News Portal

  • स्थानीयले मञ्चमै ढुंगामुढा गरेपछि कार्यक्रम छाडेर हिँडे अर्थमन्त्री पौडेल

    हिमालीसंचार संवाददाता
    ४२७ पटक

    टोपराज शर्मा, बुटवल – अर्थमन्त्री विष्णु पौडेलविरुद्ध रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र प्रभावित स्थानीयले नाराबाजी र ढुंगा प्रहार गरेका छन्। ठूलो सुरक्षा घेराबीच मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास गरे पनि उनले भाषण गर्न थालेपछि स्थानीयले स्टेजतर्फ ढुंगा प्रहार गर्दै उनीविरुद्ध नाराबाजी गरेपछि दुई मिनेट पनि भाषण नगरी कार्यक्रम टुंग्याएका थिए।

    अर्थमन्त्रीलाई भूमाफियालगायतका आरोप लगाउंँदै मञ्चको चारै तर्फबाट नाराबाजी र ढुंगा प्रहार गरेपछि ओली समूहका कार्यकर्ताले पनि जवाफमा ढुंगा प्रहार गरेका थिए। तर प्रहरीले दुबैतर्फबाट भएको ढुंगामुढा रोकेको थियो।

    प्रहरीले तीनजना स्थानीयलाई कुटपिट गरेर घाइते बनाएको र दुईजनालाई नियन्त्रणमा लिएको स्थानीयको आरोप छ। दुई पक्षबीच ढुंगा हानाहान र लखेटालखेट हुन थालेपछि अर्थमन्त्री पौडेलले २ मिनेटमै आफ्नो मन्तव्य टुंग्याएर हिँडेका थिए।

    त्यसअघि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले छोटो मन्तव्य राखेका थिए। आक्रोशित स्थानीयले अर्थमन्त्रीले शिलान्यास गरेको औद्योगिक क्षेत्रको शिलास्तम्भ र आयोजनासम्बन्धी जानकारी बोर्ड भत्काइदिएका छन्।

    स्थानीयले बिहीबार पनि शिलान्यास कार्यक्रमका लागि तयार गरेको स्टेज भत्काइदिएका थिए। तर औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले प्रहरी परिचालन गरी पुनः मच बनाएका थिए। मोतीपुरका पूर्वगाविस अध्यक्ष भीमलाल न्यौपानेले स्थानीयले वर्षौंदेखि जोतभोग गर्दै आएको जग्गा, विद्यालय, वन, मठ मन्दिरको जग्गामा औद्योगिक क्षेत्र बन्न लागेपछि विरोधमा उत्रेको बताए।

    सरकारले स्थानीयसंग गरेका प्रतिवद्धता विपरीत अपारदर्शी ढंगले काम अघि बढाएकाले औद्योगिक क्षेत्र बन्न नदिने बताए। ‘स्थानीयको माग सम्बोधन नगरी औद्योगिक क्षेत्रको काम अघि बढ्न सक्दैन’ न्यौपानेले भने, ‘सरकारले पूरा गर्नुपर्ने सबै प्रक्रियासमेत पूरा नगरी राजनीतिक स्वार्थका लागि हतारमा शिलान्यास गर्नु आपत्तिजनक छ, हामी अवरोध गर्छौं।’

    औद्योगिक क्षेत्र संघर्ष समितिका सहसंयोजक ग्यामलाल भुसालले आफूहरुले संरक्षण गरेको जग्गामा औद्योगिक क्षेत्र बनाउँदा स्थानीयको माग सम्बोधन नगरेकाले आन्दोलन गर्नुपरेको बताए। उनले घना वस्ती भएको क्षेत्रमा औद्योगिक क्षेत्रको सट्टा पर्यटकीय स्थल र पार्कहरु बनाइनुपर्ने बताए।

    औद्योगिक क्षेत्र निर्माणका लागि करिब १२ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ। परियोजनामा विदेशी लगानी वा अनुदान वा अन्तर्राष्ट्रिय वित्तीय संस्थामार्फत स्रोत जुटाउने भनिएपनि खर्चको स्रोत सुनिश्चित भइसकेको छैन। यो औद्योगिक क्षेत्र पाँच वर्षमा तयार पार्ने सरकारको दाबी छ।

    औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले स्थानीयको विरोधले औद्योगिक क्षेत्र निर्माणको काम नरोकिने बताए। स्थानीयले विरोध गरिरहे उनीहरुले जग्गाको लालपूर्जासमेत नपाउने चेतावनी दिए।

    पर्दा उघारेर सडकमा आउन अर्थमन्त्रीको चुनौती

    कार्यक्रम बिथोलिएपछि बोल्न नपाएका अर्थमन्त्री विष्णु पौडेलले प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा पत्रकार सम्मेलन गरे। उनले पर्दा पछाडिबाट औद्योगिक क्षेत्र निर्माणको विरोध भइरहेको बताए। पौडेलले आफ्नो परिचयका साथ पर्दा उघारेर सडकमा आएर विरोध गर्न चुनौती दिए।

    औद्योगिक क्षेत्र निर्माणको काम रातारात सुरु नभई २०७२ सालदेखि अघि बढेको भन्दै पौडेलले जनताको सहभागितामै बन्ने बताए। देशलाई औद्योगिकरणको दिशामा लैजाने प्रक्रिया सुरु भएको उल्लेख गर्दै उनले मोतीपुर औद्योगिक क्षेत्र निर्माणको काम नरोकिने बरु तीब्रताका साथ सुरु हुने बताए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ऊर्जा मन्त्री घिसिङको पहिलो निर्णय : डेडिकेटेड र ट्रंकलाइन बक्यौता उठाउने तयारी

    काठमाडौं, असोज १ – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै मन्त्री कुलमान घिसिङले पहिलो...

    एमालेद्वारा जेन–जी आन्दोलनका शहीदप्रति श्रद्धाञ्जली

    काठमाडौं, असोज १ – नेकपा एमालेले जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेको...

    सुदन गुरुङमाथि आक्रमण प्रयास, रानीबारीदेखि बानेश्वरसम्म पीछा

    काठमाडौं, असोज १ – हाम्रो नेपालका संयोजक सुदन गुरुङमाथि बुधबार रानीबारीदेखि बानेश्वरसम्म आक्रमणको प्रयास भएको...

    जेनजी आन्दोलनमा मारिएका प्रवीन कुलुङको शव संखुवासभा ल्याइयो

    संखुवासभा, असोज १ – काठमाडौँमा भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा ज्यान गुमाएका...

    रास्वपा बैठकमा हरि ढकालको आत्मालोचना

    काठमाडौं, असोज १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हरि ढकालले सहकर्मी नेतृ...