News Portal

  • किरात प्रदेशको वैज्ञानिक आधारहरु ! :मुलघरे कान्छा

    मुलघरे कान्छा
    २५१ पटक

    नेपालको भूमिमा आदिमकालमा पहिलोपटक भूमिपुत्र किरातीहरुले नै मानव सभ्यताको विजारोपण गरेको कुरा इतिहासले स्वीकार गरेको पाइन्छ । प्राचीन किरातकालको सभ्यता वा इतिहासबाट नै नेपालको आधिकारीक इतिहासको सुरु हुन्छ, जो समग्र किराती समुदायको लागी गौरवको विषय हो ।

    त्यसैले, “किराती इतिहासको वर्णन नभइ नेपालको इतिहासले पूर्णता पाउन सक्दैन । किरात सभ्यता, संस्कृति र इतिहास जति प्राचीन हो, नेपालको इतिहास पनि त्यति नै प्राचीन छ । अर्थात आदिमकालमा मानव सभ्यता विकासको क्रममा किरात समुदायले स्थापना गरेको सभ्यता, अपनाएको संस्कार वा संस्कृति र मनोविज्ञान नै नेपाली सभ्यता, संस्कार र संस्कृतिको प्रवेशद्वार हो ।”

    नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा आधारित संघीय शासन प्रणालीको व्यवस्थालाई अभ्यास गर्ने पहिलो प्रहरमा छ । ०५२ सालपछि सुरु भएको तत्कालिन माओवादी जनयुद्धको उपलब्धीको रुपमा रहेको यो शासन प्रणालीले नेपालमा रहेका सम्पूर्ण नेपालीहरुको आशालाई सम्बोधन गर्छ भन्ने मान्यता राखेको छ ।

    यो भन्दा अगाडि नेपालको राजनैतिक वृतमा स्थापित २००७ सालको जन–क्रान्ति, २०१७ सालपछि सुरु भएको निर्दलीय पञ्चायती व्यवस्था, ०४६ सालको जनआन्दोलन नेपाली जनतामा छाएका चेतनाका प्रतिविम्ब थिए । जसको पुरस्कृत रुप हेर्न माओवादीको महान जनयुद्ध ०५२–०६२ पर्खनु पर्यो । जसले जातीय, वर्गीय, क्षेत्रीय, लिङ्गीय विभेदको आधारलाई टेकेर ‘युद्ध’ लाई ‘दीर्घकालिन जनयुद्ध’ मा परिणत गर्दै यथास्थितिवादी राजनीतिलाई परिवर्तनतर्फ धकेलेको थियो ।

    जनयुद्धकै क्रममा शासित जातिलाई सम्बोधन गर्ने वा उनीहरुको दमित भावनालाई सम्मान गर्दै जातीय ऐतिहासिकताको आधारमा राज्य सत्ताको अभ्याससमेत भएका थिए । यही मान्यतालाई नीतिगत ढङ्गले स्थापित गर्दै नेपालको अन्तरिम संविधान ०६३ सालले पहिचानको आधारमा संघीय प्रदेशको निर्माण गर्न सहमति जनाउँदै पहिचानका आधारहरु पारित गरेका थिए । त्यसबेला पहिचानका ५ आधार र सामथ्र्यका ४ आधारमा संघीय राज्य स्थापित (नामाकरण) हुने घोषणा गरिएको थियो ।

    घोषित पहिचानका ५ आधारमा

    १. जातीयरसमुदायगत २. भाषिक ३. सांस्कृतिक ४. भौगोलिकरक्षेत्रगत ५. ऐतिहासिकता रहेको थियो भने सामथ्र्यका ४ आधारहरुमा १. आर्थिक अन्तरसम्बन्ध र सामर्थ्य २. पूर्वाधार विकासको अवस्था सम्भावना ३. प्राकृतिक साधन र स्रोतको उपलब्धता ४. प्रशासनिक सुगमता ।

