News Portal

  • १४औं महाधिवेशनमा गगन,बिश्व,धनराज,प्रदिप र गुरूराज एकै धारमा उभिन जरूरी !

    कर्ण बहादुर अधिकारी
    ६५६ पटक

    काठमाडौं -नेपाली कांग्रेसको इतिहासलाई पल्टाएर हेर्ने हो भने बिगत देखि बर्तमान सम्म आई पुग्दा पार्टीको आन्तरीक अबस्थालाई मध्य नजर राख्दा पद र प्रतिष्ठाका निमित्त पार्टीलाई नै तहस नहस पार्ने थुप्रै खेलहरू भएको हामी पाउदछौ । किसुनजी,गणेशमान सिंह, गिरीजा बाबु शेर बहादुर देउवा राम चन्द्र पौडेल बीचका शीत युद्धले पानी बाराबारको स्थिति सृजित भएका थिए र अझै छ पनि छ ।

    १३ औं महाधिवेशनमा राम चन्द्र पौडेल र देउवा समुहका कांग्रेसीहरू बीच भृकुटी मण्डपमा भएको झडप अझै पनि यो मानस पटलमा ताजै छ । कांग्रेस लोकतन्त्रमा बिश्वास राख्ने पार्टी भएता पनि पार्टीको नेतृत्व हाक्ने अर्थात पार्टीको बागडोर सम्हाल्नेहरूको अलोकतान्त्रिक पद्धतिका कारण आज सम्म पनि पार्टी भित्र निष्ठाका राजनिति गर्नेहरूले स्थान पाउन सकेका छैन ।

    पावर र पैसाको भरमा राजनिति गर्नेहरूका कारण अस्वस्थ राजनैतिक प्रतिस्प्रधाले पार्टीको संरचना नै ध्वस्त पारी रहेको छ ।सामाजिक संजाल भरी नेपाली कांग्रेसका ५० हजार भन्दा माथिका कृयाशील सदस्यहरूले कृयाशील नविकरण नै गराएनन रे के यो साँचो हो यदि साँचो हो भने किन र कसरी कृयाशील नविकरण गराएन भन्ने कारण बुझ्नु खोज्नु जरूरी छ।

    यदि पार्टीको बर्तमान अबस्थाले बिक्षिप्त भएका हुन भने त्यसलाई मध्यनजर राख्दै न्युनि करणको माध्यम खोज्न जरूरी छ । हरेक मबाधिवेशनको पूर्ब सन्ध्यामा कांग्रेसको कृयाशील सदस्यतामा नै समस्या सृजित हुन्छ । यसको पनि मुख्य कारण खोज्ने हो भने गुट बन्दी र आफ्नालाई काफल बाडे सरी कृयाशील सदस्यता बाड्नु हो । कांग्रेसको केन्द्र हाक्ने सभापति देखि सल्लाहकार सम्मलाई ज्ञान छ कि छै कृयाशीलको मुल मर्म र भावना ? कृयाशीलको शाब्दिक अर्थ थाह छैन भने नेपाली शब्दकोष पल्टाएर हेर्ने गर्नु । जो सकृय रहन्छ त्यसलाई नै कृयाशील भनिन्छ ।

    कांग्रेसका बरीष्ठ हरूले सकृयको अर्थै नबुझी पार्टीको काम कार्बाहीमा निस्कृय भएका लाई नै कृयाशील बाडने गर्छन् । पार्टी भित्र सिनियर अग्रजहरू प्रति गरीने ब्यबहार तुहिदै गएको छ । बिपीले २००३ सालमा स्थापना गर्नु भएको कांग्रेस र अहिले शेर बहादुर सभापति भई रहदा संचालित हुदै आएको कांग्रेसको अबस्थालाई अवलोकन गर्ने हो भने आकाश र धर्ती झै फरक पाउद्छौ । आजको कांग्रेसले बिपीको समाजबादको नितिलाई भुलेर अन्य बादहरूमा बिस्वास राख्ने गरेका छन् । निति र सिद्धान्तमा कोहि अडिग छै पार्टीको मुल मर्मलाई लत्याएर हिड्ने गरेका छन्।

    कांग्रेसको धर्म र मर्म नै भुल्न बाध्य पार्दै छन बर्तमान नेतृत्वले । कांग्रेसको मर्म र धर्म मान्ने हो भने कांग्रेसले चार तारे झण्डा र चुनाव चिन्ह रूखमा भोट हाल्नु पर्ने हो की हैन ? भन्ने बेलामा कांग्रेस हु भन्ने तर भोट हाल्ने बेलामा रूखलाई भुलाएर हसिया हथौडा र सुर्यमा छाप हान्न बाध्य तुल्याउने । यस्ता नर पिचासहरूले कांग्रेस सकेका हो की हैन ।

    ७० साल पछिको चुनावमा कांग्रेसको शाँख कता हरायो र कसले हरायो भन्दा मैले भन्नु नपर्ला । तपाईहरू आफै जानकार पनि हुनु हुन्छ । ५१ र ५६ सालको मध्याबधिले पनि अतितलाई झल्काउछ । पद र प्रतिष्ठामा लुप्त भएकाहरूले निति र सिद्धान्लाई धुलोमा नै मिलाई दिए । नेपाली कांग्रेसको भातृ संस्थाहरूको बर्तमान अबस्थालाई मध्यनजर राख्ने हो भने २/ ४ जना आसे पासे र भक्तहरूले नै नेबि संघ तरूण दल चलाई रहेका छन । नेबि संघको बर्तमान अबस्था खै ? तरूण दल को नी ? त्यसै गरी अन्य संस्थाहरूको पनि । कांग्रेसको बिदेश स्थित भातृ संस्था जन सम्पर्क समितिको अबस्था काँहा छ ? १९७६ मा स्थापना भएको जनसम्पर्क समितिको शाँख जोगाउने जिम्मा कसको ? २/४ पैसा हुँदैमा पैसा र पावरका भरमा जनसम्पर्क समितिको बागडोर सम्हाल्नेहरूको पार्टी प्रतिको भूमिका के ? जनसम्पर्क समिति नेपालबाट नेताहरू लगेर भोज भत्तेर लगाएर पार्टी गर्नका लागि स्थापना भएको हो त ? यदि होईन भने पार्टीका लागि योग्दान खै ? बिदेश बिभाग प्रमुखको भूमिका के ? मैले पनि २ कार्यकाल अर्थात ४ बर्ष जनसम्पर्क समिति मकाउको भाईटल पोष्टमा नै काम गरेको ब्यक्ति हुँ ।

