News Portal

  • केपी ओलीले हामीमाथि राजनीतिक हिंसा गरे : रेणु दाहाल

    हिमालीसंचार संवाददाता
    ११७ पटक

    काठमाडौं – नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल प्रचण्ड पुत्री रेणुले प्रधानमन्त्री केपी शर्मा ओलीबाट आफूहरुमाथि राजनीतिक हिंसा भएको बताएकी छन्।

    भरतपुर महानगरपालिकाको मेयरसमेत रहेकी रेणु दहालले आफूहरुमाथि प्रधानमन्त्री ओलीले राजनीतिक हिंसा गरेको गुनासो गरेकी हुन्। सामाजिक सञ्जाल फेबसुकमार्फत दाहालले छोराछोरीका नाममा पटक पटक व्यक्तिगत प्रहार गरी ओलीले राजनीतिक हिंसा गरेको भन्दै आपत्ति जनाएकी हुन्।

    ‘जीवनभर सबै व्यक्तिगत इच्छा र चाहना त्यागेर जनताको हितमा लडेका हौँ। व्यक्तिगत स्वार्थमा नलागेर सेवामा समर्पित हुनु कमजोरी हो ?’, उनले प्रश्न गरेकी छिन्  ‘बाले राजनीति गर्ने अनि छोराछोरीले त्यसको लाभ लिएर लुट्नुपर्ने थियो ?’

    उनले प्रधानमन्त्री ओलीले आफ्नो गुट, आसेपासे र साइबर सेनामा भर्ती भएकाबाहेक अरुलाई केही नगरेको आरोप पनि लगाइन्। नेकपाका दुई समूहबीच विवाद बढ्दै गएका बेला प्रचण्ड र ओलीबीच व्यक्तिगत तहमा झरेर आरोप प्रत्यारोप भइरहेको छ। पछिल्लो पटक एक टेलिभिजन अन्तर्वार्तामा दाहालले ओलीका सन्तान नहुनु उनकै दोष भन्दै कटाक्ष गरेका थिए।  

    प्रतिकृया दिनुहोस्

    राष्ट्रिय कविता प्रतियोगितामा खोटाङको तेजकुमार राईको कविता तृतिया

    काठमाण्डौ – राष्ट्रिय कविता प्रतियोगितामा खोटाङको केपिलासगढी गाउँपालिका वडा नं. ५ का १९ वर्षीय तेजकुमार राईको...

    इटहरीमा ३० करोडको लगानीमा ‘इप्पी ल्यान्ड एन्ड वाटर पार्क’ सञ्चालनमा, फागुन १७ गते उद्घाटन हुने

    इटहरी – इटहरी उपमहानगरपालिका इटहरी-२, तालतलैया नजिकै आकर्षक ‘इप्पी ल्यान्ड एन्ड वाटर पार्क’ सञ्चालनमा आएको...

    कीर्तिपुरको नयाँबजारमा दुर्घटना गरी फरार कार चालक कलंकीमा समातिए

    काठमाण्डौ – कीर्तिपुरको नयाँ बजार वानवेमा गलत दिशाबाट आउँदै गरेको एउटा निजी कारले विपरीत दिशाबाट...

    केपी ओलीसँग एकताको सम्भावना छैन: अध्यक्ष प्रचण्ड

      काठमाण्डौ – नेकपा प्रचण्ड माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली र आफुहरु...

    प्रधानमन्त्री ओलीका दुई रणनीति !

    काठमाण्डौ – तत्काल पार्टी विभाजन नगर्ने र राजीनामा पनि नदिने निर्णय गरेका प्रधानमन्त्री केपी शर्मा...

    हामीसंग इनस्ट्राग्राममा जोडिनुहोस।

    नेपाली राष्ट्रिय गीत | सयौं थुगाँ…

    हिमालीसंचार डटकमको युटुबमा जोडिनुहोस।

    हामीसंग फेसबुकमा जोडीनुहोस।