    अन्तरिम संविधानद्वारा स्थापित सोही मान्यताहरुको आधारमा घोषणा भएको प्रदेश–१ लाई ‘किरात प्रदेश’ भनेर स्थापित गरिनु पर्ने विभिन्न गतिविधिहरु सतहमा देखिएको छ । माथि नै चर्चा गरेजस्तै नेपालको इतिहास र सभ्यता नै किरात सभ्यता, जाति÷समुदायको उपस्थितिबाट सुरु हुने भएकोले जातीय, भाषिक, सांस्कृतिक भौगोलिकताजस्ता आधारमा प्रदेश–१ को नाम ‘किरात प्रदेश’ घोषित गराउन गरिएका गतिविधि कुनै नाजायज होइन ।

    तर, प्रदेश–६ लाई कर्णाली प्रदेश भनेर सदनबाट अनुमोदन भएपछि पहिचान र सामथ्र्यका आधारहरु ओझेल पर्ने संकेत देखिन थालेको छ । तसर्थ, अहिले जुन ढङ्गमा किरात प्रदेशको नामाकरणको लागि बहस चलिरहेको छ, यसलाई अझ घनिभूत बनाउन आवश्यक छ ।

    प्रदेश–१ को नामाकरणको सवालमा अधिकांश राजनीतिक दलका नेताहरुले दिएका अभिव्यक्तिहरु ‘किरात–कोशी’ वा ‘किरात–सगरमाथा’ मा ‘किरात’ शब्द जोड्नु सकारात्मक पाटो हो । यो सकरात्मकतालाई एसियामा मानव उत्पतिको वैज्ञानिकतासँग पनि जोड्न सकिन्छ ।

    एशियामा मानव उत्पत्ति इतिहास केलाउँदै जाने हो भने पेकिङ र जावा’लाई मान्नु पर्ने हुन्छ । यसरी नै विभिन्न खोज–अनुसन्धानको क्रममा नेपालको तिनाऊ नदि क्षेत्रमा भेट्टाइएका १ करोड १० लाख वर्ष पुरानो (रामापिथेकस) मानवको हाड÷बङ्गराले एसियाको नेपालमै पनि मानव जातिको उत्पत्ति स्थल मानेको छ ।

    त्यसमा पनि उक्त हाड/बङ्गारा मङ्गोलाइड नश्लको पूर्खा (रामापिथेकस)को हुँदा मङ्गोलाइड वंशका किरातहरुको उत्पत्ति स्थल नेपाल नै हो भन्ने प्रमाण नजिक पुग्न सकिन्छ । विशाल एसिया महादेशको मध्यपूर्व र भारतीय उपमहादिप सम्पूर्ण प्राचीन किरातहरुको विचरण भूमि रहेको र त्यसैलाई ‘किरात’ भनिएको स्पष्ट छ ।

    मरुतन्त्र हिमवत खण्डमा उल्लेखित श्लोकअनुसार काश्मिरदेखि पूर्व, कामरुपादेखि पश्चिम, भूटानदेखि मानसरोवरको दक्षिणपश्चिमसम्म, कैलाली नदीको किनारदेखि सरयु नदिको किनारसम्म, मानसरोवरदेखि चीनसम्म, नागदेशदेखि महाचीनसम्म किरातहरु विस्तारित थिए, जसलाई ‘किरात देश’ भनिन्थ्यो ।

    जुन महाभारतकालभन्दा पहिलेको अनुमान गरिएको छ । हिन्दु आर्य सभ्यता र धर्मको रचना वेद, पुराण, काव्य, कथा, अभिलेख, बौद्ध,जैन ग्रन्थहरुमा समेत किरात जातिको विषयमा चर्चा गरि मूल आधार स्तम्भकोरुपमा राखिएको पाइन्छ ।