    जुन १४ सन २०१३ मा स्थापना भएको जनसम्पर्क समिति मकाउले १ बर्ष पुरा हुन नपाउदै मकाउमा कांग्रेसका ६३१ जना कार्यकर्तालाई कृयाशील सदस्यता बितरण साथै बिबिध अन्तरकृया कार्यक्रम गर्न सफल भएको थियो साथै २०७० सालको संबिधान सभा चुनावमा चुनाव प्रचार प्रसारका लागि ४ लाख सहयोग गरेको थियो तर आज त्यहि जनसम्पर्क समिति मकाउको हालत देख्दा रून मन लाग्छ । मकाउ मात्रै होईन युरोप अमेरीका र अष्ट्रेलियामा पनि त्यहि हालत छ त्यसैले कांग्रेसलाई सुधार गरेर लैजाने हो भने पार्टीको स्थानीय तह देखि नै संरचनाहरूलाई मजबुद बनाएर सहि दिशा निर्देशन दिनु जरूरी छ ।

    भाषण र २ / ४ जनाले पार्टी चल्छ भन्ने दिवा सप्न नदेख्नु नै राम्रो । कांग्रेसको बिद्यार्थी आन्दोलन देखि पार्टी र देशका निमित्त शशक्त र बुलन्द आवाज निकाल्दै संघर्षका मैदानमा होमिएका कांग्रेसका युवा नेता गगन थापा,बिश्व प्रकाश शर्मा , प्रदिप पौडेल , गुरूराज घिमिरे, धनराज गुरूङहरूको पार्टी भित्रको हैसियत के ? उहाँहरूको भनाई र गराईलाई पार्टीले नसुनेको वा वास्ता नगरेको हो ? कोहि प्रबक्ता त कोहि महामन्त्री अनि कोहि केन्द्रिय सदस्य छन ।

    कांग्रेसको भबिष्यलाई चिन्ता गर्ने युवा नेताहरूको मनोभावना चाँहि बुझ्नै गारो भो । १४ औं मबाधिवेशनमा राम्रो असल र निष्ठाका ब्यक्तिलाई सभापति बनाउने जिम्मा यीनै युवा नेताको काधमा पार्टीले सुम्पि दिने हो भने कांग्रेस इतिहासकै नम्बर १ पार्टी बन्नेमा कुनै दुई मत नै हुँदैन तसर्थ १४ औं महाधिवेशनमा यी युवा नेताहरूले हाम्रालाई भन्नु भन्दा पनि राम्रालाई भनि दिए ती बिद्धान बनेर महाधिवेशनमा भोट हाल्न जाने प्रतिनिधि र महा समिति सदस्यहरूले सहि ब्यक्ति छान्ने थिए हैन भने १३ औं महाधिवेशनमा झै माईक फुटाउनु पर्ने अबस्था सृजित नहोला भन्न सकिदैन । कांग्रेस भित्र सानो बिपी भनेर चिनिएक बिश्व प्रकाश शर्मा पनि कांग्रेसको बलियो

    खम्बा नै हुन यिनका प्रभावले युवा वर्गलाई कांग्रेसी बन्न सहज वातावरण सृजित गरेका छन त्यसैले अब छुटेर होईन जुटेर अगाडी बढ्न जरूरी छ । चौंधौ महाधिवेशनले यस्तो ब्यक्ति सभापति चयन गरोस जसले कांग्रेसको गिरेको शाँख र भाबी रणनिति तय गरी कांग्रेसलाई नेपालकै नम्बर १ पार्टी बनाउने भूमिका निर्बाह गर्न सकोस ।

     

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    पार्टी कार्यालयको अवलोकनमा प्रचण्ड

    काठमाडौं, भदौ ३१ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पार्टीको केन्द्रीय...

    आज २०८२ साल भदौ ३१ गतेको राशिफल

    आज भदौ ३१, २०८२ (सेप्टेम्बर १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    विराटनगरको भाटभटेनीमा शव फेला

    विराटनगर, भदौ ३० – जेनजी आन्दोलनका क्रममा आगजनी भएको विराटनगर–६ स्थित भाटभटेनी सुपरमार्केटमा सोमबार जलेको...

    भाग्य न्यौपानेले सामाजिक सञ्जालबाट विवादास्पद भिडिओ हटाए

    काठमाडौं, भदौ ३० – युट्युबर भाग्य न्यौपानेमाथि जेनजी प्रदर्शनको क्रममा भ्रामक र उत्तेजक सूचना फैलाएको...

    एनसेलको कार्यालयमा तोडफोड र आगजनी, कम्पनीले प्रहरीमा उजुरी दर्ता

    काठमाडौं, भदौ ३० – काठमाडौंको लैनचौरस्थित एनसेलको मुख्य कार्यालयमा भएको तोडफोड, आगजनी र लुटपाटको घटनापछि...