूसका लागि जंगबहादुर चौहान, डेनमार्कका लागि सुमित्रा सुवेदी, म्यानमारका लागि नारायणप्रसाद संग्रौला, साउदी अरेबियाका लागि मेराज मुसलमान र बहराइनका लागि यूवराज कार्कीलाई राजदूत सिफारिस गरेको थियो।

यीमध्ये बहराइनका लागि सिफारिस गरिएका कार्कीको नियुक्ति सर्वोच्च अदालतबाटै खारेज भएको थियो। सरकारका प्रवक्ता कार्कीले भारतसँग अब सातामा तीन वटा फ्लाइट हुनेछ। यसअघि सातामा एक फ्लाइट मात्र हुने गरेको थियो।

प्रतिकृया दिनुहोस्

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...

आज २०८२ साल माघ १६ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...