    “किरातको कुरा जोडिएन भने वेद तथा पुराणलगायत ग्रन्थहरुको प्राचीनता झल्कन नसक्नुबाट पनि यो कुराको पुष्टि हुन्छ । प्राचीन किरात सभ्यताको नेपालको सन्दर्भमा पहिलो र भौगोलिक हिसाबमा विशाल भएकोले यालोखाम९काठमाडौं० एउटा स्थापित सभ्यता भएको मान्न सकिन्छ । यसको अर्थ यो होइन कि किराती सभ्यता यलोखाम आसपास मात्र थियो, लिच्छवी वंशको आक्रमणपछि मात्र भागेर पूर्वतिर बसाइँ सरेको हो भन्ने तर्कहरु गलत हुन् ।”

    लिच्छवीहरुको प्रवेश अगाडि नै पनि पूर्वका विभिन्न थुम वा क्षेत्रहरुमा किराती सत्ता सञ्चालनमा थिए । यस आधारमा पहिचान र ऐतिहासिकतालाई सम्मान गर्ने हो भने किरातहरुको सघन बसोबासकै कारण हिजोको दिनमै ‘किरात प्रदेशे’ भनेर लेखिएको क्षेत्रलाई अहिले ‘किरात प्रदेश’ भनेर न्यायसंगत नै देखिन्छ ।

    प्राचीन किरातकालमा मूलतः किरातीहरुले यलोखाम भनेर चिनेको हालको काठमाडौं उपत्यकामा किरात राजा एलमरयलुङरकिरात प्रदेशको वैज्ञानिक आधारहरु यलम्बरको शासन स्थापित भएको प्रमाण पाइन्छ । विभिन्न ऐतिहासिक तथ्यको आधारमा यलम्बरको शासन अवधि ई.पू. १८७९–१८७८ को बीच अवधि ८ महिना मानिएको छ । यलम्बरको सोहि विरासतलाई निरन्तरता दिँदै करिब ३२ पुस्ता किरातीले नेपालमा शासन गरेको ऐतिहासिक दावी छ ।

    “नेपालको प्राचीन इतिहासको सम्बन्धमा लेख्ने युरोपेली लेखक कर्क पेट्रिकका अनुसार यलोखाममा शासन गर्ने किराती शासक २७ जना दावी गरेका छन् भने डेनियल राइटकाअनुसा २९, गोपाल वंशावलीअनुसार ३२ पुस्तासम्म देखिन आउँछ ।”

    पुस्तागत शासनको सवालमा इतिहासविद्हरुको आ–आफ्नै धारणा भए पनि ‘किरात सत्ता’ स्थापित थियो भन्ने कुरालाई सबै इतिहासकारहले साझा मतकासाथ स्वीकार गरेका छन् ।

    यसैगरी किराती राज्य सत्ताभित्र पनि भूगोलको हिसाबले सत्ताको नामाकरण गरिनु आधुनिक राज्यसत्ताको थालनीको रुपमा पनि लिन सकिन्छ । उदाहरणको रुपमा वोल्लो किरात, माझ किरात र पल्लो किरात जस्ता भौगोलिक हिसाबले सम्बोधन गरिएका किराती राज्य सत्तालाई लिन सकिन्छ ।

    किराती शासकहरुले बनेपादेखि पूर्व जनकपुर अञ्चललाई वोल्लो किरात, चोमोलुङ्मा (सगरमाथा) कोशी–अरुण पश्चिमलाई माझ किरात, अरुण नदि पूर्वको कोशी अञ्चल र मेची अञ्चललाई पल्लो किरात भनेर भौगोलिकरुपले किरात राज्यको संरचना निर्माण गरिएको थियो ।

    यी क्षेत्रहरुमा वि.सं. १८०० को पूर्वसन्ध्यासम्म किरातीहले देवान, चौतारीया, काजी र हाङ (राजा) कै रुपमा रहेर शासन गर्दथे । तर, वि.सं. १८००–१८३१ सम्म गोर्खा राज्यको नाममा फैलिएको भौगोलिक एकीकरण अभियानले किरातीहरुको अस्तित्व मेटाउने काम सुरु गरेको थियो ।

