News Portal

ओलीको पालामा गरिएका यि राजदूतहरूको पद खारेज

हिमालीसंचार संवाददाता
६०२ पटक

काठमाडौं।
निवर्तमान प्रधानमन्त्री खड्गप्रसाद ओलीको पालामा नियुक्त सिफारिस भएका विभिन्न ११ देशका राजदूत नियुक्ति खारेज गर्ने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले ओली सरकारले जेठ १ मा विभिन्न देशमा राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो।

सरकारका प्रवक्ता एवम् कानून, न्याय तथा संसदस्य व्यवस्था ज्ञानेन्द्रबहादुर कार्कीले ११ राजदूत नियुक्ति खारेज गरिएको जानकारी दिएका छन्। संसदीय प्रक्रियाविनै ती राजदूत नियुक्त गरिएको भन्दै सरकारले नियुक्ति खारेज गरेको छ।

ओली सरकारले गत जेठ १ गते रूस, अष्ट्रेलिया, श्रीलंका, दक्षिण कोरिया, इजिष्ट, ब्राजिल, डेनमार्क, म्यानमार, अरेबिया, बहराइन, अष्ट्रियाका लागि राजदूत नियुक्त गरेको थियो।

अष्ट्रेलियाका लागि सुम्निमा तुलाधर, अस्ट्रियाका लागि निर्मलराज काफ्ले, इजिप्टका लागि जीवनप्रकाश श्रेष्ठ, श्रीलंकाका लागि रमेशचन्द्र पौडेल, ब्राजिकलका लागि नारायणप्रसाद संग्रौला, दक्षिण कोरियाका लागि कृष्णचन्द्र शर्मा, रूसका लागि जंगबहादुर चौहान, डेनमार्कका लागि सुमित्रा सुवेदी, म्यानमारका लागि नारायणप्रसाद संग्रौला, साउदी अरेबियाका लागि मेराज मुसलमान र बहराइनका लागि यूवराज कार्कीलाई राजदूत सिफारिस गरेको थियो।

यीमध्ये बहराइनका लागि सिफारिस गरिएका कार्कीको नियुक्ति सर्वोच्च अदालतबाटै खारेज भएको थियो। सरकारका प्रवक्ता कार्कीले भारतसँग अब सातामा तीन वटा फ्लाइट हुनेछ। यसअघि सातामा एक फ्लाइट मात्र हुने गरेको थियो।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...