News Portal

  • हिसाबकिताब माग्दा पुर्व एमालेबाट निर्वाचित वडा सदस्यद्वारा स्थानिय माथि भाटा प्रहार

    हिमाली संचार संवाददाता
    ७५३ पटक

    संखुवासभा – स्थानीय तहको निर्वाचन भएको एक बर्ष वित्न नपाउँदै जनप्रतिनिधी माथि जनताको विश्वास धरमराउँन थालेको छ । लामो समय देखि स्थानीय तह जनप्रतिनिधी विहिन अवस्थामा निर्वाचन मार्फत प्रतिनिधी आएसँगै प्रसाशनिक काम सहजता र विकास निर्माणमा तिव्रता आउने विश्वास गरिएको थियो । तर, कतिपय जनप्रतिनिधीको हर्कतले स्थानीयको उक्त विश्वास धरमराउन थालिसकेको छ । जनप्रतिनिधीका विभिन्न खालका हर्कत सार्वजनिक भइरहेका छन् ।

    यही क्रममा संखुवासभाको पाँचखपन नगरपालिका ७ की एक वडा सदस्यले स्थानीय माथि हातपात गरेकी छन् । तत्कालिन नेकपा एमालेका तर्फबाट वडा सदस्य निर्वाचित भएकी उनले सहकारी संस्थाको विषयमा भएको विवादका क्रममा स्थानीय माथि हातपात गरेकी हुन् ।

    निमनगडी साना किसान कृषि सहकारीले हिसाव सार्वजनिक नगरेको, लामो समय देखि साधारण सभा नराखेको र २०७२/०७३ मा गरिएको लेखा परिक्षणमा लाखौं रुपैंया वेरुजु देखिएको भन्दै सेयर सदस्यहरुले हिसाब माग्दा सदस्य मधु तामाङले स्थानीय माथि भाटा र मुक्का प्रहार गरेको स्थानीयको भनाइ छ । सहकारीको हिसाब माग्दा झडप भएपछि शेयर सदस्यले सहकारीमा ताला लगाएका थिए ।

    वडा सदस्य मधुका श्रीमान हस्त तामाङ उक्त सहकारीका संचालक सदस्य हुन् । जलजला मावीका प्रधानाध्यापक समेत रहेका तामाङको घरमा सहकारीका खातापाता भेटिएको बताइन्छ ।

    शेयर सदस्यले हिसाब मागेपछि आक्रोशित बनेकी तामाङले रकम हिनामिना गरेको प्रमाण देखाउन भन्दै आक्रोशित बनेको स्थानीको भनाइ छ । भाटा लिएर पुगेकी उनले एक माथि प्रहार गरेको र उक्त भाटा खोसिएको थियो । लगत्तै उनले अर्का एक स्थानीय माथि मुक्का प्रहार गरेकी थिइन ।

    यस अघि पटकपटक हिसाव सार्वजनिक गर्न र साधारण सभा राख्न अनुरोध गरे पनि वेवास्ता गरेको सेयर सदस्यहरुले आरोप लगाएका छन् । २०७२–०७३ मा ३६ लाख ७० हजार ९ सय ६२ रुपैंया वेरुजु देखिएको सहकारीका अध्यक्ष कृष्ण बहादुर खड्काले स्वीकार गरे । उनी वडा नम्बर ७ का पूर्व एमालेबाट जितेका वडाध्यक्ष समेत हुन् । यद्यपी सहकारीमा विहिबार लगाइएको ताला भने खुलेको छ । सेयर सदस्य र सहकारीबिच चार बुदे सहमति भएपछि ताला खुलाइएको हो ।

    पत्रकारलाई ज्यान मार्ने धम्की

    उक्त सहकारीको समाचार लेखेको भन्दै संखुवासभाका पत्रकार मेघराज तामाङलाई धम्काइएको आएको छ । उनलाई आइतबार बिहान करिब १०ः३० बजे अपरिचित नम्बर ९८४२११९२७१ नम्बरबाट फोन गरी सहकारीको अध्यक्ष की, सेयर सदस्य होस् तँ, तलाई के को चासो, आयन्दा सहकारीको समाचार लेखिस् भने ठिक हुने छैन भन्दै धम्की आएको हो ।

    धम्किपूर्ण अभिव्यक्ति प्रति आपत्ति जनाउँदै पत्रकार महासंघ जिल्ला शाखा संखुवासभाले विज्ञप्ति मार्फत गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । कचहरीअनलाइनबाट 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    क्याप्टेन विजय लामामाथि नागरिक उड्डयनको कारबाही, उडान रोक

    काठमाडौं — नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट क्याप्टेन विजय लामामाथि अनुशासनात्मक...

    एनआरएनएमा ऐतिहासिक एकता, प्रधानमन्त्रीको रोहवरमा सहमति दस्तावेज हस्ताक्षर

    काठमाडौं, मंसिर १२ – गैरआवासीय नेपाली संघ (एनआरएनए)मा लामो समयदेखि चुलिँदै आएको विवाद अन्त्य हुँदै...

    कुलमान घिसिङको नेतृत्वमा उज्यालो नेपाल पार्टी मंसिर १७ मा औपचारिक घोषणा

    काठमाडौं, मंसिर १२ — कुलमान घिसिङ संरक्षक रहेको नयाँ राजनीतिक दल, उज्यालो नेपाल पार्टी, मंसिर...

    काठमाडौँ महानगरले अतिक्रमित संरचना डोजरले भत्कायो

    काठमाडौँ, मंसिर १२ — काठमाडौँ महानगरपालिकाले वडा नं. १०, देवीनगरमा सार्वजनिक जग्गामा बनेका अतिक्रमित संरचना...

    धनगढीमा नेकपाको एकता सन्देश जुलुस सुरु

    धनगढी, मंसिर १२ – नेपाल कम्युनिस्ट पार्टीले धनगढीमा एकता सन्देश लिएर अगाडि बढेको जुलुस सुरु गरेको...