    वि.सं. २०१७ सालदेखि पञ्चायती व्यवस्था सुरु भइसकेपछि पनि सरकारी कागजात र लिखतहरुमा ‘लिखितत् वोल्लो किरात रपल्लो किरातरमाझ किरात‘‘। भनेर किरात राज्य भूगोललाई भौगोलिकरुपमा सम्बोधन गरि अरु पेटबोली लेखिन्थ्यो । यसको अर्थ हो, नेपालको आधुनिक इतिहास सुरु भएपछि पनि नेपालको पूर्वी पहाडी भू–भागहरुलाई किरात नामबाट नै भौगोलिकरुपबाट सम्बोधन गरिन्थ्यो ।

    नेपालको आधुनिक राजीतिक इतिहास सुरु भइसक्दा पनि ‘किरात’ शब्द प्रचलनमा आइरहनु वास्तवमै नेपालको प्रारम्भिक इतिहासको सम्मान थियो, जुन इतिहास माथि नै पनि भनियो, किरात समुदायबाट सुरु भएको हो । कालान्तरमा किरात समुदायमात्र भनइ बहुअर्थपुर्ण शब्द धारण गर्यो । अब किरात शब्दले समुदाय वा भूगोलमात्र होइन महाजाति, सभ्यता, संस्कृतिलाई बुझाउन थालेको छ ।

    वर्तमान समयमा किरात भनेर चिनिने राई, लिम्बु, याक्खा, सुनुवार मात्र किरात नभएर थामी, जिरेल, कोचे, मेचे, धिमाल, थारुलगायत नेपालको अधिकाशं Mongoloid वा (Xanthochroic yellowmen) नश्लहरु सबै नै किरात हुन् । यस अर्थमा किरात जाति मात्र होइन महाजातिको रुपमा बुझ्नुपर्ने हुन्छ । यसो भन्दैमा किरात महाजातिभित्र नपर्ने नश्ल किराती होइनन् भन्न खोजिएको होइन ।

    महाजातिभित्र पर्ने त किराती भइहाले, किरात भूगोलभित्र रहने सबै जाति वा समुदाय भौगोलिकरुपले किराती अथवा किरातवासी हो ।जस्तै किरात प्रदेशवासी हिन्दु आर्य सभ्यताका एउटा ब्राह्मण जातिगतरुपमा ऊ ब्राह्मण नै हो तर ऊ भौगोलिकरुपमा किरात वा किरातवासी हुन् ।

    बेलायतको संरचना हेर्ने हो भने बेलायतमा बस्ने एउटा मुशलमान ऊ जातिगतरुपमा मुश्लिम हो, तर भौगोलिकरुपमा ऊ बेलायती हो । बेलायतमा ब्रिटिस–मुश्लिम कम्युनिटी भनेर कुल जनसंख्याको ४.४५ प्रतिशत ओगटेर मुशलमानहरु आफ्नो अस्तित्वसहित बसेका छन् । त्यस्तै जर्मनीबाट आएका (आङ्लो) जातिका मानिसहरुको ऐतिहासिकताबाट देशको नाम ईङ्ल्याण्ड रहन गएको हो ।

    र, पनि ईङ्ल्याण्डमा बसोबास गर्ने आङ्लो जातिका गोराहरुमात्र आफुलाई ईङ्लिस भन्दैनन अन्य गैर आङ्लो जातिका गोराहरु समेत आफुलाई ईङ्लिस भनेर चिनाउँछन । त्यसकारण जातिगतरुपमा कुनै पनि जाति समुदायका मानिस, नामको लागी भौगोलिकरुपमा परिवर्तित हुन सक्दछ ।

    प्रदेश–१ सभ्यता, भौगोलिक ऐतिहासिक, सामुदायिक, सांस्कृतिक लगायत अन्य कोणबाट “किरात प्रदेश” भए पनि यो क्षेत्रमा बसोबास गर्ने अन्य सबै समुदायका मानिस भौगोलिकरुपले किरात वा किरातवासी हुन् ।

