News Portal

मुख्यमन्त्री पोखरेल खोप लिएर पुगे गोरखाको चुमनुब्री

हिमालीसंचार संवाददाता
४२४ पटक

पोखरा।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली नेतृत्वको टोली भेरोसेल खोप लिएर शुक्रबार गोरखाको उत्तरी गाउँपालिका चुमनुब्री पुगेको छ। उक्त गाउँपालिकाका लागि चाहिने ३ हजार खोप लिएर टोली हेलिकोप्टरमा गएको हो। चुमनुब्रीमा ३ हजार ५ सय खोप चाहिनेमा ५ सय जनाले यस अघि नै खोप लगाइसकेका छन्।

मुख्यमन्त्री पोखरेलले प्रदेशका सबै नागरिकलाई छिटोभन्दा छिटो खोप उपलब्ध गराउन प्रतिबद्ध रहेको त्यसका लागि बजेटको समेत प्रबन्ध गरिसकेको बताए। संघ सरकारमार्फत प्राप्त खोप प्रदेशको भण्डारण केन्द्रमा राखेर जिल्लाहरुमा पठाइएको र प्राथमिकता प्राप्त व्यक्तिहरुलाई उपलब्ध गराउने मुख्यमन्त्री पोखरेलले निर्देशन दिइसकेका छन्।

भण्डारण क्षमता कम भएका कारण प्रदेशबाट तत्काल जिल्लामा पठाउने र त्यसपछि पालिकाहरुमा पठाएर खोप लगाउने गरिएको छ। अहिले चुमनुब्री पठाइएको खोप ३ हजार जनालाई नै उपलब्ध गराइने छ। दोस्रो डोजका लागि फेरि प्रदेश सरकारले खोप पुर्याउने छ।

खोपका साथमा मुख्यमन्त्रीसहितको टोलीले मास्क, सेनिटाइजरलगायत स्वास्थ्य सामग्रीसमेत लगेको छ। टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङ, ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्री हरिशरण आचार्य, प्रमुख सचिव डा.दामोदर रेग्मी छन्। माउन्टेन चाइल्ड संस्थाको सहयोगमा हेलिकोप्टरमार्फत् खोप चुमनुब्री पुर्याइएको हो।

हेलिकोप्टरले पालिकाका ७ वटै वडाको केन्द्रमा खोप छाड्ने छ। बर्खा याममा बाढी पहिरोले बाटो बिगारेपछि एउटा वडाबाट अर्कोमा जान पनि समस्या रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.विनोदविन्दु शर्माले बताए।

प्रतिकृया दिनुहोस्

आदर्श मावि रंगेलीले ४१औँ वार्षिक उत्सव मनाउँदै

रविन्द्र बराल/ मोरङ, पुष २४ – मोरङको रंगेली–७ मा रहेको आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो...

रुपन्देहीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

रुपन्देही, पुष २४ – रुपन्देहीको तिलोत्तमा नगरपालिका-२, तपाहा लाइनमा बिहीबार दिउँसो दुई वटा मोटरसाइकल ठोक्किँदा...

बालेन शाह–सुदन गुरुङबीच ज्वागलमा अनौपचारिक छलफल

काठमाडौं, पुस २४ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र काउन्सिल अफ दी जेनजीका अगुवा...

माघ ४ बाट होटल फरेष्ट इनको आइपिओ खुल्दै, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पहिलो अवसर

काठमाडौं, पुस २४ – होटल फरेष्ट इन लिमिटेडले माघ ४ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)...

तराईमा शीतलहर बढ्यो, जनजीवन प्रभावित

काठमाडौ -तराईका जिल्लाहरूमा बाक्लो हुस्सु र चिसो अत्यधिक बढेपछि जनजीवन प्रभावित भएको छ। बिहानैदेखि सडक...