News Portal

स्यार्पु महोत्सवको तयारी अन्तिम चरणमा

हिमाली संचार संवाददाता
६२५ पटक

धनवीर दाहाल/रुकुम – आगामी असोज ११ देखी १५ सम्म आयोजना हुन गइरहेको दोस्रो स्यार्पु पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । स्यार्पु पर्यटन महोत्सव सफल बनाउनका लागी गठित बिभिन्न उपसमितीहरुले आफ्नो कामलाई तिब्रता दिएको आयोजक समितीका सचिव एवं बाँफिकोट गाँउपालिका वडा नं ३ का वडा अध्यक्ष चन्द्रबहादुर के.सीले बताउनुभयो ।

बाँफिकोट गाँउपालिका अन्र्तगतका बर्षातमा भत्कीएका बिभिन्न सडकलाई पुर्ननिमार्ण गर्ने काम पनि अन्तिम चरणमा पुगेको छ ।

बाँफिकोट गाँउपालिका अन्र्तगत वडा नं १ र २ को सडकलाई डोजर लगाएर सफा गर्ने कार्य सम्पन्न भएको र अन्य ठाँउमा पनि शनिबार सम्म सम्पन्न हुने बताइएको छ । यसैगरी मुसिकोट देखी बाँफिकोट सम्मको सडकलाई पनि सफा गर्नका लागी मुसिकोट नगरपालिकाले शुक्रबारदेखी काम थालेको छ ।

मुसिकोट नगरपालिकाका प्रमुख देवीलाल गौतमले काम थालिएको र १/२ दिनमा सम्पन्न गर्ने बताउनुभयो । यस्तै बाँफिकोट गाँउपालिकाले गर्न थालेको सो स्यार्पु पर्यटन महोत्सवका लागी बिभिन्न ठाँउबाट जाने व्यापारीहरुको लागी स्टलहरु निशुल्क रुपमा आयोजकले राखिदिने भएको छ ।

स्टलको शुल्क तिर्ने अन्य महोत्सवहरुको परम्परालाई तोड्दै निशुल्क रुपमा स्टलको व्यवस्था आयोजकले नै व्यवस्था गरेको हो । “जल जंगल जडिबुटि, कृषि, कला संस्कृति हाम्रा उत्सव” “बाँफिकोट समृद्धिको लागी दोस्रो स्र्यापु पर्यटन महोत्सव” भन्ने मुख्य नारा सहित रुकुम पश्चिमको बाँफिकोटमा दोस्रो पर्यटन महोत्सव आयोजना हुन लागेको हो ।

रुकुमको पहिचानको रुपमा रहेको स्यार्पु ताललाई राष्ट्रिय पर्यटकिय क्षेत्रको रुपमा चिनाउने मुख्य उद्धेश्यका साथ स्थानीय सरकारले पर्यटन महोत्सवको आयोजना गर्न लागेको गाँउपालिका अध्यक्ष धर्मबहादुर के.सीले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

रतुवामाईमा पहिलोपटक ठूलो राशिको खुला T–२०क्रिकेट प्रतियोगिता सम्पन्न

मोरङ-स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ रतुवामाई नगरपालिकामा पहिलोपटक ठूलो राशिको...

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...