News Portal

युएईबाट अर्डर, नेपालमा डेलिभरी इकमर्स व्यवसायमा भविस्य खोज्दै -कल्पना

हिमालीसंचार संवाददाता
६०१ पटक

रामप्रसाद ढुंगेल– युएई- पेसाले नर्स हुन बुटवलकी कल्पना गौंड । युएईको उत्तरी राज्री रास अल खेमाको एक अस्पतालमा कार्यरत नेपाली नर्स कल्पना गौंड सामाजिक संजाल टिकटकमा पनि सकारात्मक र देशभक्त सन्देशहरुका कारण एउटा ठुलो जमातमा प्रख्यात छिन् ।
अस्पतालमा नियमित काम गरिरहेकी कल्पना आफ्नो पेशाका अतिरिक्त युएईमा ईकमर्स व्यावसायलाई फस्टाउदै लगेकी छन् ।

युएईबाट अर्डर, नेपालमा डेलिभरी

युएईबाट अर्डर गरेका सामान नेपालका मुख्यमुख्य सहरमा डेलिभरी दिने व्यवस्था फेमकलले गरेको छ ।
बर्थडे केक, गिफ्ट आइटम लगायत गार्मेन्ट अन्य सामग्रीहरु सुपथ मुल्यमा नेपालका प्रमुख सहरमा रहेका घरघरमा पुर्‍याउने व्यवसायी कल्पनाले बताएकी छन् ।
न्युनतम ३० दिरामदेखिका स्वादिष्ट केकहरु घरघरमा पुर्‍याउने दाबी फेमकलले गरेको छ ।
व्यापार विस्तारको क्रममा दुवईको बर दुबईमा मुख्य कार्यालय स्थानान्तरण गर्ने र फेमकलको शाखा अन्य गल्फ देशहरुमा फैलाउने लक्ष्य लिइएको छ ।

के-के पाइन्छ फेमकलमा ?

नेपालीपन, नेपाली उत्पादन, नेपाली मौलिकता र नेपाली संस्कृतिको प्रवर्द्धन गर्ने उदेश्य लिएर यो व्यापार शुरु गरेको युवा व्यावसायी कल्पनाले बताएकी छन् ।
कोरोनाको कारण फस्टाउन थालेको अनलाइन कल्चरलाई सदुपयोग गर्न कल्पनाले राकमा फामकल स्टोर्स एलएलसी संचालनमा ल्याएकी हुन् ।
युएईमा कार्यरत सबै देशका बासिन्दाहरुलाई नेपाली उत्पादनहरुबारे जानकारी दिई नेपाली उत्पादनको बजारीकरण गर्न आफुले यो व्यावसाय शुरु गरेको व्यावसायी कल्पना गौंडले जानकारी दिएकी छन् ।
नेपाली टि-शर्ट, नेपाल र नेपाली झन्डा अंकित सामानहरु, पस्मिना, चरेसका थाल, भादगाउँले टोपी, हस्तकलाका सामग्री,आकर्षक गहनाहरु लगायतका नेपालीपन झल्काउने सामानहरु बिक्री गरिने व्यावसायी गौंडले जानकारी दिएकी छन् ।
नेपाल वा युएईमै रहेका नेपालीले कुनै मौलिक हस्तकलाका सामग्री तयार पारेको खण्डमा उक्त सामग्रीको बजारीकरण गर्न सघाउले व्यवसायी गौंडले बताएकी छन् ।अमेरिकाको लोकप्रिय अनलाइन इकमर्स व्यावसायिक संस्था अमेजनको आधिकारिक एजेन्टको रुपमा रहेको यो अनलाइन व्यावसायको औपचारिक उदधाटन गत २० अक्टोबरमा गरिएको प्रतिभाशाली युवा व्यावसायी गौंडले जानकारी दिएकी छन् ।

सामाजिक संजालमा सक्रिय र स्मार्ट प्रयोगकर्ताको छवि बनाएकी कल्पनाका हजारौं फलोअरहरु फेसबुक, टिकटक र इन्स्ट्राग्राममा रहेका छन् ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...