    “हाम्रो छिमेकी मुलुक भारतमै पनि तामिलनाडु, बङ्गाल, पञ्जाब लगायतका संघीय प्रदेशहरु ऐतिहासिक निरन्तरता रहेको जातिको नाममा राखिएको छ । सो प्रदेशमा रहने अन्य जाति वा समुदायहरु नश्लका हिसाबले फरक भए पनि भौगोलिक हिसाबले पञ्जाबी हुन, बङ्गाली नै हुन ।”

    ऐतिहासिक आधार र विश्वमा स्थापित मान्यताका आधारमा प्रदेश– १ को नाम ‘किरात प्रदेश’ राखिनु वैज्ञानिक देखिन आउँछ । किरात प्रदेशभित्रै उपस्वायत्तको रुपमा खम्बुवान, लिम्बुवान, याक्खाल्याण्ड, कोचिला, शेर्पाल्याण्डजस्ता अस्तित्वहरु सुरक्षित छ भनेर बुझ्नुपर्दछ ।

    जुन अस्तित्वको समग्र प्रतिनिधित्व किरात प्रदेशले गर्दछ । किरात शब्दले सभ्यता, संस्कृती र साथै नेपालको प्राचीन इतिहासकै प्रतिनिधित्व गर्ने भएकोले पनि प्रदेश–१ को नाम ‘किरात प्रदेश’ हुन आवश्यक छ ।

    मुलघरे कान्छा (राजेन खिम्बुले राई) 

    प्रतिक्रियाका लागि; [email protected] हाल बेलायत

     

    _______

    हिमाली संचार | हिमाली संसार प्रा.लि.
    थप समाचारका लागि हाम्रो वेबसाइट
    https://himalisanchar.com/

    नोट : Himalisanchar.com मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकाशित गर्नुपरेमा वा, बिज्ञापन दिनुपरेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ। हामीसँग फेसबुक, ट्वीटर, यूट्यूब तथा इन्स्टाग्राममा जोडिन सक्नुहुन्छ।

         फेसबुकमा जोडीनुहोस :

    प्रतिकृया दिनुहोस्

    ताप्लेजुङमा बाख्रा चराउन गएकी किशोरी मृत फेला

    ताप्लेजुङ– ताप्लेजुङको फुङलिङमा बाख्रा चराउन जङ्गल गएकी किशोरी मृत भेटिएकी छन्। फुङलिङ नगरपालिका ३ सिम्लेकी...

    धरानका नवनिर्वाचित मेयर हर्कराज राईले इनरुवमा लिए सपथ, धरानमा फर्केर दिए सपथ

    धरान – धरान उपमहानगरपालिका धरानको नवनिर्वाचित नगर प्रमुख हर्कराज राई (साम्पाङ) ले आज सोमबार सपथ ग्रहण...

    भरतपुरमा प्रहरीले एमाले कार्यकर्ता नियन्त्रणमा लिदा, मत गणना अबरुद्ध

    भरतपुर – भरतपुर महानगरपालिका भरतपुरमा नेकपा एमालेका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएपछि भरतपुरमा मतगणना अवरुद्ध बनेको...

    कतारमा किरात समुदायले सामुहिक रुपमा ५०८२ औं उभौली साकेला चाड मनाए (फोटो फिचर)

    गजेन्द्र खालिङ राई/दोहा – किरातहरूले आफ्नो महान् राष्ट्रिय चाड शालिवा श्यादर पिदार, यक्वा तङनाम, साकेला...

    हङकङ र मकाउका किरात राई समुदायले मनाए उभौली साकेला चाड (फोटो फिचर)

    युवा राई/हङकङ – विश्वका किरात राई समुदायले उधौली र उभौली साकेला चाड धुमधामसंग मनाउदै आएका...

    Only In USA