News Portal

हिसाबकिताब माग्दा पुर्व एमालेबाट निर्वाचित वडा सदस्यद्वारा स्थानिय माथि भाटा प्रहार

हिमाली संचार संवाददाता
८४८ पटक

संखुवासभा – स्थानीय तहको निर्वाचन भएको एक बर्ष वित्न नपाउँदै जनप्रतिनिधी माथि जनताको विश्वास धरमराउँन थालेको छ । लामो समय देखि स्थानीय तह जनप्रतिनिधी विहिन अवस्थामा निर्वाचन मार्फत प्रतिनिधी आएसँगै प्रसाशनिक काम सहजता र विकास निर्माणमा तिव्रता आउने विश्वास गरिएको थियो । तर, कतिपय जनप्रतिनिधीको हर्कतले स्थानीयको उक्त विश्वास धरमराउन थालिसकेको छ । जनप्रतिनिधीका विभिन्न खालका हर्कत सार्वजनिक भइरहेका छन् ।

यही क्रममा संखुवासभाको पाँचखपन नगरपालिका ७ की एक वडा सदस्यले स्थानीय माथि हातपात गरेकी छन् । तत्कालिन नेकपा एमालेका तर्फबाट वडा सदस्य निर्वाचित भएकी उनले सहकारी संस्थाको विषयमा भएको विवादका क्रममा स्थानीय माथि हातपात गरेकी हुन् ।

निमनगडी साना किसान कृषि सहकारीले हिसाव सार्वजनिक नगरेको, लामो समय देखि साधारण सभा नराखेको र २०७२/०७३ मा गरिएको लेखा परिक्षणमा लाखौं रुपैंया वेरुजु देखिएको भन्दै सेयर सदस्यहरुले हिसाब माग्दा सदस्य मधु तामाङले स्थानीय माथि भाटा र मुक्का प्रहार गरेको स्थानीयको भनाइ छ । सहकारीको हिसाब माग्दा झडप भएपछि शेयर सदस्यले सहकारीमा ताला लगाएका थिए ।

वडा सदस्य मधुका श्रीमान हस्त तामाङ उक्त सहकारीका संचालक सदस्य हुन् । जलजला मावीका प्रधानाध्यापक समेत रहेका तामाङको घरमा सहकारीका खातापाता भेटिएको बताइन्छ ।

शेयर सदस्यले हिसाब मागेपछि आक्रोशित बनेकी तामाङले रकम हिनामिना गरेको प्रमाण देखाउन भन्दै आक्रोशित बनेको स्थानीको भनाइ छ । भाटा लिएर पुगेकी उनले एक माथि प्रहार गरेको र उक्त भाटा खोसिएको थियो । लगत्तै उनले अर्का एक स्थानीय माथि मुक्का प्रहार गरेकी थिइन ।

यस अघि पटकपटक हिसाव सार्वजनिक गर्न र साधारण सभा राख्न अनुरोध गरे पनि वेवास्ता गरेको सेयर सदस्यहरुले आरोप लगाएका छन् । २०७२–०७३ मा ३६ लाख ७० हजार ९ सय ६२ रुपैंया वेरुजु देखिएको सहकारीका अध्यक्ष कृष्ण बहादुर खड्काले स्वीकार गरे । उनी वडा नम्बर ७ का पूर्व एमालेबाट जितेका वडाध्यक्ष समेत हुन् । यद्यपी सहकारीमा विहिबार लगाइएको ताला भने खुलेको छ । सेयर सदस्य र सहकारीबिच चार बुदे सहमति भएपछि ताला खुलाइएको हो ।

पत्रकारलाई ज्यान मार्ने धम्की

उक्त सहकारीको समाचार लेखेको भन्दै संखुवासभाका पत्रकार मेघराज तामाङलाई धम्काइएको आएको छ । उनलाई आइतबार बिहान करिब १०ः३० बजे अपरिचित नम्बर ९८४२११९२७१ नम्बरबाट फोन गरी सहकारीको अध्यक्ष की, सेयर सदस्य होस् तँ, तलाई के को चासो, आयन्दा सहकारीको समाचार लेखिस् भने ठिक हुने छैन भन्दै धम्की आएको हो ।

धम्किपूर्ण अभिव्यक्ति प्रति आपत्ति जनाउँदै पत्रकार महासंघ जिल्ला शाखा संखुवासभाले विज्ञप्ति मार्फत गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । कचहरीअनलाइनबाट 

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...