News Portal

स्यार्पु महोत्सवको तयारी अन्तिम चरणमा

हिमाली संचार संवाददाता
७३२ पटक

धनवीर दाहाल/रुकुम – आगामी असोज ११ देखी १५ सम्म आयोजना हुन गइरहेको दोस्रो स्यार्पु पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । स्यार्पु पर्यटन महोत्सव सफल बनाउनका लागी गठित बिभिन्न उपसमितीहरुले आफ्नो कामलाई तिब्रता दिएको आयोजक समितीका सचिव एवं बाँफिकोट गाँउपालिका वडा नं ३ का वडा अध्यक्ष चन्द्रबहादुर के.सीले बताउनुभयो ।

बाँफिकोट गाँउपालिका अन्र्तगतका बर्षातमा भत्कीएका बिभिन्न सडकलाई पुर्ननिमार्ण गर्ने काम पनि अन्तिम चरणमा पुगेको छ ।

बाँफिकोट गाँउपालिका अन्र्तगत वडा नं १ र २ को सडकलाई डोजर लगाएर सफा गर्ने कार्य सम्पन्न भएको र अन्य ठाँउमा पनि शनिबार सम्म सम्पन्न हुने बताइएको छ । यसैगरी मुसिकोट देखी बाँफिकोट सम्मको सडकलाई पनि सफा गर्नका लागी मुसिकोट नगरपालिकाले शुक्रबारदेखी काम थालेको छ ।

मुसिकोट नगरपालिकाका प्रमुख देवीलाल गौतमले काम थालिएको र १/२ दिनमा सम्पन्न गर्ने बताउनुभयो । यस्तै बाँफिकोट गाँउपालिकाले गर्न थालेको सो स्यार्पु पर्यटन महोत्सवका लागी बिभिन्न ठाँउबाट जाने व्यापारीहरुको लागी स्टलहरु निशुल्क रुपमा आयोजकले राखिदिने भएको छ ।

स्टलको शुल्क तिर्ने अन्य महोत्सवहरुको परम्परालाई तोड्दै निशुल्क रुपमा स्टलको व्यवस्था आयोजकले नै व्यवस्था गरेको हो । “जल जंगल जडिबुटि, कृषि, कला संस्कृति हाम्रा उत्सव” “बाँफिकोट समृद्धिको लागी दोस्रो स्र्यापु पर्यटन महोत्सव” भन्ने मुख्य नारा सहित रुकुम पश्चिमको बाँफिकोटमा दोस्रो पर्यटन महोत्सव आयोजना हुन लागेको हो ।

रुकुमको पहिचानको रुपमा रहेको स्यार्पु ताललाई राष्ट्रिय पर्यटकिय क्षेत्रको रुपमा चिनाउने मुख्य उद्धेश्यका साथ स्थानीय सरकारले पर्यटन महोत्सवको आयोजना गर्न लागेको गाँउपालिका अध्यक्ष धर्मबहादुर के.सीले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...